काठमाडौं – मितेरी सहकारीको बचत अपचलनमामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड नोटिस जारी भएको छ।
अर्का फरार प्रतिवादी ज्योति बहादुर भन्डारी हुन्। इन्टरपोलले नेपाल प्रहरीको आग्रहमा उक्त नोटिस जारी गरेको हो।
अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले उनीहरुविरुद्ध रेड नोटिस जारी गर्न नेपालस्थित नेसनल कन्ट्रोल ब्युरो–एनसिबीमार्फत इन्टरपोललाई आग्रह गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।