काठमाडौं– अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन जारी गरेको छ । सोमबार मन्त्रालयले ८ बुँदे निर्देशन जारी गरेको हो ।
आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा प्रक्रिया सुरु भएको छ । बजेट तर्जुमा गर्ने सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन बमोजिम यो मार्गदर्शन जारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
स्रोत व्यवस्थापनमा परेको दबाव तथा सार्वजनिक खर्चको उपलब्धि बढाई आर्थिक गतिविधि विस्तार गर्नुपर्ने आवश्यकतालाई समेत दृष्टिगत गरी आयोजना तथा कार्यक्रम प्राथमिकीकरण गर्नुपर्ने अवस्था रहेकाले मार्गदर्शनमा उल्लेख भएका विषयहरूलाई गम्भीरतापूर्वक ध्यान दिन समेत मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले जारी गरेको सीमा भित्र रही बजेट प्रस्ताव गर्नु पर्ने मन्त्रालयले जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।