धनगढी– सुदुरपश्चिम प्रदेशको नेपाली कांग्रेस संसदीय दलको कार्यालयले संसदीय परम्परा र मूल्यमान्यता विपरीत प्रदेशको नामाकरण र राजधानी पारित गरिएको जनाएको छ।
_x000D_
_x000D_
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै दलको कार्यालयले प्रदेशसभा सदनमा प्रतिपक्षीको उपस्थिती बिनानै पारित गरिएकोप्रति आपत्ति जनाएको हो।
_x000D_
_x000D_
‘संविधानको व्यवस्था अनुसार प्रतिपक्ष दललाई साक्षी राखेर निर्णय गरिनुपर्ने हुन्छ’, पत्रकार सम्मेलनको आयोजना गर्दै संसदीय दलका नेता रणबहादुर रावलले भने, ‘जुन तरिकाले प्रदेशसभाले निर्णय गरेको छ, यो असंवैधानिक, गैरप्रजातान्त्रिक छ। यसमा हामी गम्भीर आपत्ति जनाउँदछौं।’ उनले प्रदेश सरकारले बहुमतको दम्भ देखाउँदै गैरजिम्मेवार काम गरेको बताए।
_x000D_
_x000D_
‘हामीले सुरुदेखि नै भन्दै आएका थियौं। यो समितिमा राष्ट्रिय जनता पार्टीको सहभागिता गराइएको छैन र सभामुखलाई प्रतिवेदन पेस गर्दा पनि समितिले जनताको भावना अनुसार प्रतिवेदन तयार पार्न सकेको थिएन।’, उनले भने, ‘यो समितिले कसैले तयार पारेको प्रतिवेदनलाई टिपोट गरेर सदमा पेस गरेको छ।’ उनले प्रदेश सरकारले कैलाली भित्रका जनताबीच द्वन्द्व निम्त्याउने काम गरेको आरोप लगाए।
_x000D_
_x000D_
नेता रावलले पारित गरिएको राजधानी अहिलेको अवस्थामा उपयूक्त नभएको दाबी गरे। ‘गोदावरीलाई राजधानी तोकिनु वातावरणीय, आर्थिक स्थिती लगायत विभिन्न दृष्टिकोणले उपयूक्त छैन’, उनले भने, ‘यसले दुरगामी असर निम्त्याउँछ।’ रावलले वर्तमान सरकारले गरेको निर्णयले पार्ने दुरगामी असरको जिम्मा नेकपाको सरकारले लिनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।