काठमाडौं– खानेपानी मन्त्री बिना मगर महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी हुन शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन्।
_x000D_
_x000D_
महात्मा गान्धीको १५०औं जन्म जयन्तीको अवसरमा भारत सरकारले आयोजना गरेको ४ दिने सम्मेलनमा भाग लिन नेपालको तर्फबाट खानेपानी मन्त्री मगर त्यसतर्फ प्रस्थान गरेकी हुन्।
_x000D_
_x000D_
सम्मेलनमा मन्त्री मगरसहित खानेपानी तथा ढल निकास विभागका उप–महानिर्देशक सुनिलकुमार दाससमेत सहभागी छन्। उक्त सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाइ मन्त्रीहरु सहभागी हुँदैछन्।
_x000D_
_x000D_
सम्मेलनमा नेपालको तर्फबाट सरसफाइको क्षेत्रमा भइरहेको प्रगतिको बारेमा प्रस्तुति दिने कार्यक्रम रहेको छ। सम्मेलन भोलि (शनिबार)देखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।