काठमाडौं – आइतबार सुनको भाउ सामान्य बढेको छ। अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो।
अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको छ।
सुनको मूल्य बढ्दा चाँदीको भने ५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला १९९० रुपैयाँ रहेको चाँदी आज १९८५ रुपेयाँमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।