काठमाडौँ – नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकै मूल्यमा आइतबार पनि छापावाल सुन कारोबार भएको हो।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य शुक्रबारकै मूल्य १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ।
यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ। आइतबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।