एजेन्सी- यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक जेम्स पी. एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ। कोरोलिन्स्का इन्स्टिच्युटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक एलिसन र जापानी वैज्ञानिक होन्जुलाई यो वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
_x000D_
_x000D_
क्यान्सर रोगको उपचार क्षेत्रमा नवीन खोजका लागि दुवै वैज्ञानिकलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय नोबेल समितिले गरेको जानकारी दिइएको छ।
_x000D_
_x000D_
साहित्यतर्फ नोबेल पुरस्कार प्राप्त गरेका जाँ-क्लाउड आर्नोल्टालाई बलात्कारको आरोपमा स्वीडेनको एक अदालतले दुई वर्षकोे जेल सजाय सुनाएको छ। स्टकहोम जिल्ला अदालतले साहित्यकार अर्नोल्ट दोषी रहेको पुष्टि भएको बताएको छ। यस्तै आर्नोल्टलाई प्रदान गरिएको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्ने कमिटिमा उनकै श्रीमती सदस्य रहेको पाइएको अन्तराष्ट्रिय समाचार माध्यमले बताएका छन्।
_x000D_
_x000D_
स्वीडिस एकेडेमीले साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गर्छ। यिनै दुई विषयका कारण साहित्यतर्फको नोबेल पुरस्कार नदिइने भएको हाे। गत वर्षको नोबेम्बरमा आर्नोल्टलाई बलात्कारको आरोप लागेको थियो। हलिउडका चर्चित कलाकार हार्भे वाइन्स्टाइनमाथि बलात्कारमा उनलाई दोषी पाइएको थियो। ७२ वर्षीय साहित्यकारमाथि स्वीडेनको दैनिक अखबार डाजेन्स न्यिटरले १८ जना महिलाकोे बलात्कार, यौनशोषण र तनाव दिएको दाबी सहितको समाचार प्रकाशित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।