एजेन्सी– शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘सुइ धागा’ हेरेर क्रिकेटर विराट कोहलीले श्रीमती एवम् फिल्मकी अभिनेत्री अनुस्का शर्माको खुलेर प्रशंसा गरेका छन्। वरुण धवन र अनुस्का शर्माको मुख्य अभिनय रहेको फिल्म हो ‘सुइ धागा’।
_x000D_
_x000D_
फिल्मलाई क्रिकेटर कोहलीले अहिलेसम्ममा २ पटक हेरिसकेको बताएका छन्। कोहलीले फिल्म २ पटक हेरीसकेको कुरा आफ्नै ट्विटरमार्फत जानकारी गराएका हुन्। कोहलीले ट्विटरमा फिल्म हेरेको विषय मात्र खुलाएका छैनन्, खुलेरै अनुस्का र वरुणको तारिफसमेत गरेका छन्।
_x000D_
_x000D_
उनको ट्विटमा लेखिएको छ, ‘गएराति मैले फिल्म ‘सुइ धागा’ दोस्रो पटक हेरें। कलाकारहरुको सानदार अभिनय र भावनात्मक कथा, जुन पहिलो पटक हेर्दाभन्दा अझ बढी मन पर्यो।’ उनले पुनः अर्को ट्विट गर्दै थपेका छन्, ‘मौजीको प्रस्तुति सानदार थियो। अझ ममताको भूमिकाले मेरो मन नै चोर्यो। उनी शान्त रहँदा–रहँदैपनि उनको सशक्त अभिनय क्षमताले क्यारेक्टरसँगै तपाईंलाई प्रेममा पार्ने छ। मलाई अनुस्कासँग गर्व छ।’
_x000D_
_x000D_
उनले फिल्मका क्यारेक्टर, कथावस्तुको प्रशंसासँगै सबै दर्शकलाई फिल्म हेर्न समेत सुझाउन भ्याएका छन्।
_x000D_
फिल्ममा ग्रामीण परिवेसमा रहेका बेरोजगार एक जोडीको स्वरोजगार यात्रालाई देखाइएको छ। जुन विराटले निकै मन पराएका हुन्।
_x000D_
_x000D_
तर, विराटले अनुस्काको प्रशंसा खुलुरै गरेको यो पहिलो पटक भने होइन। यसअघि पनि अनुस्का अभिनित फिल्म हल प्रवेश गर्दा विराटले यसरी नै अनुस्काको प्रशंसा गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।