• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा

64x64
नेपाल लाइभ बिहीबार, असोज ३, २०८१  १३:२६
1140x725

भक्तपुर– साँझ ढल्किँदै जाँदा मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलस्थित दिगु भैरव अगाडि मानिसहरुको भीड थपिँदै गयो। मध्यपुरथिमिका साथै भक्तपुर, ललितपुर, काठमाडौँ, काभ्रे, कीर्तिपुरदेखि जिब्रो छेड्ने जात्रा हेर्न आएकाको हजारौँको भीड दुई पोखरीसम्मै बाक्लिँदै गयो। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे जिब्रो छड्ने जात्रा प्रत्यक्ष रुपमा हेर्न नजिकैको घरको झ्यालबाट टाउको बाहिर निकालेर निकै उत्सुकताका साथ जिब्रो छेडेको हेर्न प्रतीक्षा गरिरहेको देखिन्थ्यो।

राति ८ बजे बाँसको चिम्टी बजाउँदै एक हूल मानिस हातेसाङ्लो बनाएर दिगु भैरब अगाडिको मञ्चमा आइपुगे। जात्रालु सबैको ध्यान त्यतै केन्द्रित भयो। एकछिनपछि कर्मी नाइकेलाई लिएर एक समूह आइपुग्यो। त्यसको केही क्षणमै अर्को समूहसँग थिमि लाय्कुको पमानायो ७१ वर्षीय श्यामकाजी पमा श्रेष्ठ परम्परागत पोसाकमा हनुमानढोका दरबारबाट ल्याएको राज खड्ग लिएर डबलीमा आए। 

त्यसपछि द्विगुभैरव मन्दिरमा गुरुको उपस्थितिमा भैरवको पूजा गरेपछि ‘येंयाँ पुन्ही म्ये प्वा खनेगु’ जात्रालाई जिब्रो छेडेर निरन्तरता दिन मध्यपुरथिमि नगरपालिका–५ बालकुमारी निवासी वीरेन्द्रभक्त श्रेष्ठलाई परम्परागत पोसाक लगाएर डबलीमा ल्याइयो।

यहाँका बासिन्दाले जयजयकार गरे। जिब्रो छेड्न तयार भएका वीरेन्द्रभक्तलाई छोएर कर्मी नायले वरिपरि अक्षता फूल छर्किएर देवीदेवता पुकारे। एक महिना अगाडि बनाएको १० इन्च लामो तीन मुख भएको सुइरो कर्मिनायले गए रातिको ८ बजे बालकरामको जिब्रो छेडिदिए। टाउकामा बाँधेको कपडामा सियो अड्काएर जिब्रो छेडेको सुइरोको तीनवटा टुप्पोलाई जिब्रोमै घुमाएपछि द्विगुभैरव अगाडिको डबलीमा हजारौँको जयजयकार गुञ्जियो।

त्यसपछि सबैलाई नमस्कार गर्दै चन्द्राकारको भ्वाय् अर्थात् ४० किलो तौलको १७ वटा दीप रहेको महादीप बोकेर निस्किए वीरेन्द्रभक्त। उनलाई स्थानीय जात्रा व्यवस्थापन समिति, परिवार एवं टोलवासीले साथ दिइरहे। महादीप बोकेर उहाँले सुरु गर्नुभएको थिमिदेखि पशुपतिनाथसम्मको अविचलित यात्रा सफल पारेर इतिहासलाई निरन्तरता दिए। 

जात्रालाई विश्वव्यापी रुपमा ‘ब्रान्डिङ’ गर्न सकिन्छ : मन्त्री पाण्डे 
पहिलोपटक प्रत्यक्षरुपमा जिब्रो छेडेको हेर्न मध्यपुरथिमिको द्विगुली पुगेका मन्त्री बद्रिप्रसाद पाण्डेले यो जात्रालाई विश्वव्यापी रुपमा ‘ब्रान्डिङ’ गरेर लाखौँ पर्यटक भित्र्याउन सकिने बताए। 

मन्त्री पाण्डेले स्थानीय जात्रा व्यवस्थापन समिति र नगरपालिकासँग भने, “नेपालको संस्कृतिमा पर्यटन मिसाउनु लैजानसके विकास सहज हुन्छ। यो जात्रालाई विश्वव्यापी रुपमा ‘ब्रान्डिङ’ गरेर लाखौँ पर्यटक भित्र्याउन सकिन्छ। संस्कृति र पहिचानलाई जीवन्त बनाएर संरक्षण गर्नु आवश्यक छ।”  

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्री पाण्डे, प्रतिनिधिसभाका सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, भुवनकेशरी श्रेष्ठ, पशुपति विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जात्रास्थलमै पुगेर जिब्रो छेडेको प्रत्यक्ष अवलोकन गरेका थिए। 

वीरेन्द्रभक्तले दिए इतिहासलाई निरन्तरता 
वीरेन्द्रभक्तले दिगु भैरव मन्दिर अगाडि जिब्रो छेडेर महादीप बोकेर चोडे टोलको कामदेव, महालक्ष्मी, नीलवर्ण गणेश, सिद्धिकाली मन्दिर पुगे। निगु पुखुः, लाय्कू हुँदै क्वालाखु (बालकुमारी) स्थित थास्मा गणेशको दर्शन गरी तछु टोल, सुँगा टोल (विष्णुवीर), इन्द्रायणी, नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, सिद्धिकाली मन्दिर, सिद्धिकाली चोक, सानोथिमि, मनोहरा खोला पुल, पुरानो सिनामङ्गल, खहरेचोक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडिको सडक, गुह्येश्वरी मन्दिर हुँदै पशुपतिनाथ मन्दिर प्रवेश गरी पशुपतिनाथको परिक्रमा गर्दै दर्शन गरे। 

मध्यराति पशुपति मन्दिरमा वीरेन्द्रभक्तको जिब्रोमा मन्त्री पाण्डेले चाँदीको कचौरामा रहेको तेल सुनको चम्चाले झिकेर हालिए। पशुपतिनाथको दर्शनपछि सोही मार्ग भएर फर्कर्दै सानोथिमिस्थित तीनधारा ब्यारेक चोकबाट भित्र हुँदै नगदेश, गार्चा चोक, बहाखाबजार भीमसेन मन्दिर, चपाचो, दिगुटोल, निगुपुखुः, लाय्कू हुँदै क्वालाखु हुँदै सयौँ स्थानीयलाई अगाडि पछाडि लगाएर जय जयकार गर्दै १७ किलोमिटरको यात्रा पार गर्दै थिमि आएर बालकुमारी मन्दिरमा सियो झिकेर नित्यनाथको माटो जिब्रोमा राखेपछि मध्यराति करिब २:३० बजे जात्रा सम्पन्न गर्दै वीरेन्द्रभक्तले थिमिको इतिहासलाई निरन्तरता दिए। 

उनको खाली खुट्टाको पैदल यात्रालाई जात्रा व्यवस्थापन समिति, परिवार तथा आफन्त, टोलवासी र मध्यपुरथिमिका सयौँले पशुपति मन्दिरसम्म जय जयकार गर्दै पैदल यात्रालाई साथ दिए। जात्रामा हौसला प्रदान गर्न मध्यपुरथिमि प्रमुख सुरेन्द्र श्रेष्ठदेखि उपप्रमुख विजयकृष्ण श्रेष्ठले समेत थिमिदेखि पशुपतिसम्म नै पुगेर साथ दिए। 

Xtrem

Xtrem

लोप भइसकेको जात्रालाई थिमिवासीले दिए पुनर्जीवन  
यसअघि २०७५ मा जिब्रो छेडाएर आफ्नो टोल घुमेका बालकरामले गतवर्ष दोस्रोपटक जिब्रो छेडाएर इतिहास रच्न सफल भए। यसवर्ष वीरेन्द्रभक्तले भने, “थिमीको ऐतिहासिक यो जात्रालाई जीवन्त दिने अठोट गरे थिमिको इतिहासलाई निरन्तरता दिने लक्ष्यका साथ जिब्रो छेडाएर पशुपतिसम्म जाने अठोट गरेको थिएँ, त्यो अठोट पूरा गरेँ। मेरो आँटलाई सबैको सहयोग साथ र पशुपतिनाथ तथा बालकुमारीको शक्तिले मेरो यात्रा पूरा भयो।” 

देशमा आउन सक्ने कुनै पनि सङ्कट, प्राकृतिक प्रकोप, डर, त्रास, भय रोक्दै पुर्खाले सिर्जेको संस्कृतिलाई बचाउन आफूले जिब्रो छेडेर पशुपतिसम्मको यात्रा पूरा गरेको उनले बताए। 

पुर्खाले पूर्वमा काभ्रे पनौतीसम्म, उत्तरमा चाँगुनारायण मन्दिरसम्म र पश्चिममा पशुपतिनाथ मन्दिरसम्म जिब्रो छेडेर महादीप बोकेर गएको भन्ने सुन्दै आएको भए पनि यसपटक आफूले पशुपतिसम्मको यात्रा पूरा गरेर पुर्खाले गरेका कठिन यात्रा सम्भव थियो भन्ने सन्देश दिन पनि सफल भएको उनको भनाइ छ। 

दुई दशक रोकिएर लोपोन्मुख अबस्थामा पुगेको यो जात्रालाई २०७४ सालमा उनै वीरेन्द्रभक्तले नै जिब्रो छेडाएर पुनर्जीवन दिनुभयो र तर त्यो वर्ष जिब्रो छेडेर पशुपतिनाथसम्मको यात्रा नगरी थिमि परिक्रमा गरिएको थियो। त्यसपछि २०७५ सालमा बालकरामले जिब्रो छेडाए। 

विसं २०७६ देखि कोरोना महामारीका कारण रोकिएको जात्रा २०७९ साल पुनः वीरेन्द्रभक्तले दोस्रो पटक जिब्रो छेडाएर पुनः निरन्तरता दिए। यसवर्ष तेस्रो पटक उहाँले जिब्रो छेडेर मध्यपुरथिमिदेखि पशुपतिसम्म र पशुपतिदेखि मध्यपुरथिमिसम्मको यात्रा पनि पुरा गरे। 

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बीरेन्द्रभक्तले कठिन यात्रा पुरा गरेको बताउँदै भने, “त्यति ठूलो सियोले जिब्रो छेडाएर काठ र बाँसबाट बनेको लहरै बलेको १७ वटा दीपसहितको करिब ४० किलोको महादीप बोकेर पशुपतिसम्म पुगेर फर्किनु कम चुनौती र कठिन काम होइन, यसलाई गतवर्ष बालकराम र यसवर्ष वीरेन्द्रभक्तले पूरा गरेर थिमिको शान उच्च राख्न सफल भए। उहाँको यो साहसले भावी पुस्तालाई जात्राप्रति प्रेरित गर्ने र नयाँ पुस्तामा जात्रालाई निरन्तरता दिन आँट प्रदान गर्ने विश्वास लिएको छु, नगरपालिकाले यस्ता मूर्त–अमूर्त कला, संस्कृतिको संरक्षणमा नियमित सहयोग गर्नेछ।”

नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मध्यपुरथिमिको ऐतिहासिक पहिचानलाई यो जात्राले विश्वभर फैलाउने सफल भएको बताए। उनले नेपालमा मात्रै नभएर विश्वमै अनौठो मानिने यो जात्रालाई यहाँको ठूलो विशेषता हो भन्दै उपप्रमुख श्रेष्ठले ३५० वर्ष भन्दा अगाडिदेखि यो जात्रालाई निरन्तरता दिन नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए। 

उपप्रमुख श्रेष्ठले भने, “जिब्रो छेडेर महादीप बोकेर थिमि घुम्नु निकै थाकिन्छ, त्यसमाथि खाली खुट्टाले पशुपतिसम्म महादीप बोकेर परिक्रमा गरेर फर्किन सफल हुनु आफैँमा अब एउटा इतिहास बन्यो, यसले युवा र नयाँ पुस्ताका लागि सकारात्मक सन्देश दिएको छ।”

यस्तो छ पौराणिक कथन:
परापूर्वकालमा मध्यपुरथिमिका बासिन्दामा विभिन्न रोग, डर र भयले त्रसित बनाई बस्ती आसपासमा भूत, प्रेत र पिचासले दुःख दिए। यस्तो भयलाई पार लाउन एक तान्त्रिकले आराध्येदेवी श्री बालकुमारी माईको साधना गरी उहाँको दिव्य उपदेशअनुसार भाद्र शुक्ल पूर्णिमाका दिन एक साहसिक व्यक्तिलाई फलामको सियोले जिब्रो छेडेर नगर परिक्रमा गराइयो। ती साहसिक व्यक्तिले आफ्नो बस्तीबाट भूत, प्रेत, पिचास भगाउन र बस्ती नजिकका अर्को बस्तीहरु चाँगुनारायण, गुह्येश्वरी, पशुपतिसम्म रहेका भूत, प्रेतले पनि दुःख नदिऊन् भनेर जिब्रो छेडेर थिमिबाट चाँगुनारायण, पशुपतिसम्मका बस्तीहरुमा महादीप बोकेर जाने गरेको पौराणिक कथन रहेको जात्राका नाय पमा श्यामकाजी पमा श्रेष्ठ बताउँछन्। 

यो ऐतिहासिक जात्रा २०२६ सालदेखि लोप भइसके पनि २०५० सालदेखि मध्यपुरथिमि चोडेटोल निवासी कृष्णनानी श्रेष्ठले तीनपटक जिब्रो छेडेर जात्रालाई जीवन्तता प्रदान गरेको जात्रा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ बताउँछन्। जिब्रो छेड्ने जात्रामा थुप्रै व्यक्तिलाई आफैँले भोज खुवाउनुपर्ने सबै खर्च व्यवस्थापन आफैँले गर्नुपर्दा हुने आर्थिक अभावले जात्रा लोपोन्मुख अवस्थामा पुगेको उनको भनाइ छ। 

विसं २०७४ देखि स्थानीय युवाहरु, संस्कृतिप्रेमी अग्रजहरु तथा जननिर्वाचित प्रमुखहरु सक्रिय भई जात्राको सम्पादन र व्यवस्थापन गर्न येँया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति गठन गरेर जात्रालाई व्यवस्थित गर्ने क्रममा मध्यपुरथिमि–४ बालकुमारी निवासी वीरेन्द्रभक्त गजु श्रेष्ठले २०७४ र २०७९ सालमा जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएको उनले जानकारी दिए। 

जात्राका लागि एक महिनाअगाडि नै नातु (सुइरो) बनाउन पूजा लिएर नकर्मीको घरमा खबर गर्ने परम्परा छ। नकर्मीले तीन तिर भएको नातु बनाई एक महिना शुद्ध तोरीको तेलमा डुबाएर राखिन्छ। त्यसपछि जिब्रो छेड्नुभन्दा आठ दिन अगाडि द्यः दुसालेगु भनी बालकुमारी मन्दिरमा ११ वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) दिइन्छ। जिब्रो छेड्ने जात्राको चार दिनअघि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरबारमा गएर ल्याएको राज खड्गलाई जात्रामा डबलीमा राखिन्छ। इन्द्रजात्राको दिनमा बालकुमारीमा रातो भालेको बलि दिएर पूजा गरी भोज खाइन्छ।

येँया पुन्हीको दिनमा दुतानं (जामा) लगाएर बालकुमारीमा पूजा गरिन्छ। यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ। जिब्रो छेड्ने दिन साँझ बालकुमारीदेखि दिगुभैरवसम्मको स्थानमा बत्ती दिनु पर्छ। त्यसपछि दिगुभैरव मन्दिरमा गुरुको उपस्थितिमा भैरवको पूजा गरेसँगै जिब्रो छेड्ने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ। 

जात्राको दिन सयौँ जनमानससामु जामनः गुरु, नायःपमा, नकर्मी नाइकेको उपस्थितिमा नकर्मीले बनाएको १० इन्च लामो सुइरो कर्मी नायाले जिब्रो छेडेर महादीप बोक्न लगाई उहाँको इच्छाअनुसार नगरपरिक्रमा गराउने प्रचलन छ। सुइरो निकालिसकेपछि जिब्रोमा भएको प्वालमा नासः द्यः (नित्यनाथ) देवता परिसरको माटो राखिन्छ। 

मन्दिर परिसरमा ठोकेको सुइरोलाई हेर्दा यो जात्रा करिब ३५० वर्षभन्दा पुरानो हो भन्ने यकिन गर्न सकिने नाय पमा श्यामकाजी बताउनुहुन्छ। वर्षांै पहिले एकै पटक १७ जना व्यक्तिले, एकै परिवारको छ जनालेसम्म जिब्रो छेडेको पाइएको उहाँ बताउनुहुन्छ। बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि घर गई मान्यजनबाट सगुन लिने, त्यसपछि जात्रामा सहभागी व्यक्तिहरुलाई भोज खुवाउने, भोलिपल्टको बिहान नातु पूजा भनी जिब्रो छेडेको सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोक्ने र द्यः लित तवनेगु भनी विसर्जन पूजा गर्न गरिन्छ।

जिब्रो छेड्ने व्यक्ति मध्यपुरथिमिको श्रेष्ठ थरकै हुनुपर्ने, आकाशदीप बोक्ने मानन्धरहरु नै हुनुपर्ने प्रचलन छ। यस्तै, नातु बनाउने नकर्मी थरका व्यक्ति, राजखड्ग लिन जाँदा खड्गीहरुले नाखी बाजा बजाउने र कुस्ले (कपाली) ले मुहाली बजाउने परम्परा रहेको छ। मध्यपुर थिमिको बोडेमा प्रत्येक वर्ष वैशाख २ गते हुने जिब्रो छेड्ने जात्रासँग यो जात्रा मिल्दोजुल्दो जात्रा भए पनि यसको बाटो भने फरक रहेको छ।रासस

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १३:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्