काठमाडौं– शान्ति र सुरक्षाको माग गर्दै शनिबार नेपथ्य ब्यान्डले प्राचीन बौद्ध सम्पदा स्वयम्भुमा कन्सर्ट सम्पन्न गरेको छ।
_x000D_
_x000D_
स्वयम्भूमा यसपटक नेपथ्य उभिनुको अर्को कारण थियो, सम्पदा संरक्षण। स्थापनाको रजत महोत्सव मनाउँदै गरेको यो समूहले दशैंको छेकोसमेत पारेर कन्सर्ट आयोजना गरेको हो।
_x000D_
_x000D_
अघिल्ला कन्सर्टहरु भन्दा फरक तवरबाट सुरु गरिएको कन्सर्टमा ब्यान्डका मुख्य गायक अमृत गुरुङ सुरुमै मञ्चमा देखिएनन्। बरुस्वयम्भूमा उपस्थित दर्शकहरुको एकमुष्ट आवाज गुन्जिएसँगै कन्सर्ट सुरु गरियो।
_x000D_
_x000D_
जब मञ्चमा उक्लिएका नेपथ्यका वाद्यवादकहरुले ‘यो जिन्दगानी’ गीतको धुन बजाइदिए, मञ्च वरपरका विसाल ‘डिसप्ले बोर्ड’मा सोही गीतका शब्द सलबलाउन थाले।
_x000D_
_x000D_
‘जीवन हो घाम छायाँ
_x000D_
_x000D_
सुख दुःख दुवै हुन्छ
_x000D_
_x000D_
जीवन हो बिना माया
_x000D_
_x000D_
छटपटी तडपन हुन्छ’
_x000D_
_x000D_
दर्शकले तिनै लाइनलाई समातेर गाउँदा गाउँदै बीचतिर बल्ल अमृत मञ्चमा देखा परे। हजारौंको संख्यामा उपस्थित दर्शकले चर्को आवाजमा स्वागत गरेपछि बाँकी गीत अमृत र दर्शक मिलेर गाए।
_x000D_
_x000D_

_x000D_
_x000D_
कार्यक्रममा प्रस्तुतिका क्रममा अमृतले बारम्बार स्वयम्भूमा बितेका नेपथ्यका संघर्षमय दिनहरुको सम्झना गर्न भ्याए। ‘हामीले यहाँ कोठा भाडामा लिएर एउटा एल्बमै तयार पारेका थियौं,’ अमृतले विगत सम्झिँदै भने, ‘अबेर रातसम्म स्वयम्भूको डाँडामा बसेर अनेक योजनाहरु बुन्थ्यौं।’
_x000D_
_x000D_
त्योबेला आफूहरुमा परेको प्रभाव र अहिले काठमाडौंका सम्पदाहरुमा बढ्दो अतिक्रमणका बीच यो कार्यक्रमलाई सम्पदा संरक्षणका निम्ति समर्पित गरेको उनले खुलाए।
_x000D_
_x000D_
‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ र वैदेशिक रोजगारीमा गएकाहरुलाई सम्झदै ‘मै मरि जाऊँला’ जस्ता गीतहरु सुनाएपछि अमृतले दर्शकहरुलाई फेरि पुराना दिनमा लगे। उनले विशेष गरेर ध्रुवजस्ता साथी ब्यान्डलाई दिएकामा स्वयम्भूप्रति कृतज्ञता प्रकट गरे। ‘ध्रुवले हामीसँग काम गर्न थालेको २० वर्ष नाघेको छ,’ अमृतले भने, ‘यसरी नेपथ्यलाई यहाँसम्म ल्याउन स्वयम्भूको थप योगदान छ।’
_x000D_
_x000D_
त्यसपछि नेपथ्यको २५ वर्षे यात्रा र यसबीच आफूले पाएका अनि गुमाएका साथीहरुको दृश्यसमेत देखाएर अमृतले ब्यान्डकै पहिलो गीत सुनाए– ‘आँगनै भरि हिउँ नै झरे’।
_x000D_
_x000D_

_x000D_
_x000D_
‘नेपालमा छोरीचेलीको जीवन कष्टकर हुँदै गइरहेको छ। हाम्रा छोरीहरुको सुरक्षामा गम्भीर प्रश्न उठ्न थालेको छ।,’ पूर्वप्रधानमन्त्री, थुप्रै भिक्षुहरु र हजारौं तन्नेरी लगायतका महत्वपूर्ण व्यक्तित्वको उपस्थितीले खाँदिएको भुइँखेल चौरमा नेपथ्यका मुख्य गायक अमृत गुरुङले आव्हान गरे, ‘आउनुस् स्वयम्भूको यो आँगनबाट उनीहरुको निम्ति मध्यरातमा पनि निर्धक्क हिँड्नसक्ने मुलुक बनाएरै छाड्ने प्रण गरौं। यो बुद्धले संसारभरि शान्ति छरेको मुलुक हो भनेर फेरि आव्हान गरौं।’
_x000D_
_x000D_
उनले स्वयम्भूमा नेपथ्यको कन्सर्ट गर्ने लामो समयदेखिको धोको पुरा भएकोमा खुसीसमेत प्रकट गरेका थिए।
_x000D_
_x000D_
त्यसपछि नेपथ्यले लगातार आफ्ना सर्वकालीक हिट गीतहरु ‘लामपाते सुरती’, ‘चरि मर्यो सिसैको गोलीले’, ‘जोमसोमे बजारमा’, ‘जोगले हुन्छ भेट’ र ‘हो रामा रामा’ गाएर दर्शलाई नचाउन सफल भए।
_x000D_
_x000D_
त्यसपछिको चरणमा ‘गाउँगाउँबाट उठ’ हुँदै अन्तिममा ‘रातो र चन्द्रसूर्य’सम्मले निरन्तरता पाएको थियो।
_x000D_
_x000D_

_x000D_
_x000D_
‘यतिबेला अधिकारको मागसँगै चर्किएको जातीय नाराले हाम्रो समाजलाई अप्ठेरो अवस्थातिर लगिरहेको छ,’ अमृतले कार्यक्रमको अन्त्यतिर ब्यान्डका साथीहरुको परिचय गराउँदै भने, ‘आउनुस् हामी विविधताका बीचमा एकताको स्वरलाई चर्काऔं।’
_x000D_
_x000D_
उनलाई सधैंझैं ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
_x000D_
_x000D_
स्वयम्भूका तन्नेरीहरुको साझा थलो ‘स्वयम्भू क्लब’को संयोजनमा कार्यक्रम आयोजना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।