वासिङ्टन– अमेरिकी तथा ब्राजियाली अधिकारीले ब्राजिलको विशाल तेल कम्पनी पेट्रोबाजलाई आर्थिक अनियमितता गरेको अभियोगमा ८५ करोड अमेरिकी डलर बराबरको जरिवाना गरेको छ।
_x000D_
_x000D_
अमेरिकी तथा ब्राजियाली अधिकारीले पेट्रोबाजलाई ब्राजिलियाली नेता तथा राजनितिक दललाई घुस दिएको अभियोगमा ८५ करोड अमेरिकी डलर बराबरको जरिवाना गरेको अमेरिकी न्यायिक विभागले बिहीबार जनाएको छ।
_x000D_
_x000D_
पेट्रोब्राज भ्रष्टाचारकाण्ड छानबिन गर्न गठित एक आयोगले ठूलो संख्यामा राजनीतिज्ञ, पेट्रोब्राजकै उच्चपदाधिकारी तथा पेट्रोब्राजसम्बन्धित निर्माण कम्पनीका पदाधिकारीहरुलाई सरकारी स्वामित्वको संस्थालाई प्रभावमा पारी अनुचित ठेक्कापट्टा सम्झौता गरे गराएको भन्ने आरोप लगाएको र उनीहरुलाई पक्राउ गर्नुपर्ने सिफारिस गरेको थियो।
_x000D_
_x000D_
'पेट्रोबासका उच्च तहका अधिकारी तथा सञ्चालक समिति सदस्यले करोडौँ अमेरिकी डलर आर्थिक अनियमितता गरी अनुचित ठेक्का सम्झौता गरेको ठहर भएको छ,' विभागका सह महान्यायाधिवक्ता ब्राइन वेन्कोस्कीद्वारा जारी वक्तव्यमा उल्लेख छ।
_x000D_
_x000D_
जरिवानामध्येको ८० प्रतिशत रकम ब्राजिलियाली अधिकारीले तिर्नुपर्ने बताइएको छ। (रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।