काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा आफ्नो गुटको सक्रियता बढेको स्पष्ट संकेत दिएका छन्।
_x000D_
_x000D_
दुई अध्यक्ष विदेश भ्रमणमा रहेको समयमा नेपालले स्थायी समितिका सदस्यहरूको भेला डाकेका हुन्। ४५ सदस्यीय स्थायी समितिका अधिकांश नेपाल समूहका नेता र केही प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व माओवादी केन्द्रका नेताहरू पनि उपस्थित थिए।
_x000D_
_x000D_
जिल्ला, प्रदेश तथा जनवर्गीय संगठनहरूको एकता प्रक्रियाप्रति असन्तुष्ट रहेका नेपालले स्थायी समितिका सदस्यहरूको धारणा सुने। भेलामा नेपालले आफ्नो भावी योजनाहरू पनि स्थायी समितिका सदस्यहरूलाई सुनाएको उनीपक्षीय नेताहरूले जानकारी दिए।
_x000D_
_x000D_
नेता बामदेव गौतमले चियाको खाने निम्ता मान्न आएको बताउँदै भने, ‘सरकार र पार्टीका कार्यका बारेमा कुरा चलिरहेको छ, म हतार भएर निस्के ।’ ओली निकट मानिएका पूर्व सभामुख सुभास नेम्वाङले पार्टीको आन्तरिक विषयमा छलफल नभएको बताए । उनले भने, ‘पार्टीको आन्तरिक विषय होला भनि सोचेको थिएँ, तर यहाँ आएपछि मेरो सोच विपरितको पाएँ।’
_x000D_
_x000D_
पार्टीको आन्तरिक विषयमा भित्र कुरा भएपनि शिर्ष तहका नेताहरूले बाहिरिने क्रममा चियापान मात्रै भएको भन्दै टार्ने प्रयास गरेका थिए। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि चियाको निम्तो मानेर निस्किएको प्रतिक्रिया दिए।
_x000D_
_x000D_
नेपाल समूहमा चिनिएका घनश्याम भुसाल, योगेश भट्टराई र रघुजी पन्तले पार्टीको आन्तरिक पद्धतिका बारेमा भेलामा छलफल भएको बताए। पार्टी पद्धति अनुसार सञ्चालन नभएकोले पद्धति बसाल्न दुई अध्यक्षलाई सचेत गराउन बारे बैठकमा छलफल गरिएको भुसालले बताए।
_x000D_
_x000D_
सचिवालयमा भएका निर्णय प्रक्रियालाई स्थायी समितिले अनुमोदन गर्नुपर्नेमा स्थायी समितिलाई ‘बाइपास’ गरिएको भट्टराईले बताए। स्थायी समितिको बैठक तत्काल बोलाउने विषयमा पनि सहभागीहरूले जोड दिएको नेता पन्तले बताए।
_x000D_
_x000D_
नेताहरूले सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका थिए।
_x000D_
_x000D_
बैठकमा स्थायी समितिका सदस्यहरूको धारणा सुनेपछि नेता नेपालले सचिवालयमा पार्टीलाई पद्धति अनुरुप परिचालन गनुपर्ने विषयलाई उठाउने बताएका थिए। पार्टी एकीकरण प्रक्रियामा भएका कमजोरीका विषयमा आफ्ना फरक मत दर्ज गराइसकेको जनाउँदै नेपालले त्यसमा थप जोड दिने बताएका थिए।
_x000D_
_x000D_
दुई अध्यक्ष विदेशमा रहेको समयमा नेपालले गरेको भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ। ओली पक्षका सुवास नेम्वाङ बैठकमा सहभागी भएर अरु भन्दा छिटो निस्केका थिए। उनी लगत्तै सचिवालय सदस्य वामदेव गौतम बाहिरिएका थिए। सचिवालय सदस्यमा रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल, रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री राम बहादुर थापा भने भेलामा सहभागी भएनन्।
_x000D_
_x000D_
भेलामा श्रममन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठ र शिक्षामन्त्री गिरीराजमणी पोखरेलको पनि सहभागीता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।