जाकार्ता– मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीमा परी ४८ व्यक्तिको मृत्यु भएको छ।
_x000D_
_x000D_
त्यसैगरी अन्य ३ सय ६५ जना घाइते भएका प्रकोप नियन्त्रण निकायका अधिकारीले शनिबार जानकारी दिएका छन्। घाइतेलाई विभिन्न अस्पताल भर्ना गरिएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताए।
_x000D_
_x000D_
'यस प्राकृतिक प्रकोपका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको समेत क्षति भएको छ,' पत्रकार सम्मेलनमा प्रवक्ता नुग्राहोले भने।
_x000D_
_x000D_
मध्य इन्डोनेसियाको तटीय क्षेत्रमा ६.०, ७.४ र ६.१ म्याग्निच्युडका भूकम्पपछि ०.५ देखि ३ मिटरसम्मको सुनामी आएको छ।
_x000D_
_x000D_
यस प्रकोपमा मारिएका र घाइते भएका प्रायः ७.४ म्याग्निच्युडको भूकम्पबाट पीडित व्यक्ति रहेका छन्। उनीहरुलाई इट्टा र ब्लकले लागेको पनि प्रवक्ता नुग्राहोले बताए।
_x000D_
_x000D_
तटीय क्षेत्रका बस्तीमा सुनामीले बढी प्रभावित पारेको समाचारमा जनाइएको छ। त्यसैले पनि धेरै मानवीय तथा भौतिक क्षति भएको अधिकारीको भनाइ छ।
_x000D_
_x000D_
खतराबाट जोगाउनका लागि उद्धार तथा सतर्कता सम्वन्धी कामहरु भइरहेका छन्। तर, के कति क्षति भएको छ भन्ने पूर्ण विवरणहरु पनि आउन बाँकी नै रहेको छ।
_x000D_
_x000D_
प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयम्सेवक लगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका काम गरिरहेको प्रवक्ता नुग्राहोले बताए।
_x000D_
_x000D_
यस भूकम्पको केन्द्रबिन्दु सुलावेसी द्वीपमा १८ किलोमिटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले (युएसजिएस) ले जानकारी दिएको छ।
_x000D_
_x000D_
विश्वका अन्य देशको तुलनामा इन्डोनेसिया बढी भूकम्प जाने गरेको छ।
_x000D_
_x000D_
सन् २०१४ मा पश्चिमी इन्डोनेसियामा गएको ९.३ म्याग्निच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी २ लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।