काठमाडौँ– बिहीबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको हो।
यसअघि फागुन १३ गते सुनको भाउ १ लाख ७१ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो।
बिहीबार चाँदीको भाउ पनि बढेको छ। अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि प्रतितोला १९८५ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।