काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार पाँच सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार ३ सय रुपैयाँ कायम भएको छ। यसअघि फागुन ८ गते सुनको मूल्य तोलामा एक लाख ७१ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।