काठमाडौं– आज शेयर बजार ११४.७० अंकले बढेको छ। नेप्से इन्डेक्स पनि २६ सय बिन्दुमा फर्किएको छ। योसँगै नेप्से परिसूचक २६२३.५६ अंकमा आएको हो। आजको बजार साढे ४ प्रतिशतले बढेको हो। त्यस्तै कारोबार पनि बढेको छ।
मंगलबार साढे ७ अर्ब रूपैयाँभन्दा बढीको शेयर खरिदबिक्री हुँदा डेढ दर्जन कम्पनीमा सकारात्मक सर्किट लागेको छ। १८ वटा कम्पनीमध्ये ११ वटा फाइनान्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ५ वटा जलविद्युत, नेपाल वेयर हाउस र सिटी होटलको शेयर मूल्य १० प्रतिशतले बढ्यो।
३०७ वटा कम्पनी सामेल भएको आजको कारोबारमा सबै समूहको बढोत्तरी छ।
आज ७ अर्ब ६१ करोड रूपैयाँभन्दा बढीको कारोबार भयो। करिब बुलिस यात्राकै नजिक पुगेको बजार पुन: फर्केको हो। नेप्सेमा सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका बेला शेयर बजारबाट राम्रो मूल्य नपाएकालाई लाभांश आकर्षण बन्न सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।