काठमाडौं –नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य नौँ सय रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला नौँ सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको थियो । आज मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।