• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बिहे गर्ने वाचा गरी धोका दिँदा ५ सन्तानकी अामा उर्मीला सदाको बिचल्ली

64x64
नेपाल लाइभ शनिबार, असोज १३, २०७५  १९:०७
1140x725

राजविराज– सुनसरीको इकराही निवासी नारायण सदासँग उर्मिलाले केही वर्ष पहिले नै विवाह गरेकी थिइन्। ४ जना सन्तानको जन्म भएपछि नारायणको मृत्यु भयो। श्रीमानलाई दैवले चुँडेर लगेपछि उर्मीला माइतीघर सप्तरीकै सुरुंगा फर्किइन्। जीविका चलाउन केही न केही त गर्नैपर्ने थियो। माइतीगाउँकै एक जना स्थानीय ओमप्रकाशको घरमा ज्याला मजदुरी गर्न थालिन्। 

_x000D_ _x000D_

श्रीमानकाे वियोगमा परिवार चलाउन संघर्ष गरिरहेकी उर्मीलालाई काम पाएपछि केही राहत मिल्यो। काम गर्दै जाँदा ओमप्रकाशसँग उनको सम्बन्ध नजिकिँदै गयो। केही समयको अन्तरालपछि सुःख–दुःखका अनुभव पनि साटासाट हुन थाले। पतिवियोगमा परेकी उर्मीलाले पतिको अभाव कम हुँदै जान थालेको महसुस गर्न थालिन्। ‘तिम्रो पनि कोही छैन, मसँग विवाह गर। सबै छोराछोरीको जिम्मा पनि म नै लिन्छु’ भनेर उर्मीलालाई फकाउन थाले ओमप्रकाशले। उर्मीलाले झट्टै विश्वास गरिनन्। ‘४ जना छोराछोरीसहित परिवार पाल्न गाह्रो थियो’, उनले भनिन्, ‘मेरो बाध्यताको फाइदा उठाएर ओमप्रकाशले जबरजस्ति गरेको थियो।’ दुवैको पारिवारिक अवस्था सम्झेर ओमप्रकाशबाट बच्न आफूले हदैसम्म प्रयास गर्दा पनि असफल भएको उनले बताइन्। ओमप्रकाशले पटक-पटक जबरजस्तीको प्रयास गरेपछि ओमप्रकाशलाई विश्वास गर्न बाध्य हुनुपर्यो। 

_x000D_ _x000D_

‘छोराछोरीको संरक्षण हुने कुरामा बहकिएर ओमप्रकाशलाई विश्वास गरेँ। हामीबीचको सम्बन्ध अब कामदार र मालिकजस्तो साँघुरो घेरामा मात्र सीमित भएन’, उर्मीलाले भनिन्। २५ वर्षीय ओमप्रकाश यादवले बिहे गर्ने आश्वासन दिएर ३५ वर्षिया उर्मीलादेवी सदासँग नियमित शारीरिक सम्बन्ध राख्न थाले। उर्मीला गर्भवती बनिन्। 

_x000D_ _x000D_

जब उर्मीला गर्भवती बनिन्, उनी ओमप्रकाशप्रति झन् बढी आश्रित हुँदै जान थालिन्। केही समयपछि बच्चा जन्मियो। तर, बच्चा जन्मेपछि ओमप्रकाश एकाएक परिवर्तन हुन थाले। पहिलेको व्यवहारमा आकाश र पातालबीचको जस्तै फरक पाउन थाल्याे उर्मीलाले। ‘पेटमा बच्चा रहुन्जेल स्वभाविक कुरा गर्दै आएपनि बच्चा जन्मिएपछि (भदौ ६ गते) भने ओमप्रकाश अस्वभाविक रुपमा परिवर्तन भए’, उनले गुनासो गरिन्।

_x000D_ _x000D_

‘४ जना छोराछोरी सहित परिवार पाल्न गाह्रो थियो’, उनले भनिन्, ‘मेरो बाध्यताको फाइदा उठाएर ओमप्रकाशले जबरजस्ति गरेको थियो।’ दुवैको पारिवारिक अवस्था सम्झेर ओमप्रकाशबाट बच्न आफूले हदैसम्म प्रयास गर्दा पनि असफल भएको उनको दुखेसो छ। ‘तेरो पनि कोहि छैन, मसँग विवाह गर। छोराछोरी पनि मै जिम्मा लिन्छु भनेको थियो’, उनले आफ्नो बाध्यता सुनाइन्, ‘छोराछोरी संरक्षण हुने कुरामा बहकीएर म अहिले घर न घाटकी भएँ।’ 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

_x000D_ _x000D_

बिहे गर्ने वाचा गरी शारीरिक सम्बन्ध बनाएको व्यक्तिले त्यहि सम्बन्धबाट जन्मेको बच्चा अस्वीकार गरेपछि अहिले उनको बिचल्ली भएको छ। बच्चा (शोभाककुमार)लाई ओमप्रकाशले अस्वीकार गरेपछि अहिले उर्मीला तनावमा छिन्।

_x000D_ _x000D_

उर्मीला र ओमप्रकाश दुवै विवाहित हुन्। यसअघि नै उर्मीलाका १ छोरासहित ४ जना सन्तान छन् भने ओमप्रकाशका १ जना छोरीसहित ५ सन्तान छन्। घरेलु कामदारका रुपमा रहेकी उर्मीला ओमप्रकाशको शारीरिक तथा मानसिक प्रभावमा परिन्। 

Xtrem
Xtrem
_x000D_ _x000D_

‘विवाह गर्ने वाचा गरेको व्यक्तिले आफ्नो छोरासमेत अस्विकार गर्‍यो। यस विषयमा मैले पटक-पटक गाउँमा पञ्चायती (बैठक) पनि राखें’, उनी भन्छिन्, ‘हरेक पटक आफनो गल्ति स्वीकारेर पनि उसले हामीलाई स्वीकारेन।’

_x000D_ _x000D_

ओमप्रकाश विरुद्ध उजुरी गर्न जाँदा इलाका प्रहरी कार्यालय कडरवोनाले पनि उजुरी नलिएपछि आफू थप संकटमा परेको उनको गुनासो छ। ‘प्रहरी र स्थानीय न्यायिक समितिमा उजुरी गर्दा पनि मैले न्याय पाउन सकिँन। पैसावालका अगाडि निमुखाको कुरा कस्ले सुन्ने?’, उनले प्रतिप्रश्न गरिन्।

_x000D_ _x000D_

ओमप्रकाशसँग पतिपत्निको नाता कायम गरी आफू र आफ्नो परिवारको सुरक्षा गर्नुपर्ने उनको माग छ। दलित, हरुवाचरुवा तथा भूमिहीनको पक्षमा काम गर्दै आएको स्थानीय जनचेतना दलित संगमका कार्यकारी निर्देशक गणेश रामले पनि उर्मीलामाथि अन्याय भएको बताए। पैसा र शक्तिकाे बलमा ग्रामीण क्षेत्रमा निमुखा र गरिबमाथि शोषण हुने क्रमले निरन्तरता पाउनु दुखद भएको उनकाे मत छ। ओमप्रकाश र उर्मीलाको घटना त्यसैको पुनरावृत्ति भएको उनको बुझाइ छ। समाजका विभेद अन्त्य गर्न स्थानीय प्रहरी प्रशासन तथा जनप्रतिनिधि यस्ता घटनामा निर्ममतापूर्वक प्रस्तुत हुनुपर्ने रामले उल्लख गरे। 

_x000D_ _x000D_

इलाका प्रहरी कार्यालय कडरवोनाका इन्स्पेक्टर सुरेन्द्रकुमार श्रेष्ठले प्रहरीको क्षेत्राधिकारभन्दा बाहिरको विषय भएकाले उर्मीलाको मुद्दा दर्ता नभएको बताए। दुवैको सम्बन्धबाट बच्चासमेत जन्मेकाले नाता कायम गर्न अदालतमार्फत प्रक्रिया अघि बढाउनुपर्ने उनको भनाइ छ। उर्मीलाको विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीको महिला सेलमा पनि छलफल भइसकेको र अदालतमार्फत नै अघि बढ्ने सहमति समेत भएको उनको जिकिर छ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०७५  १९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्