वासिङ्टन– क्यानडा र संयुक्तराज्य अमेरिकाका व्यापार मध्यस्थकर्ताहरुबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)मा आवश्यक परिमार्जन सहित प्रतिस्थापन गर्न सहमति भएको छ।
_x000D_
_x000D_
दुबै देशका सरकारका तर्फबाट जारी विज्ञप्तिमा अब नयाँ सम्झौताको नाम संयुक्तराज्य अमेरिका–मेक्सिको–क्यानडा सम्झौता (युएसएमसिए) हुनेछ।
_x000D_
_x000D_
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब २५ वर्षअघि सम्पन्न नाफ्टा सम्झौता रद्द गर्ने पटक–पटक चेतावनी दिँदै आएका थिए।
_x000D_
_x000D_
हाल प्रतिस्थापित सम्झौताबाट बढी स्वतन्त्र बजारलाई बढावा दिने, स्वच्छ व्यापार हुने तथा क्षेत्रमै बलियो आर्थिक वृद्धि हुने संयुक्त वक्तव्यमा अपेक्षा गरिएको छ। उक्त संयुक्त वक्तव्य अमेरिकी व्यापार प्रतिनिधि रोवर्ट लाइटिजर र क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रील्यान्डले जारी गरेका हुन्।
_x000D_
_x000D_
एक वर्षभन्दा बढी समयदेखि चलेको वार्ता तथा ६ सातादेखिको तीब्र छलफलपश्चात् अमेरिका र क्यानडाबीचको आपसी मतान्तर सुल्झाउन सहमति भएको हो। यो नयाँ सम्झौताबाट यस क्षेत्रमा बसोबास गर्ने करिब ५० करोड जनतालाई फाइदा पुग्ने तथा प्रतिवर्ष करिब १० खर्ब अमेरिकी डलरको व्यापार हुनेछ।
_x000D_
_x000D_
क्यानडाले आफ्नो दूग्धजन्य बजार अमेरिकाका लागि थप खुला गर्नेछ, तर क्यानडाले माग गरिरहेको विवाद निरुपण प्रावधानलाई अमेरिकाले परिवर्तन गर्ने छैन।
_x000D_
_x000D_
यो सहमतिसँगै मेक्सिकोका राष्ट्रपति एन्रिक पिना निटोको कार्यकाल आगामी डिसेम्बर १ तारिखमा सकिनु अगावै सम्झौतामा हस्ताक्षर हुने वातावरण तयार भएको छ।
_x000D_
_x000D_
अमेरिकी कानुन मुताविक यो सम्झौताको कागजातमा हस्ताक्षर हुनु ६० दिन अघि अमेरिकी कङ्ग्रेसमा प्रस्तुत गर्नु पर्दछ।
_x000D_
_x000D_
संयुक्तराज्य अमेरिका र मेक्सिकोबीच नाफ्टालाई नयाँ स्वरुपमा अगाडि बढाउने विषयमा गत अगस्टमै सहमति भइसकेको छ। त्यसयता क्यानडाका व्यापार मध्यस्थकर्ता लगातार अमेरिकाको वासिङ्टनमा रहेर विवादित विषयमा छलफल गरिरहेका थिए।
_x000D_
_x000D_
ट्रम्पले क्यानाडाली अधिकारीहरुको व्यवहारका बारेमा निरन्तर असन्तोष प्रकट गरिरहेका छन्। र, पछिल्लोपटक क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग भेट्न समेत राष्ट्रपति ट्रम्पले अस्वीकार गरेका थिए। तर, क्यानडाका अधिकारीहरुले दुई नेताबीच भेटघाटको कुनै कार्यक्रम नै नरहेको भन्दै बचाउमा वक्तव्य दिएका थिए।
_x000D_
_x000D_
अमेरिकी प्रशासनका एक उच्च अधिकारीले पछिल्लो पुनर्लेखन अत्यन्त सकारात्मक रहेको बताउँदै यो सम्झौता संयुक्तराज्य अमेरिका, मेक्सिको र क्यानडा तीनै देशका लागि जित भएको प्रतिक्रिया दिए।
_x000D_
_x000D_
यस नयाँ सम्झौतामा कामदारको पक्षमा बलियो संरक्षण रहेको, वातावरणीय नियमहरु कडा बनाइएको, तथा डिजिटल अर्थतन्त्रलाई पनि यसपटक समावेस गरिएको छ। साथै, बौद्धिक सम्पत्तिको संरक्षणमा बलियो आधार तयार पारिएको छ।
_x000D_
_x000D_
‘यसबाहेक, व्यापार कानुनहरुको कार्यान्वयनमा बदमासी गर्न नपाइने प्रावधान राखिएको तथा ड्यूटि–फ्री बजारको फाइदा लिनबाट अरु मुलुकलाई नियन्त्रण गर्ने प्रयास यसपटक गरिएको छ’, अमेरिकी अधिकारीको भनाइ छ।
_x000D_
_x000D_
नयाँ सम्झौताले कारमाथि लगाइने भनिएको २५ प्रतिशत कर मेक्सिको र क्यानडाका हकमा लागू नहुने व्यवस्था गरेको छ, तर स्टील र आलुमिनियममा वृद्धि गरिएको करका विषयमा भने अलग्गै वार्ता हुने बताइएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।