काठमाडौं- तपाईं नवलपरासीको दुम्कौलीस्थित शाश्वत धाम जानुभएको छ? त्यसो हो भने त्यहाँ दुई व्यक्ति सवार चार घोडासहितको रथ देख्नुभएको होला। यसको विम्ब र पौराणिक व्याख्याबारे तपाईंलाई कतिको थाहा छ?
_x000D_
_x000D_
ती दुई हुन्, कृष्ण र अर्जुन।
_x000D_
_x000D_
महाभारतको कथामा अर्जुनले प्रयोग गर्ने रथमा चार सेता घोडा रहेको वर्णन छ। कुरुक्षेत्रको युद्धमा पनि कृष्ण सारथि रहेको अर्जुनको तिनै चार सेता घोडा प्रयोग भएको थियो। आखिर के छ त कृष्ण सारथि र अर्जुन रथी भएको त्यो रथको विषेशता!
_x000D_
_x000D_
अग्निदेवले अर्जुनलाई उपहार स्वरुप रथ दिएका थिए। त्यो रथको सामर्थ्य यस्तो थियो कि त्यसले तीनै लोकको परिक्रमा गर्न सक्ने सामर्थ्य राख्थ्यो। कृष्ण-अर्जुन सवार रथमा शैव, सुग्रीव, मेघपुष्प र बलाहक नाम गरेका चार घोडा थिए।
_x000D_
_x000D_

_x000D_
_x000D_
पाण्डव र कौरवबीचको अंशबण्डामा पाण्डवलाई खाण्डव वन परेपछि त्यसलाई इन्द्रप्रस्थ राज्य बनाउन पाण्डवले अग्नि देवतासँग सहयोगको याचना गर्छन्। अग्निदेवसँग पाण्डवले खाण्डव वनलाई जलाउन मागेको सहयोग अग्निदेवको अथक प्रयत्नबीच पनि सफल हुँदैन। सफल किन हुँदैन भने खाण्डव वनमा रहेको तक्षक नाग र इन्द्र देवको घनिष्ट मित्रता हुन्छ।
_x000D_
_x000D_
त्यसैले तक्षक बसेको वनमा आगो लाग्दा इन्द्रले पानी पारेर जल्नबाट जोगाउँछन्। अग्निदेवको अथक प्रयासपछि पनि उनी सफल हुन सक्दैन। अग्निदेवको प्रयासमा इन्द्रले भाँजो हालेपछि इन्द्र र अर्जुनबीच युद्ध हुन्छ। अर्जुनका जैविक पिता इन्द्र अर्जुनसँग युद्धमा हारेपछि अग्निदेव अर्जुनसँग प्रसन्न हुन्छन्। यसपछि उनी अर्जुनलाई दिव्य रथसहित चार श्वेत घोडा र गाण्डीव उपहारमा स्वरुप प्रदान गर्छन्।
_x000D_
_x000D_
वैज्ञानिक हिसाबले घोडालाई मानिसको इन्द्रीयसँग दाँजिन्छ। इन्द्रीय वशमा भएको अवस्थामा मात्रै मान्छेले आफनो मनोवाञ्छित लक्ष्य प्राप्त गर्न सक्छ। भनिन्छ, कतिपय अवस्थामा आफ्नो इच्छा पूरा हुनु र नहुनुमा इन्द्रीय चञ्चलतालाई कति नियन्त्रणमा राख्न सकियो भन्ने कुराले निर्क्यौल गर्छ। हाम्रा कतिपय उपनिषद् र वेदमा घोडालाई विम्बात्मक रुपमा प्रयोग भएको छ, जुन अरु जनवारमा खासै प्रयोग भएको पाइँदैन।
_x000D_
_x000D_
घोडा तीव्रता, गतिशीलता र भक्ति भावको प्रतीक हो। मनोकांक्षा प्राप्तिका लागि मानिसमा यी तीनै चिजप्रतिको समर्पण आवश्यक हुन्छ।
_x000D_
_x000D_

_x000D_
_x000D_
यहाँ प्रश्न उठ्न सक्छ, हिन्दु धर्ममा घोडा किन विम्बात्मक रुपमा प्रयोग हुन्छ त?
_x000D_
_x000D_
त्यसको चञ्चलता यसको कारण हो। जसरी घोडालाई नियन्त्रणमा लिन नसक्दा त्यो वशभन्दा बाहिर जान्छ, त्यसरी नै मान्छेले आन्तरिक इच्छालाई समयमै व्यवस्थापन गर्न नसक्ने हो भने आफूभित्र भएको दिव्यतासँग मानिस कहिल्यै सात्क्षात्कार गर्न सक्दैन।
_x000D_
_x000D_
बृहारण्यक उपनिषद् अश्वमेध यज्ञमा बलिदानी घोडाको कथासहित आरम्भ हुन्छ। यसको अर्थ कुनै पनि धार्मिक अनुष्ठान तबसम्म समाप्त हुँदैन, जबसम्म हामी हाम्रो मानसिक चञ्चलतालाई नियन्त्रणमा लिन सक्दैनौँ।
_x000D_
_x000D_
मानव जीवन र मृत्यु सम्बन्धी चर्चा गर्ने कठोपनिषद्ले पनि मान्छेको मन र इन्द्रीय नियन्त्रणको विषयमा चर्चा गर्छ। कठोपनिषद्ले मानिसको शरीरलाई रथको रुपमा वर्णन गर्छ भने स्वयंलाई त्यसको स्वामी, मान्छको बौदिकतालाई सारथि, बुद्धिलाई रथको लगाम, इन्द्रीयलाई घोडा र भवनालाई पथको रुपमा वर्णन गर्छ।
_x000D_
_x000D_
भागवद् गीताको नाम लिनासाथ हाम्रो मनमा आउने भनेको चार घोडा भएको रथ हो। त्यसमा अर्जुन रथी र कृष्ण सारथिको रुपमा रहेको चित्र आँखामा आउँछ। यहाँ मानव शरीरलाई रथको, अर्जुनलाई व्यक्तिको आत्मा र कृष्णलाई सर्वोच्च आत्माको रुपमा व्याख्या गर्न सकिन्छ।
_x000D_
_x000D_
उक्त रथको गति तीन प्रकारको छ, उच्च, मध्यम र अनुप्रस्थ। यसले मानिसले भौतिक जगत्मा रहँदा गर्ने व्यवहार अनुसार उच्च, मध्यम र दोयम खालको जन्मको विषयमा बताउँछ।
_x000D_
_x000D_
यस्तै, अर्जुन सवार हुने रथका चार घोडाले इन्द्रीयबाहेक समय, भविष्य, देव इच्छा र स्व-इच्छालाई जनाउँछ। संस्कृतमा अर्जुनको अर्थ दागरहित भन्ने हुन्छ। अर्जुन आफै चन्द्रवंशी भएकाले पनि आफ्नो व्यक्तित्व सुहाउँदो सेतो रङको घोडा प्रयोग गरेको पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।