काठमाडौँ –नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा बृद्धि भएको छ । आज सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको छ । यो सँगै आज चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।