बेरूत– सिरियाली विद्रोही गठबन्धनले राज्यको उत्तरी क्षेत्रलाई सैन्य गतिविधिबिहीन बनाउन सहमत भएको भनी आएका समाचारको खण्डन गरेको छ।
_x000D_
_x000D_
समाचार संस्था एएफपीसँगको कुराकानीमा गठबन्धनका प्रवक्ताले भने, ‘सिरियाको उत्तरी क्षेत्रलाई सैन्य गतिविधिबाट टाढा राख्न विपक्षी समूह सहमत भएको भन्ने खबर विल्कुल निराधार हो।’
_x000D_
_x000D_
‘यो क्षेत्रमा सक्रिय कुनै मोर्चा वा समूहले सैन्य गतिविधिमुक्त क्षेत्र बनाउन सहमत भएको छैन’, टर्की पक्षधर नेसनल लिबरेसन फ्रन्ट (एनएलएफ)का प्रवक्ता नाजी मुस्ताफाले भने।
_x000D_
_x000D_
सिरियाली मानव अधिकार अनुगमन समूहले यस पहिले दिएको जानकारीमा एनएलएफको एक समूहले ठूला हतियार बिसाउन तयार भएको जनाएको थियो। टर्की र रूसबीच उक्त क्षेत्रमा शान्ति क्षेत्र घोषणा गर्ने सहमति अनुसार एनएलएफले हतियार बुझाउन तयार भएको भनाइ आएको बताइएको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।