काठमाडौं– सरकारले स्थानीय तहलाई दिशानिर्देश गर्न आवश्यक तालिमको व्यवस्था गर्ने भएको छ।
_x000D_
_x000D_
स्थानीय तहमा बजेट कार्यान्वयनबारे अन्योलता छाइरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थनीय तहका जनप्रतिनिधि र त्यहाँ परिचालित कर्मचारीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्न लागिएको जानकारी दिए।
_x000D_
_x000D_
उनले स्थानीय तहलाई दिशानिर्देश हुनेगरी आयोजना गर्न लागिएको तालिमका लागि आवश्यक ऐन, कानुन र संरचना निर्माणको कामलाई सरकारले तीव्रता दिएको पनि स्पष्ट पारे। शुक्रबार ललितपुरमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको २५औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले काम गर्नै नसक्ने अवस्थामा रहेका स्थानीय तहलाई आवश्यक तालिम दिनका लागि तयार रहन पनि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई निर्देशन दिए।
_x000D_
_x000D_
स्थानीय तहमा विकास, निर्माणको कामलाई तीव्रता दिन पनि आवश्यक तालिमको काममा ढिलाइ गर्न नहुने मन्त्री पण्डितको बुझाइ छ।
_x000D_
_x000D_
मन्त्री पण्डितले ‘सुकेनास’जस्ता रोग लागेका आफू मातहतका सरकारी निकायलाई चुस्तदुरुस्त बनाएर काममा तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।