राजविराज– सरकारले निजगढ विमानस्थललाई ‘गेम चेन्जर’ परियोजना बताउँदै विमानस्थल निर्माणका लागि लगानीकर्तासँग आसयपत्र माग्ने निर्णय गरिसकेका बेला प्रदेश २ सरकारले भने सो कार्यको विरोध गरेको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विकासका नाममा लाखौं रुख काट्न नहुने बताएका हुन्।
_x000D_
_x000D_
गृहजिल्ला पर्साको पर्सागढी गाउँपालिकास्थित सबैया वनमा वृक्षारोपण गर्दै राउतले निजगढ विमानस्थलको डिपिआर तयार गरेर मात्र अघि बढ्नुपर्नेमा जोड दिए।
_x000D_
_x000D_
‘प्रदेश सरकार विकास विरोधी हैन’, उनले भने, ‘विमानस्थल निर्माणका लागि लगानीको टुंगो लागिसकेको छैन। यस्तो अवस्थामा लाखौं रुख काट्नु हुँदैन।’ विकासका नाउँमा रुख कटान गर्न नपाइने उनले बताए।
_x000D_
_x000D_
लाखौं रुख काटेपछि प्रदेशमा पर्यावरणीय संकट उत्पन्न हुने बताउँदै राउतले केन्द्र सरकार यसतर्फ गम्भीर हुनुपर्ने धारणा राखे।
_x000D_
_x000D_
उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश रायलगायतका अधिकांश मन्त्रीहरुले समेत निजगढ विमानस्थल निर्माणका लागि रुख कटान गर्ने विषयको विरोध गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।