• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गायिका तारा थापा, जसले क्यान्सरको शल्यक्रिया गरेको १८ दिनमै ७ वटा गीत गाएकी थिइन्

64x64
नेपाल लाइभ बिहीबार, असोज ११, २०७५  १५:१०
1140x725

काठमाडौं- ६३ वर्ष पुगिन्, गायिका तारा थापा।

_x000D_ _x000D_

हेर्दा लाग्दैन- उनलाई बुढ्यौलीले छोइसक्यो। किनकि अनुहारमा उस्तै ताजगी र उर्जा देख्न सकिन्छ। हँसिलो मुहार अनि स्वरमा उत्तिकै निखारपन। 

_x000D_ _x000D_

‘फूल झरेपनि काँडा झर्दैन’, ‘सबैले दिने उस्तै हुन्छ माया’, ‘सयथरी बाजा एउटै ताल’,‘कलिलो तामालाई सोध आमालाई’ जस्ता चर्चित गीतकी गायिका हुन् उनी।

_x000D_ _x000D_

करिब ४ वर्षअघि एकदिन आफ्ना स्तनमा गिर्खा आएको महसुस गरिन् उनले।

_x000D_ _x000D_

त्यो गिर्खा स्तनको मुन्टोमा पलाएको थियो।

_x000D_ _x000D_

छाम्दा गिर्खा भित्र पुरियो, मासुभित्र। उनी निकै अत्तालिइन्। 

_x000D_ _x000D_

‘विश्व संगीत दिवस आइरहेको थियो। त्यसको सांगीतिक यात्रामा निकै नै व्यस्त रहन पुगेँ। त्यसकारण आफ्नो स्वास्थ्यलाई समय दिन सकिनँ', उनले सम्झिन्।

_x000D_ _x000D_

स्वास्थ्य जाँच गराउनुपर्छ भन्नेमा त उनी सचेत नै थिइन्। तर व्यस्तताले एक महिना यत्तिकै बित्यो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

अर्को महिना जब अस्पताल पुगिन्, क्यान्सर दोस्रो स्टेजमा पुगिसकेको थियो।

_x000D_ _x000D_

सुरुमा त विश्वास गर्न निकै गाह्रो भयो उनलाई। तर यथार्थ त्यही थियो।

_x000D_ _x000D_

‘क्यान्सर कत्ति छिटो फैलिने रहेछ, म छक्क परेँ,' उनी भन्छिन्, 'अब स्तन काटेर फाल्नुबाहेक अरु विकल्प छैन भन्ने लाग्यो।’ 

_x000D_ _x000D_

उनी सायद अलि छिटो चेकजाँचमा गएको भए स्तन काटेर फाल्नु पर्दैन थियो।

Xtrem

Xtrem
_x000D_ _x000D_

‘अप्रेसन गर्नुपर्छ भनेर सुरुमा निकै डराएँ तर त्योभन्दा बढी त केमो दिएपछि कपाल झर्दा डर लागेको थियो,' उनी सम्झिन्छिन्,‘भुइँ छोइहाल्ने जस्तो लामो कपाल त्यसरी झरेको पाउँदा मन नदुख्ने त कुरै भएन। कत्तिले त मलाई मेरो लामो कपाल देखेरै 'उ: त्यो तारा थापा हो' भनेर चिन्थे।'

_x000D_ _x000D_

कपाल झरेको तनाव यतिसम्म भएछ कि बरु मर्छु केमो गराउँदिन भन्ने सोचसमेत आएछ उनमा।

_x000D_ _x000D_

सुरुमा केमो गरेपछि १० दिन उनलाई निकै गाह्रो भयो। 'खानामा रुचि भएन, जे पनि गन्हाउने हुन्थ्यो,' भन्छिन्, 'केमोमा प्रयोग हुने रसायन हानिकारक हुन्छ भनेर डर लाग्थ्यो।'

_x000D_ _x000D_

स्तन क्यान्सरको शल्यक्रियापछि एउटा घटना उनी प्राय:सम्झिइरहन्छिन्।

_x000D_ _x000D_

भक्तपुर अस्पतालको बेडमा 'रेस्ट' गरिरहेकी थिइन् उनी। हङकङमा हुने सांगीतिक यात्रामा जान भिसा लागिसकेको थियो।

_x000D_ _x000D_

जब उनलाई क्यान्सर लागेको समाचार मिडियामा आयो, आयोजकले तारन्तार फोन गर्न थाले। 'सबै टिकट बिक्री भइसकेकाले तपाईं नगए कार्यक्रम नै रद्द हुन्छ भनेर रुन थाले,' उनले सुनाइन्।

_x000D_ _x000D_

आफूलाई क्यान्सर नै लागिहाल्छ भनेर उनले सोच्न पनि सकेकी थिइनन्। आफूले त्यसरी 'साइन' गरिसकेको 'प्रोजेक्ट'लाई कसरी धोका दिनु? उनको मन अमिलो भएर आयो।

_x000D_ _x000D_

डाक्टरलाई आफ्नो कुरा सुनाइन्। डाक्टरले उनलाई कार्यक्रममा जान हौस्याए। भरखरै शल्यक्रिया गरिएकाले उभिएर नगाउन र स्ट्यान्डमा माइक राखेर कुर्सीमा बस्न सुझाव दिए।

_x000D_ _x000D_

शल्यक्रिया गरेको १८ दिन मात्र भएको थियो। उनले कार्यक्रममा करिब ७ वटा गीत लगातार गाइन् उभिएरै।

_x000D_ _x000D_

‘कलाकार मान्छे, मैले त डाक्टरको सल्लाह नै भुलेँछु,' उनी हाँस्दै भन्छिन्, ‘मेरो नाम त गिनिज बुकमा लेखिनुपर्छ होला, अप्रेसन सकेर 'बेड रेस्ट'मै रहँदा सांगीतिक प्रस्तुति दिएकोमा।’

_x000D_ _x000D_

काठमाडौंमै हुर्केकी उनले यतै लेखपढ गरिन्।उनलाई अहिले लाग्छ- राजधानी जस्तो ठाउँमा त क्यान्सरको जोखिम बारे सोच्न सकेका छैनौं भने विकट गाउँका महिलाहरुको हालत कस्तो होला? 

_x000D_ _x000D_

रोग लुकाएर बस्दा ढिलो भएमा आफूलाई नै गाह्रो हुने उनको अनुभव छ।

_x000D_ _x000D_

'आफूलाई डरलाग्दो रोग लाग्यो भनेर डराउनुहुँदैन।आफूलाई विश्वासगर्न छाड्नुहुन्न,' उनी सुझाउँछिन्, 'ठिक हुन्छ भनेर मनमा सोच्नुपर्छ। लक्षण देखापरे हेलचेक्र्याइँ नगरौं।'

_x000D_ _x000D_

अहिलेत उनी स्वस्थ छिन्।

_x000D_ _x000D_

६–६ महिनामा चेकअपको लागि अस्पताल जानुपर्छ।

_x000D_ _x000D_

‘घरपरिवार, चिकित्सक तथा शुभेच्छकबाट धेरै माया तथा प्रार्थना पाएँ, त्यसैले पनि छिटो निको भएँ होला,’उनी अब ढुक्क छिन्।

_x000D_ _x000D_

पछिल्लो पटक २०७० सालमा गीति एल्बम निकालेकी उनलाई पुरानो गीतहरुको म्युजिक भिडियो बनाउने इच्छा छ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने शुक्रबार, असोज ९, २०८३
प्रतिकूल मौसमले हवाई उडान प्रभावित शुक्रबार, असोज ९, २०८३
भारी वर्षाको जोखिमबीच स्वास्थ्य क्षेत्र उच्च सतर्क, स्वास्थ्यकर्मी र र्‍यापिड रेस्पोन्स टिम तयारीमा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्