राजविराज– सन्तान तथा पतिको सुख, शान्ति र समृद्धिको कामना गर्दै थारूलगायतका मैथिली महिलाहरुले हरेक वर्ष मनाउने जितिया पर्व सोमबारदेखि सुरु भएको छ।
_x000D_
_x000D_
आश्विन कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाइने यस पर्वमा विशेष गरी विवाहित महिलाहरुले निराहार व्रत बसी परिवार र सन्तानको सुखशान्तिका लागि कामना गर्छन्। जितियामा सूर्यलाई ‘जितमहान भगवान’का रुपमा पूजा गरिन्छ।
_x000D_
_x000D_
तराईमा बसोबास गर्ने विशेष गरी थारु महिलाहरुले संस्कृतिक पर्वका रुपमा जितिया मनाउँछन्। यस अवसरमा विवाह गरी गएका चेलीलाई अनिवार्य रूपमा माइत बोलाउने गरिन्छ।
_x000D_
_x000D_
यस व्रतको प्रभावले आफना सन्तान हरेक क्षेत्रमा सफल हुने तथा दीर्घायु हुने विश्वास गरिन्छ।
_x000D_
_x000D_
पहिलो दिन सोमबार ‘नहा, खा’ (नुहाएर खानु) विधि अनुसार पर्वको सुरुवात भएको छ। यसदिन महिलाहरुले घिरौंलाको पातमा ‘जितमाहन भगवान’ र दिंवगत पितृलाई प्रसाद (पिना, सख्खर र तोरीको तेल) चढाई पुजा गर्ने र कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ। जसलाई ‘माछ मरुवा’ भनिन्छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
दोस्रो दिन मंगलबार बिहान काग कराउनुभन्दा पहिल्यै व्रतालुले ‘ओठगन’ (खानेकुरा ओठमा लगाउनु) सम्पन्न गर्नु पर्ने मान्यता छ। प्रायः जसो महिलाले ‘ओठगन’मा दही, चिउरा खाने गरेको पाइन्छ।
_x000D_
_x000D_
त्यसपश्चात् महिलाहरुको कठोर व्रत बस्ने समय सुरु हुन्छ। २४ घण्टासम्म पानी पनी नखाई उपवास बस्ने यस व्रतमा थुक पनि निल्न नहुने मान्यता छ। उपवास बसेका दिन महिलाहरुले डकार गरे, खकार निले वा जिब्रो टोके व्रत असफल भएको मानिने राजविराज–७ की व्रतालु महिला मिनाकुमारी साह बताउँछिन्। उपवासको समयमा ‘जितमहान भगवान’को कथा सुन्ने र नाचगान गर्ने गरिन्छ।
_x000D_
_x000D_
पर्वको तेश्रो दिन बुधबार बिहान व्रतालुले जलासयमा गएर स्नान गरी घिरौंलाको पातमा तेल लगाई त्यसमाथि अघ्र्य दिने र सोही तेल आफ्ना सन्तानका कपालमा लगाइदिने चलन छ। यसपछि सबैलाई दही, चिउरा र फलफूल खान दिएर व्रतालुले पनि व्रत समापन गर्ने चलन रहेको व्रतालुहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।