म्याग्दी– बेनी नगरपालिका–२ ज्यामरुककोटमा आज माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
_x000D_
_x000D_
घर लिप्ने माटो खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर बेनपा–२ ज्यामरुककोटकी ३५ वर्षीया कल्पना बोहोराको मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढाले बताए।
_x000D_
_x000D_
उपचारका लागि बागलुङस्थित धौलागिरी अञ्चल अस्पताल लैजाने क्रममा बोहोराको बाटोमै मृत्यु भएको थियो।
_x000D_
_x000D_
ढिस्कोले पुरिएर घाइते भएकी बागलुङ नगरपालिका–५ मालिकाकी २४ वर्षीया निशा सापकोटा र बेनपा–२ की २३ वर्षीया सिर्जना थापालाई मणिपाल शिक्षण अस्पताल पोखरा ‘रिफर’ गरिएको छ।
_x000D_
_x000D_
बेनी नगरपालिका २ की ५० वर्षीया देवकुमारी घिमिरेको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको प्रनाउ बुढाले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।