काठमाडौँ –कलाकार सविन श्रेष्ठले “ए घरबेटी बा”नामक वेव सिरिज लिएर आएका छन् । कमेडी जनरमा तयार पारिएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ ।
दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी छिन भने सविन श्रेष्ठ नामक युटुव च्यानल मार्फत प्रशारण हुनेछ । सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रुपमा देखिदैछन् ।
काठमाण्डौं शहरमा कोठा भाडा लिई बस्ने २ युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको सिरिजमा मोनिका बुढाथेकी, सिताराम दाहाल, सुलेमान शंकर ईकु लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।
सविन श्रेष्ठ भन्छन्, ‘मैले काम गरेका फिल्म अक्सर एक्सन जनरका छन् तर कमेडी जनरको वेवसिरिज लिएर आएका छौं । बाहिरबाट आएका युवायुवतिहरुले काठमाण्डौं शहरमा गर्नुपर्ने संघर्षको कथालाई कमेडी शैलीमा भन्न खोजेका छौं । जसले दर्शकहरुलाई पूर्ण मनोरञ्जन दिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।