काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएकोमा बिहीबार (आज) प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँ किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।