काठमाडौं– सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले फोहोरमैला व्यवस्थापनको काममा केन्द्रित हुन स्थानीय तहलाई निर्देशन दिएका छन्।
_x000D_
_x000D_
सहरी क्षेत्रमा फोहोरको समस्या बढदै गइरहेका बेला मन्त्री राईले फोहोर व्यवस्थापनमा केन्द्रित हुन स्थानीय सरकारलाई निर्देशन दिएका हुन्।
_x000D_
_x000D_
विश्व बसोबास दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले फोहोरमैला व्यवस्थापन नगर्ने ठूलाठूला भवनमाथि अनुगमन गरी कारबाहीको दायरामा ल्याउने चेतावनी पनि दिए। मन्त्री राईले सहरमा फोहोरको उचित व्यवस्थापनका लागि सरकारले आवश्यक कानुन निर्माणको कामलाई अघि बढाएको पनि जानकारी दिए।
_x000D_
_x000D_
मन्त्री राईले फोहोरको व्यवस्थापन गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीच बलियो सहकार्य गरेर अघि बढ्ने योजना पनि अघि सारे।
_x000D_
_x000D_
कार्यक्रममा बोल्दै सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले ‘फोहोरलाई मोहोर’मा रुपान्तरण हुनेगरी जनतामा चेतना जगाउन स्थानीय तहलाई आग्रह गरे। उनले स्थानीय जनताको सहभागितामा सार्वजनिक, निजी र सहकारिताको माध्यमबाट मुलुकमा फोहोरको उचित व्यवस्थापन गर्न सकिने पनि स्पष्ट पारे।
_x000D_
_x000D_
नेपालमा यसवर्ष ‘सहरको फोहोरमैला व्यवस्थापन’ गर्न आह्वान गर्दैै विश्व बसोबास दिवस मनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।