राजविराज– सुनसरीको इकराही निवासी नारायण सदासँग उर्मिलाले केही वर्ष पहिले नै विवाह गरेकी थिइन्। ४ जना सन्तानको जन्म भएपछि नारायणको मृत्यु भयो। श्रीमानलाई दैवले चुँडेर लगेपछि उर्मीला माइतीघर सप्तरीकै सुरुंगा फर्किइन्। जीविका चलाउन केही न केही त गर्नैपर्ने थियो। माइतीगाउँकै एक जना स्थानीय ओमप्रकाशको घरमा ज्याला मजदुरी गर्न थालिन्।
_x000D_
_x000D_
श्रीमानकाे वियोगमा परिवार चलाउन संघर्ष गरिरहेकी उर्मीलालाई काम पाएपछि केही राहत मिल्यो। काम गर्दै जाँदा ओमप्रकाशसँग उनको सम्बन्ध नजिकिँदै गयो। केही समयको अन्तरालपछि सुःख–दुःखका अनुभव पनि साटासाट हुन थाले। पतिवियोगमा परेकी उर्मीलाले पतिको अभाव कम हुँदै जान थालेको महसुस गर्न थालिन्। ‘तिम्रो पनि कोही छैन, मसँग विवाह गर। सबै छोराछोरीको जिम्मा पनि म नै लिन्छु’ भनेर उर्मीलालाई फकाउन थाले ओमप्रकाशले। उर्मीलाले झट्टै विश्वास गरिनन्। ‘४ जना छोराछोरीसहित परिवार पाल्न गाह्रो थियो’, उनले भनिन्, ‘मेरो बाध्यताको फाइदा उठाएर ओमप्रकाशले जबरजस्ति गरेको थियो।’ दुवैको पारिवारिक अवस्था सम्झेर ओमप्रकाशबाट बच्न आफूले हदैसम्म प्रयास गर्दा पनि असफल भएको उनले बताइन्। ओमप्रकाशले पटक-पटक जबरजस्तीको प्रयास गरेपछि ओमप्रकाशलाई विश्वास गर्न बाध्य हुनुपर्यो।
_x000D_
_x000D_
‘छोराछोरीको संरक्षण हुने कुरामा बहकिएर ओमप्रकाशलाई विश्वास गरेँ। हामीबीचको सम्बन्ध अब कामदार र मालिकजस्तो साँघुरो घेरामा मात्र सीमित भएन’, उर्मीलाले भनिन्। २५ वर्षीय ओमप्रकाश यादवले बिहे गर्ने आश्वासन दिएर ३५ वर्षिया उर्मीलादेवी सदासँग नियमित शारीरिक सम्बन्ध राख्न थाले। उर्मीला गर्भवती बनिन्।
_x000D_
_x000D_
जब उर्मीला गर्भवती बनिन्, उनी ओमप्रकाशप्रति झन् बढी आश्रित हुँदै जान थालिन्। केही समयपछि बच्चा जन्मियो। तर, बच्चा जन्मेपछि ओमप्रकाश एकाएक परिवर्तन हुन थाले। पहिलेको व्यवहारमा आकाश र पातालबीचको जस्तै फरक पाउन थाल्याे उर्मीलाले। ‘पेटमा बच्चा रहुन्जेल स्वभाविक कुरा गर्दै आएपनि बच्चा जन्मिएपछि (भदौ ६ गते) भने ओमप्रकाश अस्वभाविक रुपमा परिवर्तन भए’, उनले गुनासो गरिन्।
_x000D_
_x000D_
‘४ जना छोराछोरी सहित परिवार पाल्न गाह्रो थियो’, उनले भनिन्, ‘मेरो बाध्यताको फाइदा उठाएर ओमप्रकाशले जबरजस्ति गरेको थियो।’ दुवैको पारिवारिक अवस्था सम्झेर ओमप्रकाशबाट बच्न आफूले हदैसम्म प्रयास गर्दा पनि असफल भएको उनको दुखेसो छ। ‘तेरो पनि कोहि छैन, मसँग विवाह गर। छोराछोरी पनि मै जिम्मा लिन्छु भनेको थियो’, उनले आफ्नो बाध्यता सुनाइन्, ‘छोराछोरी संरक्षण हुने कुरामा बहकीएर म अहिले घर न घाटकी भएँ।’
_x000D_
_x000D_

_x000D_
_x000D_
बिहे गर्ने वाचा गरी शारीरिक सम्बन्ध बनाएको व्यक्तिले त्यहि सम्बन्धबाट जन्मेको बच्चा अस्वीकार गरेपछि अहिले उनको बिचल्ली भएको छ। बच्चा (शोभाककुमार)लाई ओमप्रकाशले अस्वीकार गरेपछि अहिले उर्मीला तनावमा छिन्।
_x000D_
_x000D_
उर्मीला र ओमप्रकाश दुवै विवाहित हुन्। यसअघि नै उर्मीलाका १ छोरासहित ४ जना सन्तान छन् भने ओमप्रकाशका १ जना छोरीसहित ५ सन्तान छन्। घरेलु कामदारका रुपमा रहेकी उर्मीला ओमप्रकाशको शारीरिक तथा मानसिक प्रभावमा परिन्।
_x000D_
_x000D_
‘विवाह गर्ने वाचा गरेको व्यक्तिले आफ्नो छोरासमेत अस्विकार गर्यो। यस विषयमा मैले पटक-पटक गाउँमा पञ्चायती (बैठक) पनि राखें’, उनी भन्छिन्, ‘हरेक पटक आफनो गल्ति स्वीकारेर पनि उसले हामीलाई स्वीकारेन।’
_x000D_
_x000D_
ओमप्रकाश विरुद्ध उजुरी गर्न जाँदा इलाका प्रहरी कार्यालय कडरवोनाले पनि उजुरी नलिएपछि आफू थप संकटमा परेको उनको गुनासो छ। ‘प्रहरी र स्थानीय न्यायिक समितिमा उजुरी गर्दा पनि मैले न्याय पाउन सकिँन। पैसावालका अगाडि निमुखाको कुरा कस्ले सुन्ने?’, उनले प्रतिप्रश्न गरिन्।
_x000D_
_x000D_
ओमप्रकाशसँग पतिपत्निको नाता कायम गरी आफू र आफ्नो परिवारको सुरक्षा गर्नुपर्ने उनको माग छ। दलित, हरुवाचरुवा तथा भूमिहीनको पक्षमा काम गर्दै आएको स्थानीय जनचेतना दलित संगमका कार्यकारी निर्देशक गणेश रामले पनि उर्मीलामाथि अन्याय भएको बताए। पैसा र शक्तिकाे बलमा ग्रामीण क्षेत्रमा निमुखा र गरिबमाथि शोषण हुने क्रमले निरन्तरता पाउनु दुखद भएको उनकाे मत छ। ओमप्रकाश र उर्मीलाको घटना त्यसैको पुनरावृत्ति भएको उनको बुझाइ छ। समाजका विभेद अन्त्य गर्न स्थानीय प्रहरी प्रशासन तथा जनप्रतिनिधि यस्ता घटनामा निर्ममतापूर्वक प्रस्तुत हुनुपर्ने रामले उल्लख गरे।
_x000D_
_x000D_
इलाका प्रहरी कार्यालय कडरवोनाका इन्स्पेक्टर सुरेन्द्रकुमार श्रेष्ठले प्रहरीको क्षेत्राधिकारभन्दा बाहिरको विषय भएकाले उर्मीलाको मुद्दा दर्ता नभएको बताए। दुवैको सम्बन्धबाट बच्चासमेत जन्मेकाले नाता कायम गर्न अदालतमार्फत प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ। उर्मीलाको विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीको महिला सेलमा पनि छलफल भइसकेको र अदालतमार्फत नै अघि बढ्ने सहमति समेत भएको उनको जिकिर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।