• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सिकार खेल्दा हृदयाघात भएर ढलेपछि राजा महेन्द्रलाई लिन पुगेका थिए डा मृगेन्द्र

64x64
नेपाल लाइभ शनिबार, असोज १३, २०७५  ०८:५८
1140x725

काठमाडौं- चिकित्सा आफैंमा सेवामुखी पेसा हो। डा मृगेन्द्रराज पाण्डेको समयमा चिकित्सालाई करिअर बनाउँदा सेवा अनिवार्य र सर्वोपरि थियो। किनभने अहिलेको जस्तो निजी चिकित्सकीय अभ्यास गरेर आर्थिकोपार्जन गर्न सकिने जमाना थिएन। तर डा पाण्डे बिरामीको सेवा गरेर मात्रै सन्तुष्ट हुन सकेनन्। २०३२ सालदेखि अशिक्षा, अभाव र अविकासले थलिएको समाजको समेत उपचार गर्ने कर्ममा अघि सरेका उनी ८७ वर्षको उमेरमा पनि उत्तिकै सक्रिय छन्। 

_x000D_ _x000D_

यसका लागि सीमान्तकृत समुदायको सेवाका लागि गुठी परम्परामा चल्नेगरी संस्था खोले। पूरै परिवारको साथ–सहयोगबाट २०३२ साल फागुन ६ गते सामाजिक संस्था ‘मृगेन्द्र चिकित्सा गुठी’ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा औपचारिक रूपमा दर्ता भयो। 

_x000D_ _x000D_

संस्थामा उनीसहित सातजना संस्थापक थिए । सेवा गर्नका लागि पनि पैसा आवश्यक थियो । गुठी सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन उनले २०२६ साल कात्तिकमा किनेको काठमाडौंको जमलस्थित ११ सय ५० वर्गफिट क्षेत्रफलमा निर्मित तीनतले पक्की घर गुठीको नाममा दर्ता गरिदिए।

_x000D_ _x000D_

सुरुमा काठमाडौंभित्रकै पिछडिएको ठाउँमध्ये सुन्दरीजलभन्दा माथिको तामाङ बस्ती छानियो । काठमाडौंमै भए पनि सुन्दरीजलमा त्यसबेला सार्वजनिक यातायातको पहुँच नभएकाले गाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मी लिएर जान पक्कै पनि सहज थिएन । त्यसपछि उनीहरुले तामाङ गाउँको फेदी सुन्दरीजलमा कार्यक्रम गर्ने स्थान चुने । सुरुका दिनमा शनिबार पारेर महिनामा एकपटक ५/६ जना डाक्टर र २/३ जना नर्ससहित त्यहाँ उपचार गर्न जान्थे।

_x000D_ _x000D_

सुन्दरीजलमा शिविर चलाउने क्रममा भएको एउटा घटना अहिले पनि उनको मनमा ताजै छ । ‘गुठीको पैसा एक रूपैयाँ पनि फजुल खर्च नगरौं, गरिबको औषधि उपचारमै लगाउँ भन्ने सोच आइरहँदा चिया खाइरहेको पसलकी साहुनीले त्यहाँ सित्तैमा औषधि बाँडिरहेको छ रे, म पनि ल्याएर राख्छु’ भन्दै निस्किइन् । ती साहुनी केही समयपछि औषधि लिएर आइन् । डा. पाण्डेल सोधे, ‘तिमीलाई के भो नानी केको औषधि लिएर आएको ?’ ती महिलाको उत्तर थियो, ‘अहिले त केही भएको छैन, पछि पेट, टाउको दुख्यो भने काम लाग्छ भनी खोपामा राख्न ल्याएको हो।’

_x000D_ _x000D_

पिछडिएका समाजमा औषधिसम्बन्धी चेतना नहुँदाको त्यो मनस्थिति देखेर उनको मनमा एक किसिमको चिसो पस्यो । ती औषधि या त खोपामै सड्नेछन् या त म्याद गुज्रेपछि प्रयोगमा आउनेछन् । ‘त्यसरी निःशुल्क औषधि बाँडेर मात्रै यथार्थमा चिकित्सा सेवा पूर्ण हुँदोरहेनछ र समस्याको जरोमा पुग्न सकिंदोरहेनछ भन्ने अनुभूति भयो,’ पाण्डेले स्मरण गरे, ‘सेवा कार्यमा यो एउटा महत्वपूर्ण पाठ बन्यो।’

_x000D_ _x000D_

_x000D_ _x000D_

त्यो समयमा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने र औषधि बाँड्ने गुठीको कामले धेरै चर्चा पायो । सो क्रममा युनिसेफका तत्कालीन नेपाल प्रमुख कुलवाइले ‘डा. पाण्डे तपाईंले सहयोग माग्न एउटा फारम भर्नुहोस् । म पाँच हजार डलरको चेक तुरुन्तै पठाइदिन्छु’ भन्दै प्रस्ताव गरे । तर उनले त्यसरी विदेशी सहयोग लिएर संस्था चलाएर हुँदैन, गुठी स्वदेशी पैसाले चल्नुपर्छ भन्ने ठानेर सहयोग लिन इन्कार गरे । विदेशीको पैसा भन्नेबित्तिकै मानिसको महत्वकांक्षा बढ्न सक्छ भन्ने त्रास उनलाई थियो । ‘अहिले हाम्रो पसिनाबाटै कामलाई अघि बढाउने सिद्धान्त हुनाले यो लिन चाहन्नौं । तर तपाईंको दिने इच्छाको लागि धेरै धन्यवाद छ र कुनै बेला खाँचो पर्‍यो भने मागौंला,’ उनले युनिसेफ प्रतिनिधिलाई जवाफ दिए।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

२०३३/०३४ सालतिर वीर अस्पतालको मेडिकल विभागका भर्ना हुने धेरै बिरामी विशेषगरी जाडोयाममा दम–खोकीको रोगले मुटु बिग्रेकासम्म आउँथे । अस्पतालमा केही दिन राखेर उपचारपछि अलि फाइदा भएर घर फर्कंन्थे । केही दिपछि फेरि रोग बल्झेर आउँथे । दमका बिरामी आउने–जाने क्रम बढेपछि डा. पाण्डेले ०३५ साल पुसबाट रोग किन धेरै लागिरहेको होला भनेर अनुसन्धान थाले ।
_x000D_ सेवामुखी अध्ययनका लागि धेरै चिकित्सकले ३०/४० रुपैयाँमै काम गरे । अध्ययनको नतिजा निकै महत्वपूर्ण आयो । सुन्दरीजल र भद्रबासमा मात्रै १८ प्रतिशतमा दमखोकीको समस्या पाइयो भने काठमाडौंको सहरी क्षेत्रमा ११ प्रतिशत र तराई क्षेत्र बाराको परसौनीमा लगभग १३ प्रतिशत । जुम्लामा भने यो रोग लगभग ३१ प्रतिशतमा थियो । जुम्लामा तराईको तुलनामा दोब्बरभन्दा बढी समस्या पाइयो । यसको खास कारण घरभित्रको धुवाँ नै थियो । जुम्लामा त जाडोबाट बच्न घरमा झ्यालै राखिंदैनथ्यो र दाउराले खाना पकाउने, बत्ती बाल्ने र चुल्हो वरिपरि बसेर सुल्पा तान्ने गर्दा यो रोग बढेको थियो । रोग पुरुषको तुलनामा महिलामा बढी थियो। 

_x000D_ _x000D_

अनुसान्धान सकिएलगत्तै उनलाई अमेरिकाको मायो क्लिनिकबाट प्रवचन दिन निमन्त्रणा आयो । उनले त्यहाँ गएर आफूले गरेको अनुसन्धानको विषयमा प्रवचन दिए । त्यसबेला त्यहाँका इपिडिमियोलोजी विभागका प्रमुख डा. कर्लान्डले भनेको कुरा उनलाई अझै याद आउँछ, ‘डा. पाण्डे तपाईंसँग जुन तथ्यांक छ, त्यस्तो तथ्यांक संसारमा कहिं–कसैले संकलन गरेकै छैन । यसलाई किन प्रकाशित गर्नुहुन्न?’ उनको त्यस्तो कुरा सुनेपछि त्यो तथ्यांक अन्तर्राष्ट्रिय जगतमा पु¥याउन प्रकाशित गर्नतर्फ लागे । बेलायतबाट प्रकाशित हुने थोर्‍याक्स भन्ने फोक्सो रोगसम्बन्धी जर्नलमा प्रकाशित भयो । संसारभर बाल बचाउका लागि यही मोडल लागू भयो।

_x000D_ _x000D_

अध्ययनमा देखिएका समस्यालाई निराकरण गर्न गुठीले काम थाल्यो । घरभित्रको धुवाँको निम्ति के गर्ने?, धूमपानबारे के गर्ने भन्ने विषयमा चेतना फैलाउन सुरु भयो । उनीहरूलाई धुवाँबाट जोगिने उपायहरु सिकाइयो । कार्यक्रम जुम्लातिर बढ्दै गयो । पछि थप अनुसन्धान गर्दा पाँच वर्षमुनिका बालबालिकामा निमोनियाको समस्या बढिरहेको पाइयो ।

_x000D_ _x000D_

१९८५ सालतिर काठमाडौं वरपरका छैमले र टल्कु डुँडेचौरका पिछडिएका तामाङ बस्तीमा गुठीतर्फबाट कार्यक्रम लिएर गए । यहाँ चेतनाको अवस्था निकै नाजुक थियो । त्यो ठाउँमा बाल मृत्युदर धेरै थियो । सुत्केरी अवस्थामा महिला काम गर्न जानुपर्ने भएकोले बच्चालाई रक्सी खुवाएर जाने गर्थे । स्थानीय समुदायलाई यस्ता विषयमा चेतना दिएर बालमृत्युदर निकै घटाएको उदाहरण छ । जुम्लामा गुठीले बालरोगका लागि बाँडेको रातो झोलले ख्याति मात्रै पाएन, बाल मृत्युदर पनि निकै  घटायो । उनले सुरु गरेको बालमृत्यु कम गर्ने कार्यक्रमलाई नेपाल सरकार, विश्व स्वास्थ्य संगठन र युनिसेफले अनुशरण ग¥यो र विश्वव्यापी रुपमा लागू गर्‍यो।

Xtrem

Xtrem
_x000D_ _x000D_

डा. पाण्डेले गुठीमार्फत विकट क्षेत्रमा खानेपानीको पाइप जडान गरेर स्वास्थ्य र सरसफाइमा जोड दिए । संस्थाले अनुसन्धान गर्ने र त्यसैका आधारमा आवश्यकताअनुसारको कार्यक्रम लैजान थाले । उनले काठमाडौं वरपरका छैमले र टल्कु डुँडेचौरमा गरेको बालमृत्युदरको रिपोर्ट युनिसेफलाई दिएका थिए । विश्व स्वास्थ्य संगठनले त्यसै विषयमा दिल्लीमा एउटा गोष्ठी ग¥यो । युनिसेफ र डब्लुएचओले गुठीसँग काम गर्न प्रतिस्पर्धा नै गरे । डब्लुएचओले त कामका लागि लाग्ने सबै रकम उनीहरुले दिने तर युनिसेफसँगको सम्बन्ध टुटाउनुपर्ने सर्त राखे । तर, उनलाई सुरुका दिनको साथ नै महत्वपूर्ण थियो, त्यसैले यूनिसेफले नै कार्यक्रमलाई निरन्तरता दियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

पछि युएसएडले पनि जुम्लामा रुघाखोकी, निमोनिया र झाडापखलाका लागि सहकार्यमा तत्परता देखायो । यो सहयोग निरन्तर भएन । जुम्लाको कार्यक्रमको लागि आएको अमेरिकी सहयोग केही स्वार्थीहरुको बक्रदृष्टिले गर्दा नवीकरण भएन । संस्थाले जुम्लामा गरेको अध्ययनकै आधारमा बालबचाउ नीति बन्यो । युएसएडको सहयोग टुटाउनका लागि खडा गरिएको सेरप नामक संस्था पनि कतै हरायो । अमेरिकी सहयोग कार्यक्रम चलाइएको जुम्लामा सहयोग बन्द भएपछि गुठीले आफ्नै खर्चमा सन् १९९५ सालमा जिल्लाव्यापी कार्यक्रम चलायो।

_x000D_ _x000D_

जुम्लामा थालिएको बालबचाउ कार्यक्रम हाल नेपाल सरकारले निरन्तर चलाइरहेको छ । सरकारले कार्यक्रम लिएपछि काम डुप्लिकेसन नहोस् भनेर गुठीले सूर्ति नियन्त्रणका कार्यक्रम चलाउन थाल्यो ।

_x000D_ _x000D_

गुठीको आयस्रोतको नाममा जमलको घरको भाडा मात्र थियो । २५ लाख हुँदा पनि भाडा समयमा उठाउन नसकेपछि कार्यक्रममा बाधा आइप¥यो । गुठीको स्थायी सम्पत्ति बेच्ने कुरा डा. पाण्डेले सपनामा पनि चिताएका थिएनन् । आखिर विकल्प पनि थिएन र उनले त्यही गरे । जमलमा रहेको घर बेच्नुको कारण व्यवस्थापकीय कमजोरी नै प्रमुख कारण रहेको उनको भनाइ छ। 

_x000D_ _x000D_

त्यो घर बेचेपछि डा. पाण्डेले केन्द्रीय स्तरमा गुठीको कार्य सञ्चालन गर्न आफ्नै घर परिसरमा आफिस राखेका छन् । स्थानीय स्तरमा सुन्दरीजलमा स्वास्थ्य सेवा मन्दिर, छैमले र टल्कु डुँडेचौरमा स्वास्थ्य चौकी र जुम्लामा पनि सामुदायिक स्वास्थ्य केन्द्र बनेको छ । गुठीको घर बेचेको पैसाले पाण्डेले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा बिरामी कुरूवा घर बनाउनका लागि ३४ लाख दिए । पाटन अस्पतालको आइसियू स्थापनाका १२ लाख दिए।

_x000D_ _x000D_

जीवनभर अर्काको ज्यान बचाउने बारेमा मात्रै सोचेका उनले आफ्नै छोरीको ज्यान बचाउन भने केही गर्न पाएनन् । जीवनमा सबैभन्दा दुःखद घटना बनेर आयो छोरी सम्झनाको मृत्यु । वीर अस्पतालमा दुई वर्षजति काम गरेर भारतको मणिपाल कलेजमा पोष्ट ग्य्राजुएट अध्ययनरत सम्झनालाई अचानक २०५० साल जेठ ३ गते सेप्टिक सक भयो । त्यही रात उनको मृत्यु भएछ । जुम्लाको कार्यक्रममा समस्या परिरहेको समयमा छोरीको मृत्यु भयो । छोरीको मृत्युपश्चात् ‘मृगेन्द्र चिकित्सा गुठी’ नाममा सम्झना थपेर ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी’ बन्यो । डा. पाण्डेले सम्झनाको नाममा गुठीलाई थप तीन लाख अनुदान समेत दिए।

_x000D_ _x000D_

समाजसेवामा आफ्नो छुट्टै पहिचान बनाएका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. पाण्डे अहिले ८६ वर्षका भए । तर, उनमा कामप्रतिको लगाव, जोश–जाँगर भने तरोताजा नै देखिन्छ । 

_x000D_ _x000D_

राजधानी काठमाडौंको भगवती बहाल क्षेत्रमा विसं १९८९ साल असार ६ गते प्रतिष्ठित परिवारमा उनको जन्म भयो । बाबु खगेन्द्रराज पाण्डे नेपालकै पहिलो विद्यालय दरबार हाइस्कूलका शिक्षक थिए । पाँचभाइ छोरामध्ये जेठो छोरा उनको स्कुले जीवन पद्मोदय पब्लिक हाइस्कुलबाट सुरु भयो । पढाइमा तेज मृगेन्द्रले पद्मोदयबाटै १४ वर्षको उमेरमा एसएलसी र त्रिचन्द्र क्याम्पसबाट १६ वर्षको उमेरमा आइएससी प्रथम श्रेणीमा पूरा गरे।

_x000D_ _x000D_

_x000D_ _x000D_

२०११ सालमा भारतको कलकत्ता मेडिकल कलेजबाट छात्रवृत्तिमा एमबिबिएस पास गरेपछि दुई वर्ष त्यहीं काम गरेर सन् १९५६ मा नेपाल फर्के उनी। 

_x000D_ _x000D_

नेपाल फर्केर वीर अस्पतालमा काम गर्दै थिए, त्यसैबेला कोलम्बो प्लानअन्तर्गत बेलायतबाट नेपालका लागि एमआरसिपीको एक सिट छात्रवृत्तिमा आएको थियो । त्यो छात्रवृत्तिका लागि सरकार र बेलायती दूतावासले छान्यो । र, उनी एमआरसिपीमा पास गर्ने पहिलो नेपाली समेत बन्न सफल भए।

_x000D_ _x000D_

एमआरसिपी गर्न उनलाई नेपाल सरकारले तीन वर्षको अध्ययन बिदा दिएको थियो । तर, उनले त्यो कोर्ष १५ महिनामै पूरा गरे । उक्त कोर्ष कुनै निश्चित अवधिको नभई सक्नेले छिटै जाँच दिएर पूरा गर्न मिल्थ्यो । छिटो कोर्स सकिएकाले उनीसँग अध्ययन बिदाको २१ महिना समय बाँकी रह्यो । त्यस अवधिमा उनले बेलायतमै बसेर उच्च तहको रजिष्ट्रार भएर काम गर्ने मौका पाए।

_x000D_ _x000D_

आफूले आर्जन गरेको ज्ञान र क्षमताले उनी बेलायत, अमेरिका, क्यानडा जस्ता ठूला देशमा रहेर प्रतिष्ठित र धेरै पैसा कमाउने जागिर पाउन सक्थे, तर उनलाई आफ्नो मातृभूमिको प्रेमले तान्यो ।

_x000D_ _x000D_

बेलायतमा कामको दुईवर्षे सम्झौता सकिनुअघि नै नेपालमा दिएको अध्ययन बिदाको समय सकिएकाले उनले बेलायतमा जागिरबाट राजीनामा गरी १९६० मा नेपाल फर्किए । बेलायतबाट फर्किएर वीरमा सेवा सुरु गरे।

_x000D_ _x000D_

चिकित्सा जस्तो सम्मानित विषयमा उच्चशिक्षा हासिल गर्न देशवासीबाट पाएको सहयोगको ऋण देशका पिछडिएका गरिब जनताको सेवा गरेर चुकाएरै छोड्नुपर्छ भन्नेमा अडिक रहेका कारण नेपाल फर्किएका थिए।

_x000D_ _x000D_

नेपालमा मुटु रोग कति छ भन्ने विषयमा वीर अस्पतालमा भर्ना भएका बिरामीको अध्ययन गरी तथ्यांक निकालेर सर्वप्रथम त्यससम्बन्धी लेख जर्नल अफ नेपाल मेडिकल एसोसियसनमा प्रकाशित गरियो । २०४५०४६ सालतिर उनले वयस्क कर्मचारीमा क्रोनरी हार्ट समस्याबारे सर्वेक्षण गरे । तीमध्ये ६ प्रतिशतमा यो रोग देखियो । दक्षिण एसियाली र विकासोन्मुख देशहरुमा यो रोग दिनप्रतिदिन बढ्दै गएको देखेपछि यसको रोकथाममै ध्यान दिनुपर्छ भनेर गुठीको पनि सक्रियता तथा सहयोगमा नेपाल हृदयरोग निवारण प्रतिष्ठानको स्थापना गरे । गुठीले शुरुदेखि नै कारोनरी मुटुरोगको औषधि उपचारभन्दा रोकथाममै जोड दियो।

_x000D_ _x000D_

यो कार्यक्रमसँग जोडिएको पक्ष राजा महेन्द्रको हृदयघातको घटना पनि हो । राजा महेन्द्र बर्दियामा सिकार खल्दै गर्दा बाघलाई गोली लागेर एकातिर बाघ ढल्यो अर्कोतिर  हृदयघात भएर महेन्द्र ढले । राजालाई लिन उनी आफैं गए । काठमाडौंसम्म ल्याएर उपचारका लागि पूर्वाधार समेत बनाएर निको बनाउँदाका क्षणहरू उनी अहिले पनि सम्झन्छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

डा. मृगेन्द्रले चिकित्साशास्त्रमा मुटुरोग उल्ट्याउने कार्यक्रमलाई पहिलोपटक अनुसन्धान गरी संसारभर प्रचारप्रसार गर्न अमेरिकी चिकित्सक डा. डिन अर्निशलाई नेपालमा ल्याएर राजा वीरेन्द्रलाई पनि यतैपट्टि लगाउने कोसिस गरे । सुरुमा नमानेका राजा वीरेन्द्रले पछि डा. डिन अर्निशसँग तीन दिनसम्म दुई घण्टाको दरले योगको शिक्षा र ध्यानसम्बन्धी ज्ञान लिएर पछि यो क्षेत्रमा काम गर्न तयार भए । पछिल्लोपटक उनले ‘स्ट्रगल फर सोसियल सर्भिस इन नेपाल’ भन्ने पुस्तकमा झण्डै ३५ वर्ष गुठीमा रहेर काम गर्दाका अनुभवका रोचक प्रसंग समेटेका छन्।

_x000D_ _x000D_

उनले गाउँमा मात्रै होइन, स्वास्थ्य सेवाको नीतिगत पाटोमा पनि धेरै काम गरे । वीर अस्पतालमा मुटुरोग उपचारको सेवालाई स्थापित नै गराए । नेपालमा पहिलोपटक वीर अस्पतालमा सन् १९६१ सालमा इसिजी मेसिन उनले नै भित्र्याएका हुन् । त्यसको केही वर्षपछि कार्डियाक ओपिडी सेवा पनि सुरु भयो । त्यसअघि वीरमा जेनेरल ओपिडी मात्र थियो । बिरामी जेनेरल ओपिडीमा नै जान्थे । उनले अस्पतालमा मेडिकल विभागको स्थापना गरी ओपिडी पनि सुरु गरे । वीर अस्पतालमा सन् १९७४ मा आइसियू र कार्डियाक केयर युनिट (सिसियू) स्थापना गर्नु ठूलै उपलब्धि थियो । मेडिसिन विभागको प्रमुख भएको नाताले पनि डा. पाण्डेले नै सिसियूलाई दक्ष जनशक्तिको व्यवस्था गरेर सञ्चालनमा ल्याए । त्यसका लागि तीन जना डाक्टर र दुई जना नर्सलाई तालिमका लािग अष्ट्रेलियमा पठाए।

_x000D_ _x000D_

उनकै अथक प्रयास र मिहिनेतले वीर अस्पतालको आइसियू र सिसियूलाई समयमा नै निर्माण गरेर तत्कालीन रानी ऐश्यर्यले त्यसको उद्घाटन गरिन् । त्यसपछि वीर अस्पतालमा विस्तारै कार्डियोलोजीको विकास भयो । सन् १९८४ वीरमा कार्डियोलोजी युनिट, सन् १९७५ मा दक्ष जनशक्तिको व्यवस्था गरेर स्थायी पेसमेकर सेवा र सन् १९८५ मा इकोकार्डियोग्राफी सेवा समेत उनले नै सुरू गराए । विसं २०५७ साल फागुन २९ गते गुठीको रजत जयन्तीमा राजा वीरेन्द्र प्रमुख अतिथिका रुपमा कार्यक्रममा सहभागी भए । त्यसअघि यस्ता कार्यक्रममा राजाको उपस्थिति हुने गरेका थिएनन् । यो उनले गरेको कामको उपज थियो।

_x000D_ _x000D_

कहिल्यै पनि निजी अस्पताल तथा कलेजमा काम नगरेका डा. पाण्डेको धारणा छ, ‘स्वास्थ्य क्षेत्र सेवा हो, त्यो व्यापारसँग जोडिनु हुँदैन।’ 

प्रकाशित मिति: शनिबार, असोज १३, २०७५  ०८:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
देउवा समूहले महाधिवेशनका लागि देशभर खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित) शुक्रबार, असोज ९, २०८३
पूर्वाधार मन्त्री सुनील लम्साल र चिनियाँ राजदूत वाङ माओमिङबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
पूर्वबाट पश्चिम सर्दै वर्षा प्रणाली, ३८ जिल्लामा बाढीको जोखिम शुक्रबार, असोज ९, २०८३
२४ घण्टामा सबैभन्दा बढी वर्षा पाल्पाको अर्चलेमा, २०५.२ मिलिमिटर मापन शुक्रबार, असोज ९, २०८३
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्