सुर्खेत – दोश्रो वृहत् सल्यान महोत्सवका स्टलहरुमा भिषण आगलागी भएको छ । आठ दिनअघि मात्रै सल्यानको श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले शुरू गरेको महोत्सवमा भएको आगलागीका कारण करोडौँको सम्पत्ति जलेर ध्वस्त भएको छ ।
शनिबार राति अन्दाजी ११ बजे आगलागी हुँदा ८० स्टल जलेर ध्वस्त भएका छन् । आगलागीबाट करोडौंको क्षति भएको आयोजकले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटेका थिए । अहिले भने आगो नियन्त्रणमा लिई व्यवस्थापनको काम भइरहेको आयोजकले बताएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।