• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एउटा भिडियोले बदलेको पाँच जीवन

64x64
नेपाल लाइभ मंगलबार, असोज ९, २०७५  ०७:१५
1140x725

‘तस्बिर बोल्छ’ भनिन्छ। बोलिसक्यो होला। 

_x000D_ _x000D_

पाँच बालबालिकाको अवस्थालाई प्रस्ट्याउन थप शब्द खाँचो पर्दैन। यो चाहेको पनि थिइनँ। तर, आज मनभरि सन्तुष्टि भरिएपछि खुसीको अनुभूति सेयर गर्न मन लागेको छ। 

_x000D_ _x000D_

फरक यत्ति छ, यो तस्बिर केही दिनअघि आँखाभरि आँसु पारेर खिचेको थिएँ। आज आँखामा हर्षको आँसु रसाउँदै लेखिरहेको छु। 

_x000D_ _x000D_

दुर्गममा बसेर पत्रकारिता गर्नु भनेकै दुःख झेल्नु हो। भोक, रोग, दुःख त जताततै। चारैतिर कथैकथा। कहिले अभावका। कहिले वियोगका। केही समयपछि ती सबै साधारण बन्दा रहेछन्। पचाउने खालका। हाम्रा लागि दुःखका कथा आम हुन्। भोकका कथा साझा हुन्।

_x000D_ _x000D_

तर कथा अलि भिन्न छ। दुःख, भोक र शोक मिलेपछि के बन्छ; त्यसैको।

_x000D_ _x000D_

OOO

_x000D_ _x000D_

यी पाँच भाइबहिनीको अवस्था सुन्नेबित्तिकै छाती गह्रुँगो भएको थियो। कुनै कठोर वस्तुले थिचेझैं। मनमा दया र आक्रोश एकसाथ जागेको थियो।

_x000D_ _x000D_

बाजुराको बडिमालिका नगरपालिका मना गाउँका यी अबोध बालबालिकाका बुवा रामबहादुर साउदको चार वर्षअघि मृत्यु भयो, क्यान्सरबाट। बुवाको मृत्युपछि आमा बिर्माले यिनीहरुको गुँड सम्हालेकी थिइन्। जसोतसो 'चारो' टिपिरहेका थिए। जब ‘अस्पताल जान्छु’ भनेर आमा घरबाट निस्किइन्। उनीहरु चारोकै पर्खाइमा थिए। अन्तत: उनी फर्किइनन्। गुँड भत्कियो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_
_x000D_

कस्तो नियति! कस्तो विडम्बना! १० वर्षे बालिकाको कलिलो काँधमा चार भाइबहिनीको जिम्मेवारी आइलाग्यो।

_x000D_
_x000D_ _x000D_

पछि थाहा भयो, उनी त विवाह गरेर अन्तै गइसकिछन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

क्यान्सरले चुँडेर लगेको थियो बाउलाई। आमा लालाबाला छाडेर गइन्। ९ महिनाको दूधेबालक सहित ५ सन्तानको माया कहाँ छाडेर गइन्। किन यति कठोर भइन् उनी। यी अबोधहरुलाई थाहा छैन।

Xtrem

Xtrem
_x000D_ _x000D_

सुरुमा मलाई पनि लागेको थियो- कस्ती निष्ठुरी आमा। आक्रोश जागेको थियो। श्रीमान्‌को मृत्युपछि जीवनको यथार्थसँग लड्न नसकेर उनी भागिन्। जीवनदेखि भाग्नुजति कातरपन अरु होइन। यही ठम्याइ थियो मेरो। मान्छे एक समय आएर निष्ठुर भइदिँदो रहेछ। अरुको माया र आफ्नै जीवन तुलना गर्दो रहेछ। उनले तुलना गरिन्। लालाबालाभन्दा प्रिय आफ्नै जीवन लाग्यो। कठोर मुटु बनाइन्, सुरु गरिन् जीवनको अध्याय।

_x000D_ _x000D_

आमा नै साथमा नरहेपछि यी बालबालिका सम्पूर्ण रुपमा बेसहारा भए।

_x000D_ _x000D_

सबैभन्दा ठूली पार्वती अहिले १३ वर्षकी भइन्। आमाले छाड्दा उनी मात्र १० वर्षकी थिइन्। 

_x000D_ _x000D_

कस्तो नियति! कस्तो विडम्बना! १० वर्षे बालिकाको कलिलो काँधमा चार भाइबहिनीको जिम्मेवारी आइलाग्यो।

_x000D_ _x000D_

यसपछिका केही समय उनीहरुकी फुपू संरक्षक बनेर आइन् तर उनी पनि पाँच बालबालिकाको भोकसँग लड्न सकिनन्। गाउँको देवता रिसाएको बहाना बनाउँदै एक दिन उनी पनि उम्केर आफ्नै घर फर्किइन्। त्यसपछि बिलकुल एक्लिए उनीहरु।

_x000D_ _x000D_
_x000D_

जब मैले पार्वतीसँग भिडियो कुराकानी गर्न थालेँ। क्यामेरा तेर्स्याइरहेका मेरा हात एकाएक काँप्न थाले। आँखा अघि नै रसाइसकेछन्।

_x000D_
_x000D_ _x000D_

यिनै पार्वतीले जसोतसो भाइबहिनीको संरक्षण गरिन्। गाउँलेले धेरथोर दया गरे होलान्। समाजसेवी भाइ वीरबहादुर विष्टले यही थाहा पाएर मलाई रिपोर्टिङ गर्न सिफारिस गरेका थिए। भाइ प्रशान्त जोशी पनि मसँगै यात्रामा निस्किए।

_x000D_ _x000D_


_x000D_ OOO

_x000D_ _x000D_

बर्खायामको पहिरो छिचोल्दै बडिमालिका नगरपालिकाको मना गाउँ पुगेँ म। उनीहरुको घर पुग्दा मागेर ल्याएको कोदाको पिठोलाई जसोतसो रोटी बनाइरहेकी थिइन्, पार्वती। साना भाइबहिनी नुन चोपेर खाँदै थिए। 

_x000D_ _x000D_

_x000D_ _x000D_

जब मैले पार्वतीसँग भिडियो कुराकानी गर्न थालेँ। क्यामेरा तेर्स्याइरहेका मेरा हात एकाएक काँप्न थाले। आँखा अघि नै रसाइसकेछन्। मन अमिलो भयो। पार्वती भाइको टाउको मुसार्दै आफ्ना कथा भनिरहेकी थिइन्, ‘भाइबहिनीलाई खानेकुरामा माग्न गाउँतिर जान्छु। पुरानो लुगा पनि मागेर ल्याउँछु। त्यहाँ पनि टुहुरा भनेर हेप्छन्। विद्यालय जान मन लाग्छ। तर, कसरी जाने? भाइबैनालाई पढाउन मन थियो। कसरी पढाउने?’ 

_x000D_ _x000D_

मैले भिडियो खिच्न छाडेँ। पालैपालो कुपोषणले ग्रस्त भाइबहिनीको अनुहारमा हेरेँ। जति हेर्दै गएँ, त्यति मन अमिलिँदै गयो। 

_x000D_ _x000D_

दुःखी-गरिबले मिठोगुलियो खाने भनेकै चाडपर्वमा हो। कृष्ण जन्माष्टमीलाई बाजुरामा विशेष पर्वकै रुपमा लिइन्छ। त्यो दिन सकेसम्म मिठोमसिनो खाने चलन छ। 

_x000D_ _x000D_
_x000D_

उनीहरु मावलीबाट थप निराशा बोकेर फर्किएछन् घरमा। घर के भन्नु ओतमा। आमाबुवाबिनाको घर ओत मात्रै न हो।

_x000D_
_x000D_ _x000D_

सबैको घरमा मिठो पाक्दा उनीहरुलाई आशा जाग्ने नै भयो। उनीहरुको मिठो खाने एउटै आशा थियो मावली। 

_x000D_ _x000D_

‘नांगो खुट्टा, भोको पेट, पुरानो लुगा लगाएर चार घन्टाको बाटो हिँड्दै मावली पुगेछन्। तर, उनीहरुलाई मावलीले पनि वास्ता नगरेपछि भोकभोकै घर फर्किंदै थिए। मैले आलु उसिनेर ल्याएकी थिएँ। त्यही दिएँ,’ उनीहरुलाई भेट्न जानुअघि बाटो खन्दै गरेकी एक महिला अरुसँग कुरा गरिरहेकी थिइन्। 

_x000D_ _x000D_

उनीहरु मावलीबाट थप निराशा बोकेर फर्किएछन् घरमा। घर के भन्नु ओतमा। आमाबुवाबिनाको घर ओत मात्रै न हो।  

_x000D_ _x000D_

_x000D_ _x000D_

यो घटनाले मलाई भावुक बनाइसकेको थियो। तर, पत्रकारिता भावुकता मात्रै होइन। यथार्थ बुझ्न म उनीहरु भएको ठाउँमा पुगेँ।

_x000D_ _x000D_

मैले उनीहरुको भिडियो मेरो फेसबुकमा पोस्ट गरेँ। म कार्यरत नेपाल टेलिभिजन लगायत अरु केही सञ्चारमाध्यममा पठाए। भिडियोमा केही सहयोगी मन भएकाहरुको नजर परेछ। तीमध्ये बेलायत बस्ने इशा गुरुङ, काठमाडौं बस्ने खुसी राई लगायत धेरैले भिडियो शेयर गरेर सहयोग गर्न अपिल गरे।

_x000D_ _x000D_

भोलिपल्टदेखि नै देश-विदेशबाट आर्थिक सहयोग जुट्न थाल्यो। प्रतिनिधिसभाकी सदस्य रामकुमारी झाँक्रीले फोन गरेर सहयोगको वाचा गरिन्। थुप्रै अधिकारकर्मी, नेता र विदेशमा बस्ने नेपालीले आर्थिक सहयोग गरे। केहीले त भिडियो हेरेपछि आफू रोएको बताए।  

_x000D_ _x000D_
_x000D_

एसओएसले सबै प्रक्रिया पुर्‍याएर ती भाइबहिनीको जिम्मा लियो। अहिले उनीहरु अभिभावकको वियोग र अभावको कष्टलाई बिस्तारै भुल्ने कोसिसमा छन्।

_x000D_
_x000D_ _x000D_

उनीहरुको रिपोर्ट प्रकाशन/प्रसारण भएपछि एसओएस बालग्रामले पनि थाहा पाएछ। एसओएस धनगढीका निर्देशक पदम हमालको नेतृत्वमा टोली केही दिनअघि बाजुरा आइपुग्यो।

_x000D_ _x000D_

एसओएसले सबै प्रक्रिया पुर्‍याएर ती भाइबहिनीको जिम्मा लियो। विभिन्न व्यक्तिले सहयोग गरेको ५ लाख रकम राष्ट्रिय वाणिज्य बैंकको मुद्दती खातामा प्रमुख जिल्ला अधिकारी संरक्षक हुने गरी उनीहरुकै नाममा जम्मा गरियो।

_x000D_ _x000D_

अहिले उनीहरु अभिभावकको वियोग र अभावको कष्टलाई बिस्तारै भुल्ने कोसिसमा छन्।

_x000D_ _x000D_

OOO

_x000D_ _x000D_

एक दशकभन्दा धेरै समय पत्रिकारितामै बितिसकेको छ। तर, पहिलोपल्ट यतिबेला पत्रकार हुनुको असली आनन्द महसुस गरिरहेको छु। पत्रकारिता समाचार संकलन र सूचना सम्प्रेषण मात्र होइन। त्यसले पार्ने असर प्रभाव पनि हो। जसमा आफ्नो पनि कर्तव्य हुँदो रहेछ।

_x000D_ _x000D_

ती भाइबहिनीलाई पहिलोपल्ट भेट्दाखेरि खसेका अनि एसओएस बालग्रामका लागि बिदाइ गर्दैगर्दा खसेका आँसु त उस्तै थिए। तर, अघिल्लोचोटि आँसु झरेपछि मन गह्रौं भएको थियो भने। अहिले मन शीतल बनेको छ। 

_x000D_ _x000D_

(सिंह बाजुराबाट पत्रकारिता गरिरहेका छन्।)

प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो
कान्ति लोकपथ पनि अवरुद्ध
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो शुक्रबार, असोज ९, २०८३
कान्ति लोकपथ पनि अवरुद्ध शुक्रबार, असोज ९, २०८३
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता शुक्रबार, असोज ९, २०८३
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द शुक्रबार, असोज ९, २०८३
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्