• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मुद्दामा हराएको मधेस र मधेसमा हराएको मुद्दा

64x64
नेपाल लाइभ बिहीबार, असोज ११, २०७५  ०६:१०
1140x725

एउटा भनाइ छ– ‘समय दिनुपर्छ, सबै खालका घाउ निको हुन्छ।’ तर, समय पर्खेर बसे, बेलैमा उपचार नगरे घाउ बल्झेर क्यान्सरसम्म हुनसक्छ। पहिचान, संघीयता, समावेशीता लगायतका अग्रगामी मुद्दा लिएर मधेसले प्रगतिशील चिरफार सुरु गरेको दशक नाघिसकेको छ। तर, राजनीतिक चिकित्सकहरुको हेला र दम्भ प्रदर्शन गरेकै कारण त्यो चिरफार नै ठूलो घाउमा परिणत भइसकेको छ। 

_x000D_ _x000D_

संविधान लेखन र राज्य पुनर्संरचनाको एउटा प्रमुख हिस्सा रहेका मधेसवादी दलहरुलाई पनि ‘बाइकट’ गर्दै ठूला दलले सोह्र बुँदे सहमति गरेर संविधानको आधार तयार गरे। तर त्यसले मधेसमा पनि आगो बल्ने आधार तयार गर्‍यो। राजनीतिक गतिशीलतामा घाउ लागेको पनि त्यतिबेलै हो। तर, राजनीतिक दुरदर्शिता शून्य भएका नेतृत्वले यसको पुर्वानुमान गर्न सकेनन्। उल्टै, मधेसमा बलेको आगोलाई नियन्त्रण गर्ने नाउमा भएको हिंसात्मक दमनले घाउमाथि नूनको काम गर्‍यो।

_x000D_ _x000D_

तर काठमाडौंको सत्ताले घाउको उपचार खोज्नुको सट्टा त्यसमा झिँगा भन्केको मात्र देख्यो। अर्थात्, अघोषित नाकाबन्दी देखाएर भारतविरोधी ‘सेन्टीमेन्ट’ तयार गर्‍यो। नाकाबन्दीकै बीचमा पनि मधेस आन्दोलित भइरहेको छ भन्ने बिर्सियो। नतिजास्वरुप मधेसको मुद्दा ओझेलमा पर्दै गयो।

_x000D_ _x000D_

मुद्दाका ठेलीहरु लिएर सडकमा उत्रेका स्थानीय नेताहरुले अचेल मुद्दा बिर्सेका छन्। बरु ठेक्कापट्टा गरेर कता के पाउन सकिन्छ भन्ने लालचको राजनीति गर्दैछन्। मुद्दालाई संस्थागत गर्ने अभिभारा बोकेर सत्तामा गएका नेताहरु पनि मधेस बिर्सेका छन्। परिणामतः मधेसका जनताहरु अहिले जिल्ल परेका छन्।

_x000D_ _x000D_

यी पृष्ठभूमि तयार भइरहँदा एउटा समानान्तर इतिहास पनि कोरिँदै गएको छ। उल्लेख्य बहुमतले बनाइएको संविधानको तेस्रो वार्सिकोत्सवसम्म आइपुग्दा ठूला तथा जिम्मेबार भनिएका सबै नेताहरु असन्तुष्ट समूहको कित्तामै पुगिसकेका छन्। संविधानप्रति असन्तुष्टि जनाउँदै संशोधन गर्नु नै उपयुक्त बाटो भन्नेतिर इशारा गरिरहेका छन्।

_x000D_ _x000D_

मधेसले के पायो? के गुमायो? 
_x000D_ पटक–पटकको मधेस आन्दोलनले मूलतः राजनीतिक आत्मविश्वास बढायो। मधेसी हुँ भन्ने आत्मसम्मान संस्थागत भयो। सीमान्तीकृत वर्गको पहिचान तथा अधिकार स्थापित गर्ने नैतिक तथा कानुनी गोरेटो कोरियो। मधेसका सडकमा धेरैको रगत बगेपछि मात्रै मधेसले आफ्नो पसिनाको हिसाब माग्नु जायज हो भन्ने तर्क सतहमा आयो। सत्ताले बुझ्न अझै बाँकी छ।

_x000D_ _x000D_

मधेस आन्दोलनका क्रममा कतिपय बेला नेतृत्वमा कमजोरी र कार्यकर्तामा अनुशासनको कमी देखियो। कतिपय बेला आन्दोलन अराजकता उन्मुख पनि भयो। जसले गर्दा केही पूर्वाधार, उद्योग तथा राजनीतिभन्दा टाढा रहेर पनि महत्त्वपूर्ण योगदान दिँदै आएका व्यक्ति र संस्थाहरुलाई उचित सम्मान र सुरक्षा दिन सकेन। विविधताकै बीच सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा उल्लेख्य फड्को मारिसकेको मधेसका सहरहरुको आजको अवस्थाले सांकेतिक रुपमा त्यसको परिणाम दर्शाउदै छ।  

_x000D_ _x000D_

मधेस कहाँ चुक्यो? कहाँ झुक्यो?
_x000D_ आन्तरिक राजनीतिक अस्तित्वको लडाइँ लड्दै गरेको मधेसले केन्द्र सरकार र उसको कदमलाई भावनात्मक समर्थन गर्ने समुदाय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुलाई हालसम्म सन्तुलित विश्वासमा लिन सकेको छैन। साथै सांगठनिकको भावनाभन्दा पनि व्यक्तिगत वा पार्टीगत स्वार्थले भरिएका नेतृत्वलाई मधेसले बेलैमा पहिचान गर्न सकेको देखिएन। यहीँनेर भुल भयो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

व्यक्तिगत स्वार्थलाई नै सर्वोपरी ठानेका नेताहरुको विकल्प खोज्ने प्रयास मधेशी जनताले नगरेका पनि हैनन्। तर व्यक्ति र प्रवृत्तिमा फरक छुट्याउन नसकेकोले मधेशको मुद्दा बेचेर राजनीतिक भविष्यमात्र जोगाइराख्ने प्रवृत्ति हाबी भयो। कहिले दिल्ली, कहिले बिहार त कहिले काठमाडौंमा आत्मसमर्पण गर्ने नेताहरुका कारण स्वदेशी तथा विदेशी शक्तिहरुको अगाडि झुक्नुपरेको यथार्थ अझै पनि जनतामाझ पुगेको छैन। यस्ता खलपात्रको पहिचान गर्न नसक्नु पनि मधेसका जनताको निम्ति ठूलो चुनौती हो। 

_x000D_ _x000D_

जिवित तर ओझेलमा मुद्दा
_x000D_ कुनै पनि विचारले संस्थागत रुप लिइसकेपछि प्राविधिक रुपमा उसको अस्तित्व तलमाथि पर्ला तर उसले छोडेको अवशेषहरुले लामो समयसम्म हिसाब खोज्छन्। पहिलो मधेस आन्दोलनको मूल उद्देश्य थियो– सहभागीतामूलक तथा समावेशी राज्य।

_x000D_ _x000D_

यस आन्दोलनबाट केही नयाँ नेताहरुको उदय भयो। मधेसीहरु ऐतिहासिक रुपमा संसदमा बलियो उपस्थिति जनाउन सफल भए। संसदकै मुख देख्न नपाएकाहरु पनि रातारात मन्त्री भए। मधेसले यसैलाई उपलब्धी मान्यो। केन्द्रले यसैलाई परिवर्तन स्थापित भएको भनेर नारा लगायो। जबकि, यी सब केबल प्रकृया र तत्कालीन आवश्यकता पुर्तीको साधन मात्र थियो। दिगो समाधान थिएन।
_x000D_ यस्तै प्रकृयागत घटना र सानातीना परिणाममा अल्झेका मधेसवादी नेताहरुले हरेक आन्दोलनको ताप एउटा निश्चित समयसम्म मात्र प्रभावकारी रहन्छ भन्ने कुरा बिर्से। जसको नतिजास्वरुप उनीहरु दोस्रो संविधानसभाको चुनावमा जनताको विश्वास पाउन सकेनन्। मधेसले बोकेको क्रान्तिकारी राजनीतिक मनोविज्ञानमा ह्रास आउँदै गयो। जिम्मेवार नेताहरुले उचित तदारुकताकासाथ नउठाएकोले जनस्तरमा सक्रिय मुद्दा संसदमा भने ओझेलमा पर्‍यो।

_x000D_ _x000D_

अबको बाटो
_x000D_ एक्काइसौं शताब्दीको लोकतन्त्रमा पनि अघोषित निषेधको संस्कार राजनीतिमा लागेको क्यान्सर नै हो। सानोतिनो प्रयासले यसको उपचार सम्भव छैन।

Xtrem

Xtrem
_x000D_ _x000D_

तर नहिँडेको बाटो हिँड्न कसैले गोरेटो त खन्नै पर्छ। मधेसले बोकेको मु्द्दाहरु सिंहदरवारसम्म पुर्‍याउन अझै थुप्रै अवरोधका पहाडहरु चढ्न बाँकी नै छ। तर उसले आफ्नो धरातल छोडेर फुत्त उडेर आउन खोज्नु जोखिमपुर्ण हुन्छ। त्यसैले, स्थानीय रुपमा पाएको स्रोत र अधिकारलाई विवेकपूर्ण ढंगले उपयोग गर्दै आर्थिक र सामाजिक विकासका पूर्वाधारहरु निर्माण गर्दै विगतका गल्तीहरुलाई सच्याउनु उचित हुन्छ। यसरी स्थानीय तहमा सम्बोधन गर्नुपर्ने मुद्दाहरुलाई संस्थागत गरी केन्द्रस्तरका मुद्दाहरुका लागि ‘नयाँ राजनीतिक मार्ग‘ निर्माण गर्नु नै उपयुक्त हुनेछ।

_x000D_ _x000D_

यसका अतिरिक्त संविधान जारी गर्ने प्रकृयादेखि नै यसमा निहित अन्तरवस्तुहरुले मधेसमा सरकार तथा संविधानप्रति अपनत्वको भावना ह्रास हुँदै गएको छ। एउटै सीमानाभित्र बसेर पनि बाहिरियाजस्तो व्यवहार सामना गर्दै आएका शिक्षित, सक्षम, सचेत तर असन्तुस्ट युवाहरुको मनोविज्ञान कसरी विस्फोट हुन्छ र कस्तो रुप लिन्छ भन्ने कुराले नै आगामी बाटो तय गर्ने छ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  ०६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ
सुनको मूल्य घट्यो
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य शुक्रबार, असोज ९, २०८३
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ शुक्रबार, असोज ९, २०८३
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित शुक्रबार, असोज ९, २०८३
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्