बामाको- माली र नाइजेरियाको सिमा क्षेत्रमा पर्ने ठाउँमा भएको हिंसात्मक घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ।
_x000D_
_x000D_
गत हप्ताको शुक्रबार र शनिबार भएका घटनामा उनीहरुको मृत्यु भएको सुरक्षा श्रोतले सोमबार जनाएको छ।
_x000D_
_x000D_
'गत शुक्रबार र शनिबार मात्रै कम्तीमा २५ नागरिक मारिएका छन्, उनीहरु अमालौलौमा हतियारधारीहरूको आक्रमणबाट मारिएका हुन्' स्थानीय एक अधिकारीले भने।
_x000D_
_x000D_
स्थानीय सुरक्षा श्रोत र अर्का एक सरकारी अधिकारीले पनि यो तथ्यको पुष्टी गरेको समाचारमा जनाइएको छ।
_x000D_
_x000D_
'आक्रमणकारीहरु मोटरसाईकलमा आएका थिए । मानिसहरु बसेका ठाउँमा जथाभावी गोली प्रहार गरे' ती अधिकारीले बताए।
_x000D_
_x000D_
गत सेप्टेम्बर २५ तारिखका दिन मेनकाको पश्चिमी क्षेत्रमा भएको यस्तै आक्रमणमा परी कम्तीमा २७ जनाको मृत्यु भएको थियो।
_x000D_
_x000D_
फुलानी र टरेगमा भएका घटनाहरुमा परी यस बर्ष मात्रै झण्डै २०० जना मारिएको अधिकारीहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।