• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जब महात्मा गान्धीलाई भीडबाट कसैले हान्यो

64x64
नेपाल लाइभ मंगलबार, असोज १६, २०७५  ०७:४६
1140x725
Ncell 2
Ncell 2
nimb
nimb
Xtrem
Xtrem

आइएससी पास गरेपछि सन् १९४५ तिर बनारसबाट कलकत्ता गएँ। बिएससीमा नाउँ लेखाएँ। विश्वयुद्ध (दोस्रो) चलिरहेको थियो। (जर्मनीका शाषक) हिटलर कमजोर हुँदै थिए। ब्रिटिस एक्लैले नसके पनि अमेरिका र रुसले सघाएपछि बल्ल हिटलर कमजोर भए। 
_x000D_
_x000D_ सन् १९४५ को अगस्ट ६ तारिखमा जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले अणुबम खसाल्यो। त्यसमा करिब एक लाख मानिस मरे। सहर ध्वस्त भयो। त्यो नै विश्वयुद्धको निर्णायक घटना साबित भयो। 
_x000D_
_x000D_ युद्ध सकिएलगत्तै भारतले ब्रिटिस उपनिवेशबाट मुक्ति पायो। सन् १९४५ जुनमा बेलायतले भारतलार्य स्व्तन्त्रता दिने घोषणा गर्यो। भारत छोडो आन्दोलनका नेता महात्मा गान्धीलगायत सबै नेता रिहा भए। त्यसका लागि छलफल गर्न  सर पेथिकक लरेन्सको नेतृत्वमा एउटा टोली सन् १९४६ को मार्चमा भारत आयो। 
_x000D_
_x000D_ भारतलाई सत्ता हस्तान्तरण गर्नेबारे बेलायतको क्याबिनेट मिसनका प्रतिनिधि र भारतीय नेताबीच छलफल हुँदा मुस्लिम लिगका नेता मोहम्मद अली जिन्नाले दुई राष्ट्रको सिद्धान्त अघि सारे। अर्थात्, उनले पश्चिमोत्तर सीमाप्रान्त पञ्जाब, सिन्ध र बंगाललाई मिलाएर बेग्लै पाकिस्तानको माग राखे। त्यसलाई भारतीय काग्रेंसले मानेन। गान्धीजी अखण्ड भारतकै पक्षमा अडिग थिए। जिन्ना भन्थे, ‘हामी अखण्ड भारतमा बसन सक्दैनौँ। हिन्दूहरुको अधीनमा हाम्रो हित हुँदैन।’
_x000D_
_x000D_ बेलायतको पार्लियामेन्टको मिसन, भारतीय काग्रेंस र मुस्लिम लिगबीचको वार्ता असफल भयो। सन् १९४६ को १६ अगस्टबाट मुस्लिम लिगले ‘डाइरेक्ट एक्सन’ अर्थात ठाडो कारबाही थाल्यो। कलकत्तालगायत सहरमा हिन्दू–मुस्लिम दंगा भड्कियो। 
_x000D_
_x000D_ हामी बसेको होस्टल हिन्दू र मुस्लिमबहुल क्षेत्रको बीचमा पथ्र्यो। मलाई सम्झना छ, त्यस दिन राति चारैतिर आगो दन्किएको थियो। आकाश रातो देखिन्थ्यो। हामी बसेको ठाउँमा पनि हिन्दू–मुस्लिम दंगा भड्किने त्रास थियो। 
_x000D_
_x000D_ मुस्लिमबहुल टोलबाट आवाज आउँथ्यो, ‘अल्लाह हो अकबर।’ अनि हिन्दूहरु अर्कातिरबाट कराउँथे, ‘हरहर महादेव, जय वजरंग बली।’
_x000D_
_x000D_ हामी बसेको क्षेत्रमा मुस्लिमहरु हमला गर्न आएका बच्न भनेर साथीहरुले सोडा वाटरका बोतल, हकी स्टिक, लाठी, धारिला हतियार र ढुंगा ल्याएर कौसीमा थुपारेका थिए। त्यसदिन सन्ध्याकालीन टेलिग्राफमा प्रकासित समाचारअनुसार दंगामा एक हजार मानिसको ज्यान गइसकेको थियो।
_x000D_
_x000D_ कलकत्तामा तीन दिनभित्र ४ हजार मानिस दंगाकै क्रममा मारिए। सडकमा चारैतिर मरेका मानिसका लास त्यसै अलपत्र थिए। दुर्गन्ध फैलिएको थियो। केही दिनपछि सेनाले लास उठाउन थाल्यो। कोलकाताको आगोको फिलुङ्गो पुग्यो, पन्जाब। पन्जाबमा झन् भयानक हिँसा भयो। मानिस धेरै मारिए। रेलका रेल मालगाडीमा लास आउँथे। 
_x000D_
_x000D_ खुसवन्त सिंहको उपन्यास ‘ट्रेन टु पाकिस्तान’ मा यसको मार्मिक चित्रण गरिएको छ। 
_x000D_
_x000D_ गान्धी त्यस बेला कलकत्ताको बेलगाछी भन्ने ठाउँमा आएर बसेका थिए। त्यो ठाउँ हाम्रो होस्टलनजिकै थियो। एक दिन गान्धीको सभामा बंगालका मुस्लिम लिगका मुख्यमन्त्री हसन सहिद सहरावर्दीलाई देखेपछि हिन्दू समर्थक आगो भए। 
_x000D_
_x000D_ ती मुस्लिम नेता आफूहरुलाई सुम्पन हिन्दू भीडले माग गर्दा गान्धीले मानेनन्। कसैले भीडबाटै गान्धीलाई काठको चिर्पटले हान्यो। गान्धी घाइते भए। त्यसपछि हिन्दू–मुस्लिम एकताका लागि उनी अनशन बसे। त्यसले दंगामा चामत्कारिक प्रभाव पार्यो। कलकत्ता शान्त भयो। 
_x000D_
_x000D_ तैपनि हिन्दू–मुस्लिम कटुता भुसको आगोझैँ फैलिएको थियो। त्यस बेला मुस्लिम लिग, काग्रेंस र स्वतन्त्र केही व्यक्ति राखेर अन्तरिम सरकार पनि बन्यो। नेहरु प्रधानमन्त्री भए। उपप्रधानमन्त्री मुस्लिम लिगको प्रतिनिधि लियाकत अलि खाँ भए। तैपनि हिन्दू–मुस्लिम दंगा रोकिएन। 
_x000D_
_x000D_ महात्मा गान्धी अखण्ड भारतको अडानमा कायमै थिए। जवाहरलाल नेहरुमा केही विचलन देखियो। उनले गान्धीलाई भने, ‘बापु, मानिस मरिरहेका छन के गर्ने?’
_x000D_ गान्धीले नेहरुलाई भने, ‘भारत–पाकिस्तान विभाजन गर्ने भए मेरो शरीरलाई पनि दुई टुक्रा गर्नु।’
_x000D_
_x000D_ आखिर गान्धीजीको पनि केही जोर चलेन। अडान र आदर्श एक ठाउँमा हुन्छ, समयको यथार्थ बेग्लै। साम्प्रदायिक दंगा नरोकिएपछि बेलायत सरकारले भारत र पाकिस्तान अलगअलग राष्ट्रको रुपमा घोषणा गर्यो। 
_x000D_
_x000D_ सन् १९४७ को अगष्ट १४ मा पाकिस्तान र १५ मा भारत स्वतन्त्र मुलुकको रुपमा स्थापित भए। 
_x000D_
_x000D_ काग्रेंस कार्यसमितिको बैठकमा गान्धीले नै त्यससम्बन्धी प्रस्ताव राखेका थिए। त्यसबारे भारतीय काग्रेंसका अध्यक्ष अब्दुल कलाम आजादको एउटा किताबमा विस्तुत वर्णन छ। आजाद नेहरुकै साथी। उनी मरेपछि मात्रै किताब प्रकासित भयो। 
_x000D_
_x000D_ त्यो पुस्तकका अनुसार काग्रेंस कार्यसमिति बैठकमा गान्धीजी आफैले भने, ‘हेर्नुस, राजनीति गर्ने मानिसको खुट्टा आकाशमा होइन, ठोस धरातलमा हुनुपर्छ। पाकिस्तान अब एउटा राजनीतिक वास्तविकता भइसक्यो, त्यसलाई नाइँ भन्न मिल्दैन।’
_x000D_
_x000D_ गान्धीजीको मुखबाट त्यो सुनेपछि मैले कुनै बेला सीतामढी स्कुलमा पढ्दा देखेको खद्दरधारी नेता गान्धीका शिष्य अब्दुल जफार खाँका आँखाबाट आसँसु झरे। उनका दाजुले भने, ‘बापु, पाकिस्तान बन्ने भयो, तपाईले हामीलाई ब्वाँसोको जिम्मा लगाइदिनुभयो।’
_x000D_
_x000D_ भारत स्वतन्त्र भएको पाँच महिनापछि सन् १९४८ को जनवरी ३० मा हिन्दू युवक नाथुराम गोड्सेले प्रार्थनासभामा गान्धीको हत्या गरे। 
_x000D_  

_x000D_ _x000D_

( यो लेख नेपाली कांग्रेसका बरिष्ठ नेता स्व.रामहरि जोशीको ‘अध्यारोबाट उज्यालोतिर’ पुस्तकबाट साभार गरिएको हो। )

प्रकाशित मिति: मंगलबार, असोज १६, २०७५  ०७:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्