• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत १३, २०८२ Fri, Mar 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

संगीतभित्र आफैंलाई खोजिरहेका डम्बर

64x64
नेपाल लाइभ शनिबार, असोज १३, २०७५  ०२:४१
1140x725

काठमाडौं- २०५९ सालतिरको कुरा, डम्बर नेपाली एक साँझ एकान्तमा टोलाइरहेका थिए। त्यतिबेला उनको नजर आकाशतर्फ गयो। जहाँ ताराहरू गुमनाम थिए। निराश भावमा उनी गुनगुनाउन थाले– 

_x000D_ _x000D_

‘आज आकाशमा एउटा तारा देखिनँ
_x000D_ हृदयको तिम्रो नाम किन मैले मेटिनँ’

_x000D_ _x000D_

पत्तै नपाई गुनगुनाएको शब्दमा उनले गहिरो अर्थ भेटे। त्यसपछि तीनै शब्द पूरा गर्ने तयारीमा उनी जुट्न थाले। 

_x000D_ _x000D_

यसरी पहिलो पटक रेकर्डिङ भएको गीतले नै डम्बरलाई सांगीतिक क्षेत्रमा परिचित गरायो। त्यतिबेला उनमा खुसीको सीमा थिएन। किनकि वर्षौंदेखिको सपनाले पूर्णता पाएको थियो।

_x000D_ _x000D_

000

_x000D_ _x000D_

सानैदेखि संगीतमा रुचि थियो। रेडियो नेपालमा गुञ्जने गीतबाट प्रभावित भएर आफैं पनि गीत गाउने कोसिस गर्थे उनी। त्यतिबेला नारायण गोपाल, तारादेवी, दीप श्रेष्ठ, अरुण थापाका गीत थुप्रैपटक सुन्थे।

_x000D_ _x000D_

गाउँमा सांस्कृतिक कार्यक्रम भइरहन्थ्यो। गाउने रहर त हुन्थ्यो तर गाउने पालै नपाइने। साथीभाइको प्रशंसा र प्रेरणाले भने उनमा उत्साह थपिन्थ्यो। उनीहरु भन्थे, 'यति मिठो आवाज भएर पनि नगाउने?' 

_x000D_ _x000D_

उनी हौसिन्थे। स्वरलाई सुरिलो बनाउने प्रयत्नमा लाग्थे।  

Ncell 2
Ncell 2
_x000D_ _x000D_

संगीतले उनलाई गहिरोसँग तान्दै गएको थियो। हरेक समय संगीतमै डुब्न चाहन्थे। ‘जीवनमा केही गर्नुछ भने किन ढिला गर्ने भन्ने लाग्न थाल्यो,' उनी भन्छन्, 'त्यसपछि गीत रेकर्ड गर्ने आकांक्षाले मलाई रन्थनायो।'

_x000D_ _x000D_

न फोनको सुविधा न हातहातमा मोबाइल। गायक बन्ने सपनाको पोको बोकेर माेरङबाट काठमाडौं हिँडे डम्बर। ‘यातायातको असुविधाले आउँदा-जाँदा निकै कष्ट हुन्थ्यो,’ झन्डै दुई दशकअघि फर्किए उनी, 'आउजाउ त चलिरह्यो। नियमित रुपमा भने २०५५ देखि काठमाडौं बस्न थालेँ।’ 

_x000D_ _x000D_

सुरुमा कसैलाई चिनेका थिएनन् उनले। एक्लै काठमाडौंका गल्ली नापिरहेका उनको भेट भयो गायक सुनिल बर्देवासँग। उनैमार्फत सांगीतिक सम्बन्धहरु विस्तार हुन थाल्यो। ‘बिस्तारै अन्य साथी र सांगीतिक क्षेत्रका अग्रजसँग सम्पर्क बढाउन थालेँ,' संघर्षका सुरुवाती दिन उनी सम्झन्छन्।

_x000D_ _x000D_

वान्स मोर आएपछि आँखा रसाए 
_x000D_ पहिलो पटक रेकर्डिङ भएको गीतले उनलाई निकै खुसी दिलायो। हुन त त्यसभन्दा अगाडि नै ब्यान्डसँग मिलेर नगाएका होइनन्। पहिलो गीतबाटै धेरैको प्रिय पनि भए। 'आज आकाशमा गीतले भने मलाई निकै सन्तुष्टि दिलायो,' उनले खुसी सेयर गरे।

_x000D_ _x000D_

गीत लोकप्रियताको सिँढीमा उक्लिइरहेको थियो। तर, एउटा समस्या भइदियो। त्यो गीत डम्बर नेपालीकै हो भनेर स्रोतालाई पत्याउन गाह्रो पर्यो। स्टेज कार्यक्रममा यो गीत गाउँदा डम्बरले अरुकै गीत गायो भन्नेहरू पनि भेटिए। 

_x000D_ _x000D_

‘मेरो आफ्नै गीत हो भनेर विश्वास दिलाउन नै कठिन पर्यो,’ उनी हाँस्दै भन्छन्, ‘बिस्तारै गायकको बारेमा सोधखोज गर्न थालेपछि भने कति त चकित नै परेछन्।’

_x000D_ _x000D_

त्यसपछि उनी राजधानीसँग सजिलै परिचित भए। 

_x000D_ _x000D_

२०६४ सालमा उनी अर्को चर्चामा गाँसिए। ‘तर अन्तिमपल्ट भेट्न आऊ’ गीत धेरैको जिब्रोमा झुन्डिन थालेपछि डम्बरका शुभचिन्तक बढ्न थाले।यो गीत उनको दाेस्राे एल्बममा समावेश छ। 

_x000D_ _x000D_

दोस्रो एल्बम ‘मलाई’को तयारीमा जुटेका डम्बर कार्यक्रमका लागि हङकङ उडे। उनले त्यहाँ पहिलोपल्ट यही गीत गाए। जसबाट उनले नसोचेको प्रशंसा पाए। ‘स्टेजमा वान्स मोर आउन थालेपछि खुसीले मेरो आँखा नै रसाए,' उनी भन्छन्।

_x000D_ _x000D_

स्रोता-दर्शकले गीत रुचाइदिएपछि उनी आफैंलाई पनि गीत मन पर्न थाल्यो। नेपाल फर्केपछि भने गीतको प्रचारमा लागे। गीतका सिडी नै निकै बिकेको उनी स्मरण गर्छन्।

_x000D_ _x000D_

डेढ दशकयता डम्बरले धेरै गीत गाइसकेका छन्। ‘कि छाड उसलाई’, बिग्रेको मान्छे म’, ‘तिम्रो पाउजु बजेर’, 'भेट्न मन लाग्छ तिमीलाई’ लगायत गीत स्रोताले रुचाएका छन्। 

_x000D_ _x000D_

संगीतलाई बदल्ने प्रयत्न
_x000D_ डम्बरलाई कोहीकोही भनिदिन्छन्, ‘मलाई तपाईंको गीत मनै पर्दैन।’ 

_x000D_ _x000D_

यसो भनिरहँदा उनी निराश हुँदैनन् बरु मुसुक्क हाँसेर टारिदिन्छन्। ‘सबैलाई सबै कुरा त कहाँ मन पर्छ र? कसैलाई मेरो गीत मन नपर्नु स्वाभाविक नै हो,’ हरेक मानिसको रुचि फरक हुन्छ भन्ने उनको बुझाइ छ। तर, उनका गीतमा द्रविभूत हुनेहरू पनि छन्। जो उनका गीत सुनेर गहिराइसम्मै डुब्न चाहन्छन्। संगीतकै कारण निकै स्रोताको माया र शुभेच्छा पाएका डम्बर भन्छन्, ‘धेरैको माया पाउँदा यस्तो लाग्छ- म भाग्यमानी मानिस हुँ।’ 

_x000D_ _x000D_

उनी आफ्ना कमजोरीप्रति सचेत छन्। किनकि उनको सपना अझै बाँकी छ।  यतिकै सीमित हुन चाहँदैनन्। ‘केही कमजोरीका अनुभूति छन्, यसलाई सुधार्ने प्रयासमा छु,’ उनी भन्छन्, ‘म संगीतलाई बदल्ने प्रयासमा छु। अब त मेरो कर्म नै यही भइसक्यो।’

_x000D_ _x000D_

अहिलेको संगीतको अवस्था बदल्नु आवश्यक छ त?

_x000D_ _x000D_

एकैछिनको मौनतापश्चात् उनी बोल्न थाल्छन्, ‘संगीतको अवस्था हिजोभन्दा आज राम्रो छ। केही कमजोरी त छन्, समय अनुसार बदलिँदै जानु पनि पर्छ।' तर स्रोताको चाहना भन्दैमा लोकप्रियताको लोभमा 'सस्ता गीत' भने गाउनु नहुने डम्बरको धारणा छ।

_x000D_ _x000D_

‘अश्लीलताले संगीतको संस्कारलाई भत्काइदिन्छ,’ डम्बर-वाणी यस्तो छ।

_x000D_ _x000D_

डेढ दशकयता उनले धेरै संघर्षका चरण पार गरे। संगीतमा जुन धारणा बनाएर लागेका थिए त्यो धारणा त बदलियो। तर जसलाई मानक बनाएर हिँडे, ती मानक भने कहिल्यै नबदलिएको उनको ठम्याइ छ।

_x000D_ _x000D_

डेन्जर जोनमा बाँचिरहेको संगीत
_x000D_ संगीत प्रार्थना हो। ध्यान हो। सपना हो। संगीतलाई यात्रा मान्नेहरु पनि छन्। यस्तो यात्रा जुन निकै जोखिमपूर्ण छ। यही यात्रामा जोखिम मोलेर हिँडिरहेका छन् कलाकारहरू। ‘यहाँ सबैभन्दा बढी असुरक्षित कलाकार नै छन्,’ पीडामिश्रित आवाजमा उनी बोल्छन्, ‘कलाकार भएर बाँच्न निकै कठिन रहेछ।’

_x000D_ _x000D_

आखिर किन खतरा छ त कलाकारलाई कलाकार भएर बाँच्न?

_x000D_ _x000D_

पूर्ण प्रश्नलाई मेटाउन खोज्छन् उनी– हरेक समस्या अर्थसँग जोडिएका हुन्छन्। यहाँसम्म कि मानिसका सपना पनि अर्थबिना पूरा हुँदैनन्। यही समस्यामा जेलिएका छन् कलाकार। अझ बढी गायक र संगीतकार। 

_x000D_ _x000D_

‘हाम्रो आयस्रोत भनेको त स्टेज कार्यक्रम नै हो,' उनले खुलाए, 'अरु भनेको साथीहरूको सहयोग।’

_x000D_ _x000D_

संगीतबाट हुने कमाइ सर्जकको हातमा कहिल्यै पर्दैन। संगीत रोयल्टी संकलन संस्थाले सर्जकहरूलाई अन्याय गरेको उनको गुनासो छ। ‘अरुले नै हाम्रो सिर्जना बेचिरहेको छ। हामी दास बन्न विवश छौं,’ तर उनमा गुनासो छैन, 'कलाकारको ठूलो सम्पत्ति भनेकै सिर्जना हो।' 

_x000D_ _x000D_

यहाँ कलाकारमाथि शासन भइरहेको उनको बुझेका पनि छन्। यसकारण नै आफूहरू आर्थिक रुपमा मजबुत हुन नसकेको ठान्छन्। एउटा कलाकारले अर्को कलाकारलाई नबुझ्दा नै समस्या बढ्ने गरेको उनको अनुमान छ। 

_x000D_ _x000D_

सपनाको कठघरामा त्याग
_x000D_ डम्बर यस क्षेत्रमा केही पाउनका लागि त लागेनन्। तर सपना थियो, संगीतमा स्थापित हुने। 

_x000D_ _x000D_

उनलाई नचिन्ने विरलै छन्। कति त खोजीखोजी पनि भेट्न आउँछन्। कुनै समय उनको चाहना थियो, 'अरुभन्दा भिन्न हुन सकूँ, भिन्न पहिचानबाट नै परिचित बन्न सकूँ।’

_x000D_ _x000D_

यिनै कुराले डम्बर बेला बेलामा पिरोलिन्छन् र एकान्तमा टोलाउन पुग्छन्। हिजोको डम्बर आज गायक डम्बरको रुपमा परिचित छन्। आजको डम्बरलाई भने जोगाइरहन मुस्किल छ। 

_x000D_ _x000D_

‘हिजो आफ्नो नजरमा थिएँ। आज आम मानिसको नजरमा जोडिएको छु,’ टोलाउनुको रहस्य खोतल्छन्, ‘हिजो सधैं चिया खाने साइँली दिदीको पसल आज छाड्नुपरेको छ। सधैं खाना खाने होटल, कपडा किन्ने ठाउँ; यी सबै गुमाउनुपरेको छ। हिजो गरेको धेरै कुरा आज छाड्दै छाड्दै जानुपरेको छ।’

_x000D_ _x000D_

यी सबको कारण आफ्नो गायकी व्यक्तित्व नै ठान्छन् उनी। ‘यसरी सबैले चिन्नु त राम्रो कुरा हो। तर, यो सार्वजनिक जीवन बाँचिरहेझैं पो लाग्ने, आफ्नो जीवन आफ्नै अधीनमा नभएझैं पो लाग्ने रहेछ,’ उनी अलि दार्शनिक बन्न खोज्छन्। 

_x000D_ _x000D_

यसरी जीवन बाँचिरहँदा समस्याको चाङ थुप्रिएझैं लाग्दो रहेछ उनलाई। कहिलेकाहीँ त भोकभोकै जीवन गुजार्नुपरेको पीडा पनि उनीसँग प्रशस्त छ। 

_x000D_ _x000D_

यस्तो बेलामा उनलाई आफू चिनिनुमा कुनै तुक छैन जस्तो पनि लाग्छ। अझ राज्यले कलाकरलाई गरेको बेवास्ताप्रति त उनको गुनासोको चाङ नै तयार छ। ‘हामी राज्यका लागि योगदान गर्छौँ, तर राज्यले कलाको सम्मान गर्न जान्दैन,’ चाङ फुकाए उनले, ‘कलाकारलाई राज्यले बुझिदिन सके मात्र ठूलो हुन्थ्यो। तर, राज्यबाट कुनै आशा राख्न नसकिने रहेछ।'

_x000D_ _x000D_

लामो समय संगीतमा साधना गरिसकेका डम्बर यतिबेला चिन्तित मुद्रामा देखिन्छन्। उनलाई एउटै कुराको दुखेसो छ। 

_x000D_ _x000D_

संवादको अन्त्यमा उनी लामो श्वास फेर्छन्, 'राज्यमा सबैभन्दा बढी कसैलाई असुरक्षा छ भने त्यो कलाकारलाई छ।’

प्रकाशित मिति: शनिबार, असोज १३, २०७५  ०२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
को-को बन्दैछन् मन्त्री
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त शुक्रबार, चैत १३, २०८२
काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो शुक्रबार, चैत १३, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री सुशीला कार्की बिहीबार, चैत १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त शुक्रबार, चैत १३, २०८२
शपथलगत्तै एमाले सांसदलाई च्यासल बोलाइयो बिहीबार, चैत १२, २०८२
सपथ लगत्तै सर्वोच्चमा किन पुगे बालेन? बिहीबार, चैत १२, २०८२
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति बिहीबार, चैत १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्