ब्रिट्स– दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियाभन्दा ८० किलोमिटर उत्तरपश्चिम पुगियो भने त्यहाँ उकुटुला संरक्षण केन्द्र छ। संरक्षण केन्द्रमा आजभोलि सिंहका दुईवटा बच्चा फुर्तीका साथ खेलिरहेको देख्न पाइन्छ। यी बच्चाहरु विशिष्ट किसिमका छन्।
_x000D_
_x000D_
हेर्दै मन हर्ने सिंहका यी बच्चाहरु किन पनि विशिष्ठ हुन् भने यीनीहरुको जन्म अलग तरिकाले भएको हो। अर्थात् कृत्रिम तरिकाले। ‘यी बच्चाहरु कृत्रिम गर्भाधानबाट जन्माइएका हुन्। विश्वमै यो पहिलो प्रयोग हो’ द सनका पत्रकार जेमी प्याटले प्रिटोरिया विश्वविद्यालयका एकजना प्राध्यापकलाई उधृत गर्दै आफूले तयार पारेको सामग्रीमा लेखेका छन्, ‘यसले अध्येताहरुलाई खुशी दिएको छ।’
_x000D_
_x000D_
प्रिटोरिया विश्वविद्यालयका केही वैज्ञानिकहरु पोथी अफ्रिकी सिंहको प्रजनन प्रणालीबारे निरन्तर अध्ययनमा थिए। यही अध्ययन र अनुसन्धानको प्रतिफल स्वरुप यो प्रजनन केन्द्रमा यति लोभलाग्दा बच्चाहरुको रमाइलो देख्न पाइएको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
अध्येताहरुको अनुक्रमकै कारण एउटा पोथी सिंहले गत अगस्ट २५ मा यहाँ दुईवटा बच्चा जन्मायो। एउटा भाले र अर्को पोथी। तिनीहरु दुवै स्वस्थ र सामान्य छन्। विश्वविद्यालयका अनुसन्धान निर्देशक आन्द्रे ग्यान्सविन्टको अनुहारमा अहिले पनि खुशी देख्न देख्न सकिन्छ।
_x000D_
_x000D_
उनको टोलीलाई १८ महिनाको गहन परीक्षणपछि यस्तो सफलता प्राप्त भएको हो। भने, ‘हामी यसमा निरन्तर लागिरहेका थियौं। हामीले शुरुमा स्वस्थ सिंहबाट विर्य सङ्कलन गरेका थियौं।’ त्यसपछि पोथी सिंह गर्भाधानका लागि योग्य भएपछि कृत्रिम रुपबाट गर्भाधान गराइएको थियो।
_x000D_
_x000D_
‘संयोयवस, यो सफल भयो’ ग्यान्सविन्टले थपे ‘विगतमा पनि धेरैपटक प्रयत्न गरिएका थिए, तर यस पटक आश्चर्य भयो, धेरै मिहिनेत गर्नु परेन।’
_x000D_
_x000D_
कृत्रिम गर्भाधानबाट सिंहका बच्चा जन्मेपछि यो सफलताले के प्रभाव पार्दछ त? उकुटुला संरक्षण केन्द्रमा सिंहका नयाँ बच्चा खेलिरहँदा यसबारे सवत्र्र बहस सुरु भएको छ। के यो ठिक छ त?
_x000D_
_x000D_
प्राध्यापक ग्यान्सविन्टका विचारमा यो सफलतालाई विस्तार गर्न सकिन्छ। वैज्ञानिकहरुले यो विधिलाई प्रयोग गरी अन्य सङ्कटापन्न बाघ, सिंह, चितुवाजस्ता प्राणीको संरक्षण गर्न सकिने बताएका छन्।
_x000D_
_x000D_

_x000D_
_x000D_
यो विधी अरु देशहरुमा दुर्लभ बन्दै गइरहेका बन्यजन्तु जोगाउन पनि काम लाग्ने बैज्ञानिकहरुको दाबी छ। यद्यपी यसलाई पशुअधिकारकर्मी र बन्यजन्तुको क्षेत्रमा काम गरिरहेका केही व्यक्ति र संस्थाहरुले भने विरोध गरिरहेका छन्।
_x000D_
_x000D_
अफ्रिकाका २६ वटा मुलुकबाट सिंह बिलुप्त भइसकेका छन् र सिंहको संख्या दुई दशकभित्रै करिब ४३ प्रतिशतले घटेको छ। अहिले विश्वभर करिब २० हजार मात्र सिंह बाँकी रहेको अन्तर्रा्ष्ट्रिय प्रकृति संरक्षण संघले जनाएको छ। संघले अफ्रिकी सिंह सबैभन्दा जोखिममा रहेको बताएको छ।
_x000D_
_x000D_
‘हामीले अहिल्यै केही गरेनौं भने यहाँका सिंह बिलुप्त हुन्छज्’ ग्यान्सविन्टको भनाइ छ, ‘हामीले सकारात्मक परिणतिका लागि नै यत्रो काम गरिरहेका हौं।’ उनले सिंहलाई नै एक ठाउँबाट अर्को ठाउँमा प्रजननका लागि लैजानु पर्ने अवस्थाको अब अन्त्य भएको समेत बताए। नयाँ प्रविधिको प्रयोग मार्फत अब सिंहको प्रजननका लागि विर्यमात्र एक ठाउँबाट अर्को ठाउँमा लगे पुग्ने अवस्था सिर्जना भएको छ। उत्तरी अमेरिका र युरोपमा समेत हात्तीको प्रजनन गराउन यस्तै प्रविधि प्रयोगमा आउन थालिसकेको छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
तर जीवजन्तुका क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले यो अनुसन्धानप्रति त्यति चासो दिएका छैनन्। कतिपय यो अनुष्ठानमा मौन छन् भने कतिपयले विरोध नै गर्न थालेका छन्। ‘दक्षिण अफ्रिकी यो प्रविधिले नाफामुखी प्रवृत्ति निम्त्याउने खतरा देखिन्छ’, बोर्न फ्री फाउन्डेसनका मार्क जोन्सले भनेका छन्, 'यो विधिले सिंह जन्माउने, सिंहको शिकार खेल्ने तथा सिंहका हाडखोरको व्यापार हुने मात्र हो, र यसले सिंहको संरक्षणमा केही पनि योगदान दिँदैन।’
_x000D_
_x000D_
अठार वटा अन्तर्रा्ष्ट्रिय तथा अफ्रिकी संरक्षण संस्थाहरुले वैज्ञानिकहरुलाई पत्र लेख्दै यसबारे विमती जनाएका छन्। तर बैज्ञानिकहरुले भने यसलाई सकारात्मक रुपमा हेरिनुपर्ने तर्क गर्दै आइरहेका छन्।
_x000D_
_x000D_
विवाद चल्दै गर्ला तर अफ्रिकाको यो संरक्षण केन्द्रमा कृत्रिम पद्धतिबाट जन्मेका यी नयाँ पाहुनाहरु यसरी रमाइरहेका छन् कि उनीहरु कसरी जन्मे र किन जन्मे भन्ने प्रश्नको मतलव उनीहरुलाई छैन।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।