काठमाडौं– शुक्रबारबाट ३ नेपाली सहित ४ फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। फरक विधामा निर्माण भएका ३ फिल्म ‘कथा काठमाडौं’, ‘अनुराग’ र ‘‘छिरिङ’ प्रदर्शनमा आएका हुन्।
_x000D_
_x000D_
कथा काठमाडौं
_x000D_
फिल्म ‘कथा काठमाडौं’ महिलाले सहरमा महिलाले भोग्ने गरेको यौन शोषणको कथामा बनेको छ। संगीता श्रेष्ठको निर्देशन तथा लेखनमा बनेको फिल्ममा कलाकार प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुसमान डिएस जोशी, सन्ध्या केसी, संजोक कोइराला, प्रेक्षा अधिकारी लगायतको अभिनय रहेको छ।
_x000D_
_x000D_
गीत र ट्रेलरमा राखिएका विभिन्न इन्टिमेट दृष्यले विवादमा तानिएको फिल्म हो ‘कथा काठमाडौं’। तर, विवादकाबीच पनि फिल्मले सेन्सर बोर्डबाट पिजि सर्टिफिकेट प्राप्त गर्यो। फिल्मले अपेक्षा अनुरुपको सफलता पाउनेमा निर्माण युनिट भने ढुक्क देखिन्छ।
_x000D_
_x000D_
अनुराग
_x000D_
म्युजिकल लभ स्टोरीमा आधारित फिल्म ‘अनुराग’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ। पत्रकार ऋषी धमलाको प्रस्तुति तथा सत्यराज चौँलागाँईको निर्देशनमा बनेको फिल्ममा धमलाकी पत्नी तथा नव–अभिनेत्री एलिजा गौतम र नव–अभिनेता समुन्द्र पण्डित मुख्य भूमिकामा छन्।
_x000D_
_x000D_
छिरिङ
_x000D_
गायक तथा अभिनेता यश कुमारको निर्देशनमा निर्माण भएको फिल्म ‘छिरिङ’ पनि शुक्रबारबाट प्रदर्शनमा आएको छ। फिल्ममा गायक निमा रुम्बा, यश कुमार र नव–अभिनेत्री कामना भुजेलको मुख्य अभिनय रहेको छ।
_x000D_
_x000D_
हिमाल परीको गाँउ मुस्ताङ र त्यहाँको ग्रामीण परिवेश भित्रको कथामा निमार्ण भएको फिल्म ‘छिरिङ’ यश कुमारको पहिलो निर्देशसित चलचित्र हो। आएका हुन्। फिल्म ‘कागवेनी’ प्रदर्शनमा आएको एक दशक पछि अभिनेता निमा रुम्बाले पनि यसै फिल्मबाट पर्दामा कमब्याक गरेका छन्।
_x000D_
_x000D_
फिल्मको बिहीबार साँझ काठमाडौंको ‘जय नेपाल’ हलमा प्रिमियर शो पनि सम्पन्न भएको थियो। जसबाट पाएको प्रतिकृया र हौसलाले फिल्म सफल हुनेमा निर्देशक यश कुमार ढुक्क देखिन्छन्।
_x000D_
_x000D_
तर, फिल्म बाजरमा एकै हप्ता ३ नयाँ नेपाली फिल्म हल प्रवेश गर्नुले ३ वटै फिल्मलाई व्यवसायिक सफलता हात पार्न भने चुनौतिपुर्ण देखिन्छ।
_x000D_
_x000D_
किनकी बलिउड फिल्म ‘सुई धाग’ पनि शुक्रबारबाट नै प्रदर्शनमा आएको छ। यससँगै नेपाली हलमा प्रर्दशनमा आएका फिल्म ‘इन्टु मिन्टु लण्डनमा’,‘वत्ति गुल मिटर चालु’ र ‘द प्रिडेटर’ पनि प्रदर्शनरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।