• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सौन्दर्य कुर्दै साँखु

64x64
नेपाल लाइभ मंगलबार, असोज ९, २०७५  ०३:५३
1140x725

काठमाडौं– ‘काठमाडौंदेखि उत्तर–पूर्वमा रहेको साँखु शहरको ऐतिहासिकता बुझेका सबैको चित्त दुखेको छ’, शंखरापुर नगरप्रमुख सुवर्ण श्रेष्ठले एकै स्वासमा गुनासो गरे, ‘साँखुसँग जुन वैभव र परम्परा थियो, त्यो मासिएला कि भन्ने चिन्ता हो।’

_x000D_ _x000D_

हुन पनि साँखु हिजोको जस्तो छैन। भत्केका घरका अवशेष, छरपस्ट मठ–मन्दिर र टेको लगाइएका भवनले साँखुको साख अवगत भएको देखाउँछ। लाग्दछ, यो शिशिरले थलिएको वृक्ष हो।

_x000D_ _x000D_

भूकम्प गएको झन्डै चार वर्ष भइसक्दा पनि राजधानीभित्रकै प्राचीन, ऐतिहासिक तथा पुरातात्विक महत्वको शहर साँखुमा घरहरू अझै पुनर्निर्माण हुन सकेका छैनन्। वि.सं. २०७२ को भूकम्पबाट प्राचीन शहर साँखु बजारका मौलिक शैलीका धेरै घरहरु क्षतिग्रस्त भए। अहिलेसम्म भत्किएका धेरै घरहरु बनिसक्नुपर्थ्याे। तर, यहाँ पुनर्निर्माणको कामले गति लिएकाे देखिएको छैन। 

_x000D_ _x000D_

साँखुलाई लिच्छवीकालीन शहर मानिन्छ। 

_x000D_ _x000D_

प्राध्यापक डाक्टरद्वय डिल्लीराज शर्मा र टेकबहादुर श्रेष्ठले लेखेको एउटा पुस्तक छ 'साँखु: हिस्टोरिकल एन्ड कल्चरल हेरिटेज'। यसमा साँखुको ऐतिहासिक र सांस्कृतिक पक्ष गज्जबले व्याख्या गरिएको छ। पुस्तकमा साँखु क्षेत्रको बसोबास, बज्रयोगिनी देवीको ऐतिहासिक र धार्मिक महत्व, त्यस वरिपरि छरिएका कला र वास्तुकलाको रचना तथा साँखुमा मनाइने चाडपर्व र जात्राको विस्तृत अध्ययन समावेश गरिएको छ।

_x000D_ _x000D_

इतिहासकारद्वय शर्माका अनुसार साँखु करीब ३ हजार ३ सय वर्ष पुरानो इतिहास बोकेको बस्ती हो। शंखरापुर नगरपालिकाको ढिलासुस्ती, लामो समयसम्म कसले पुनर्निर्माण गर्ने भन्ने अन्योल, आर्थिक भार, जग्गा विवादलगायतका कारण साँखु बजार क्षेत्रको पुनर्निर्माण हुन नसकेको स्थानीयवासी बताउँछन्। 

_x000D_ _x000D_

भूकम्पको दुई वर्षसम्म नगरपालिकाले शहरको पुनर्निर्माण कसरी गर्ने भन्ने डिजाइनसहित नक्सा तयार गर्न सकेन। दुई वर्षपछि मात्रै ऐतिहासिक घरहरूको पुनर्निर्माण पुरानै शैलीमा गर्ने निर्णय गर्‍यो। 

_x000D_ _x000D_

‘ऐतिहासिक शहर भएकाले पुनर्निर्माण कुन शैलीमा गर्ने र कसले गर्ने भन्ने अन्योल दुई वर्षसम्म कायम रह्यो, त्यसैले पनि पुनर्निर्माणमा ढिलाइ भयो’, नगरप्रमुख श्रेष्ठले सुनाए, ‘कतिपय अवस्थामा हाम्रो पनि कमजोरी रह्यो।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

_x000D_ _x000D_

नगरपालिकाले पुरानै शैलीमा घरहरू पुनर्निर्माण गर्ने निर्णय गरे पनि डिजाइनलगायतका काम छिटोछरितो तबरबाट हुन नसकेको तर्क उनको छ। ‘शहरको पुनर्निर्माण पुरानै शैलीमा गर्ने निर्णय भए पनि आवश्यक जनशक्ति नहुँदा स्थानीयवासीलाई समयमै नक्सालगायतका प्राविधिक सहयोग उपलब्ध गराउन सकिएन’, नगरप्रमुख श्रेष्ठले भने।

_x000D_ _x000D_

शहरको पुनर्निर्माण कसले गर्ने, नक्सा र प्राविधिक जनशक्ति कसरी व्यवस्थापन गर्नेजस्ता विषय समयमै टुङ्गो नलागेर शहर पुनर्निर्माणमा ढिलाइ भएको स्विकाराेक्ति अरु सरोकारवालाको पनि छ। पीडित टहरामै बसिरहँदा सिंहदरबारबाट करीब २० किलोमिटरको दूरीमा रहेको साँखुमा भूकम्पको एक वर्षसम्म एक जना इन्जिनियरसम्म पुगेनन्। पीडितहरु ३ वर्षसम्म पालमै बस्न बाध्य भए।

_x000D_ _x000D_

एकातिर सम्बन्धित निकाय पुनर्निर्माणमा उदासीन देखिए भने अर्कोतर्फ सरकारी सहयोग नपाएका केही स्थानीयवासीले पुरानै शैलीमा घर बनाउन सुरु गरे। तर, अत्याधिक महङ्गो पर्ने भएपछि हच्किए। ‘अहिलेको बजार मूल्यअनुसार पुरानै शैलीमा घर पुनर्निर्माण गर्दा एउटा घर बन्न ५० देखि ९० लाख रुपैयाँसम्म खर्च लाग्ने रहेछ’, प्रविधिज्ञलाई उद्धृत गर्दै शंखरापुर-७ का दिनेशलाल श्रेष्ठले भने, ‘म स्वयंले अहिले घर पुनर्निर्माण गरिरहेको छु।’

Xtrem

Xtrem
_x000D_ _x000D_

पुरानै शैलीमा घर निर्माण गर्न अहिले दक्ष कामदारको समेत अभाव भएको गुनासो साँखुवासीको रहेछ। ‘लिच्छवीकालीन झ्यालढोकाको निर्माणका लागि कालिगढै पाइँदैन, पाइहाले पनि अत्यधिक महङ्गो र ढिलो काम हुँदा साँखुवासी पीडित छन्’, श्रेष्ठले भने, ‘घर निर्माण हुनै दुई–तीन वर्ष लाग्ला जस्तो छ।’

_x000D_ _x000D_

_x000D_ _x000D_

यहाँका बासिन्दालाई पुरानो शैलीमा घर निर्माण गर्नुैपर्ने बाध्यता छ र त्यसका लागि बजार मूल्य जति नै बढे पनि बेहोर्न उनीहरु तयार हुनुपर्छ। यसैकारण पीडितहरुलाई चार वर्षसम्म टहरामा कष्टकर जीवन जिउनुपर्ने बाध्यता आइपरेको गुनासो स्थानीयवासी दिवश श्रेष्ठले गरे।

_x000D_ _x000D_

नगरपालिकाले भत्किएका घरहरू पुरानै शैलीमा पुनर्निर्माण गर्ने त भन्यो तर, कसरी गर्ने, सुलभ र सजिलो तरीका के हुन सक्छ, आर्थिक अवस्था कमजोर भएका बासिन्दालाई के सहयोग गर्ने भन्ने विषयमा निर्णय नगरिदिँदा पुनर्निर्माणमा झनै समस्या परेको अर्का स्थानीयवासी शंखरापुर–७ कै बलराम श्रेष्ठ गुनासाे गर्छन्। ‘सरकारले उपलब्ध गराउने ३ लाख र नगरपालिकाले घर निर्माण सम्पन्न गरेपछि दिने भनेको १ लाख रुपैयाँले एक जाेडा झ्यालढोका पनि आउँदैन, कसरी पुनर्निर्माण गर्ने?’ उनको प्रश्न छ।

_x000D_ _x000D_

साँखु चाहर्दै गर्दा भेटिइन् स्थानीयवासी संगीता श्रेष्ठ। उनले आफ्नो घरको पुनर्निर्माण सम्पन्न गरिसकेकी रहेछिन्। ९० लाख लागेछ खर्च। भनिन्, ‘झ्याल बनाउन मात्र बाँकी छ, अरु सम्पूर्ण निर्माणका काम सकिए। पुर्खाको पालादेखिको घर हो, जति दुःख र ऋण भए पनि बनाउनुपर्छ भनेर पुरानै शैलीमा निर्माण थालें। अहिले तेस्रो तला निर्माण गरिसक्दा झ्याल बाहेक ९० लाख रुपैयाँ खर्च भइसक्यो।’ 

_x000D_ _x000D_

भएको जग्गा समेत बेचेर पुरानै शैलीमा आवास पुनर्निर्माण गरेको संगीताले बताइन्। हुनेले ऋण लिएर वा जग्गा बेचेर पुनर्निर्माण सुरु गरेका छन् तर नहुनेले अझै बनाउन सकेका छैनन्। सरकारले उपलब्ध गराउने ३ लाख रुपैयाँको अनुदानबाट एकजोर झ्यालसम्म नआउने भएपछि स्थानीयवासी पुरानो शैलीमा घर निर्माण गर्ने कि नगर्ने भन्ने द्विविधामा थिए। तर, नगरपालिकाले पुरानो शैलीमा घर पुनर्निर्माण नगरे अनुदान रोक्ने र नगरपालिकाको तर्फबाट दिइने थप १ लाख रुपैयाँ सहयोग पनि नदिने बताएपछि स्थानीयवासी अहिले बैंकबाट चर्को व्याज र जग्गा जमीन बेचेरै भए पनि पुनर्निर्माण गर्न लागेका छन्। संगीताले भनिन्, ‘१८ प्रतिशत व्याजमा ऋण लिएर पुरानै शैलीमा घर बनाउनेहरु अरु पनि छन्।’

_x000D_ _x000D_

पुरानो शैलीमा घर निर्माण नगरे ३ लाख रुपैयाँको सरकारी अनुदान रोक्ने र नगरपालिकाको तर्फबाट दिइने थप १ लाख रुपैयाँ नदिने नगर कार्यपालिकाले निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिंखडाले बताए। भने, 'हामीले पनि पुरानो शैलीलाई प्राथमिकतामा राखेको हो।’

_x000D_ _x000D_

स्थानीयवासी सुरेन्द्र श्रेष्ठले साँखुको ऐतिहासिक पहिचान र अस्तित्व बचाउन परम्परागत शैलीमा घर निर्माण गर्नुपर्ने नगरपालिकाको निर्णयअनुसार घर सम्पन्न गरेको बताए। उनका अनुसार साढे ३ तलाको घर निर्माणमा ४२ लाख १५ हजार रुपैयाँ खर्च भयो। 

_x000D_ _x000D_

उनले भने, ‘मौलिकता झल्किने घर निर्माणका लागि बुट्टेदार काठका झ्याल र ढोका प्रयोग गर्दा लागत निकै बढ्छ। मैले घरको चारवटा झ्याल निर्माणमा मात्रै ३ लाख रुपैयाँ खर्चिनु पर्यो। भूकम्पले आंशिक क्षति पारेको मूल ढोका भने मर्मत गरेर पुरानै राखें।’

_x000D_ _x000D_

_x000D_ _x000D_

सरकारले बिना धितो ऋण वा सहुलियतपूर्ण ऋण वा व्यक्तिगत तवरमा हुने पुनर्निर्माणमा अतिरिक्त अनुदानको व्यवस्था गरिदिएको भए शहरको मौलिकता नमर्ने गरी पुनर्निर्माण गर्न सकिने स्थानीयवासीको भनाइ छ। नगरपालिका, पुरातत्व विभाग र पुनर्निर्माण प्राधिकरण कुनैले पनि यसका लागि पहल नगरेको उनीहरुको दुखेसो छ। बैंकबाट ऋण पनि सजिलै पाइँदैन।

_x000D_ _x000D_

यता, नगरप्रमुख श्रेष्ठले शहरको मौलिकता नझल्किने गरी घर निर्माण गर्न नदिएको प्रष्ट पारे। घरमा सटर हाल्न पाइँदैन। ढोका झ्याल काठकै पुराना शैलीको हाल्नुपर्नेछ। तेस्रो तलासम्म छत राख्न पाइने गरी नियम बनाइएको र सोहीअनुसार पुनर्निर्माण भइरहेको उनले जानकारी दिए। परम्परागत शैलीका घर पुरानै जगमा बनाउनुपर्नेछ र त्यसमा सडक मापदण्डले कुनै फरक पार्दैन। 

_x000D_ _x000D_

पुरानै शैलीमा घरहरू पुनर्निर्माण गर्ने भनिए पनि नगरपालिकासँग स्थानीयवासीलाई सहयोग गर्ने कुनै योजना भएको देखिँदैन। नगरप्रमुख भन्छन्, ‘पुरानै शैलीमा घर बनाए १ लाख रुपैयाँ दिन्छौँ।’ यस्ता घर बनाउन लाग्ने कुल लागतको तुलनामा यो सहयोग नगन्य हो।

_x000D_ _x000D_

साँखुमा परम्परागत शैलीका १ हजार घर थिए। जसमध्ये, ३ सय वटामा आंशिक क्षति पुगेको थियो। बाँकी ७ सय घर पूर्णरुपमा क्षतिग्रस्त भएको नगरपालिकाको तथ्याङ्क छ। पुनर्निर्माण प्राधिकरणले दिएको जानकारीअनुसार ७ सयमध्ये १ सय ५० वटा सम्पन्न हुने चरणमा छन्। ६ वटा घर बनिसके।

_x000D_ _x000D_

_x000D_ _x000D_

भूकम्पमा परी शंखरापुर नगरपालिकामा मात्र २६ पुरुष र ७२ महिला गरी ९८ जनाको मृत्यु भएको थियोे। यहाँ ६ हजार ४ सय ५२ घर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो।

_x000D_ _x000D_

जनस्तरबाट मात्र हैन सरकारका तर्फबाट पनि यस्ता ऐतिहासिक संरचनाहरूको जगेर्ना गर्ने काम तदारुकताका साथ भइदिए त्यसले साँखुको वैभवपूर्ण सांस्कृतिक सम्पदालाई चिरकालसम्म बचाइराख्न सहयोग पुग्ने पुरातत्वविद् डा श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘यसमा स्थानीयवासीको चाहना सम्बोधन हुनै पर्छ।’

_x000D_ _x000D_

(तस्बिरहरुः ऋषी अधिकारी र ट्राभल एडभाइजर)

प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  ०३:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो
कान्ति लोकपथ पनि अवरुद्ध
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो शुक्रबार, असोज ९, २०८३
कान्ति लोकपथ पनि अवरुद्ध शुक्रबार, असोज ९, २०८३
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता शुक्रबार, असोज ९, २०८३
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द शुक्रबार, असोज ९, २०८३
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्