• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बाढीले तीन छोरी गुमाएका कमीलाल भन्छन् - जुम्ल्याहा बच्चा त भए, घर छैन, जोगाउने कसरी?

64x64
नेपाल लाइभ मंगलबार, असोज ९, २०७५  ००:५६
1140x725

नेपालगन्ज- २०७४ साउन २९ गते बाँकेको लालपुर गाउँमा बाढी पस्यो। बाढीले लालपुर गाउँका दुई दर्जन घर भत्किए। घर भत्किएर च्यापिदा कमीलालका तीनजना छोरीको ज्यान गयो। बाढीको पानीले डुबेको लालपुर गाउँ ठूलो शोकमा डुब्यो।

_x000D_ _x000D_

तीन–तीन जना छोरी एकै पटक गुमाउँदा कमीलाल सन्तानविहीन मात्रै भएनन्, उनको खुशी र भविष्यमाथि नै ठूलो वज्रपात आइपर्यो।

_x000D_ _x000D_

तीन जना छोरी, बस्ने घर र खाद्यान्न सहितका सामाग्री एकसाथ गुमाएका कमीलालले दिवंगत छोरीको काजक्रिया सम्म पनि समयमा गर्न सकेनन्। थारू समुदायमा कुल देवता राख्ने र मान्छे बस्ने घर नहुँदासम्म काजक्रिया गर्नु हुँदैन भन्ने मान्यताले कमीलाल निकै दुःखी भए। तर उनीसँग त्यस्तो पीडादायी क्षणको सामना गर्नुको कुनै विकल्प थिएन। कमीलालको पीडामा मलमपट्टी लगाएर सहयोग गर्न धेरै सहयोगी हात अगाडि बढे।

_x000D_ _x000D_

आफन्त, छिमेकी, नेपाली सेना, विभिन्न संघसंस्था र सरकारले कमीलाललाई सहयोग गरे। केही समय सहयोगको ओइरो नै लाग्यो। कसैले खाद्यान्न दिए, कसैले कपडा दिए भने कसैले नगद सहयोग गरे। नेपाली सेनाका जवानले उनको भत्किएको घरका सामान निकालिदिए। त्रिपालको सानो घर पनि बनाइदिए। केही समयपछि छिमेकीले ओत लाग्न मिल्ने गरी कच्ची घर बनाई दिए। 

_x000D_ _x000D_

घर बनेपछि कमीलालले घरमा कूलदेव स्थापना गरे। तीनजना छोरीको काजक्रिया गरे। सन्तान वियोगको पीडा विस्तारै कम हुँदै गयो। कमीलाल र उनकी श्रीमती नयाँ आशा र उत्साहका साथ जीवन अगाडि बढाउँदै गए। दाताको सहयोगकै कारण कमीलालले घरमा नै सानो पसल खोले। उनीहरुको जीवनले विस्तारै लय पक्रन थाल्यो। एकसाथ तीन छोरी गुमाएका कमीलालकी श्रीमती फुलकुमारी गर्भवती भईन्। श्रीमती गर्भवती भएपछि सन्तानविहीन हुनुको पीडा कम हँुदै गयो। दिन बित्दै गए।

_x000D_ _x000D_

_x000D_ _x000D_

फुलकुमारीलाई प्रसुति व्यथाले च्याप्यो। कमीलालले एम्बुलेन्समा राखेर फुलकुमारीलाई गाउँकै हेल्थपोष्ट पुर्याए। फुलकुमारीको पेटमा दुई सन्तान भएकाले जति सक्यो छिटो गरी भेरी अञ्चल अस्पताल पुर्याउन हेल्थपोष्टका स्वास्थ्यकर्मीले सल्लाह दिए। असोज ७ गते बिहान फुलकुमारीले अप्रेसन बिनै जुम्ल्याहा बच्चा जन्माइन्। छोरा र छोरी।

_x000D_ _x000D_

कमीलाल र फुलकुमारीको जीवनमा फेरि नयाँ आशा र उत्साह थपियो। जुम्ल्याहा बच्चा जन्मिएपछि कमीलाल र फुलकुमारी मख्ख छन्। कमीलालले खुसी व्यक्त गर्दै भने ‘भगवानले कहिले पीडा त कहिले खुशी दिँदा रहेछन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

मेरो पीडालाई हेरेर भगवानले मलाई एकसाथ दुई बच्चा दिनुभयो। म निक्कै खुशी छु। फुलकुमारी पनि धेरै खुशी छिन्। जुम्ल्याहा बच्चामध्ये छोरा स्वस्थ छ। छोरीको स्वास्थ्यमा केही समस्या देखिएका कारण आइसियुमा राखेको छु। नर्सले भोलिसम्म राख्नुपर्छ भनेका छन्।  

_x000D_ _x000D_

दुई दिन अस्पतालमा बसेर कमीलाल र फुल कुमारी जुम्ल्याहा बच्चा लिएर घर फर्किएका छन्। घर फर्कनासाथ उनीहरूमा जुम्ल्याहा बच्चालाई कसरी सुरक्षित रुपमा हुर्काउने भन्ने चुनौती थपिएको छ। सरकारले घर बनाउन ३ लाख ५० हजार रुपैयाँ दिने भनेर घोषणा त गरेको छ। तर एक वर्ष बितिसके पनि अहिलेसम्म उनका हातमा उक्त पैसा परेको छैन। सरकारले पैसा दिएपछि घर बनाउँला भनेर पर्खिएका कमीलाल र फुलकुमारीको परिवार अहिले पनि असुरक्षित र जोखिमपूर्ण घरमा नै बस्न विवश छन्। 

_x000D_ _x000D_

पुरानो घर अहिलेको काम चलाउ घरभन्दा बलियो थियो। तैपनि बाढीले भत्काई दियो। नयाँ घर पुरानो घरभन्दा निकै कमजोर छ। फेरि बाढी आयो भने कसरी बाचौंला। जुम्ल्याहा बच्चा कसरी जोगाउने होला भन्ने चिन्ता अझै उस्तै छ। 

_x000D_ _x000D_

राप्ती नदीको किनारामा रहेको कमीलालको गाउँ बाढीको उच्च जोखिममा छ। जोखिमबाट बचाउन सरकारले कुनै ठोस योजना ल्याएको छैन।

Xtrem

Xtrem
_x000D_ _x000D_

यस वर्ष साउन–भदौमा बाढीमा नआएका कारण हालसम्म कुनै समस्या भएको छैन। छिमेकीको सहयोगमा बनेको कमीलालको घर कच्ची मात्रै छैन, घरमा प्रयोग गरिएका खाँबा काचो सिसौका छन्। मोटोमा गाडिएका काँचो सिसौका खाँबा माटो र पानीबाट छिट्टै सड्ने भएकाले कुनै पनि बेला भत्कन सक्ने जोखिम छ। 

_x000D_ _x000D_

कमीलाल आफ्नो घरमा सिसौको सट्टा खयरका अलि बलिया खाँबा हाल्न चाहान्थे। तर, उनले खयरका खाँबा गाउँमा पाउन सकेनन्। गाउँको सामुदायिक वनबाट खयर पाउने आशा गरेपनि तत्काल सामुदायिक वनले कमीलाललाई खयरका खाँबा दिन सकेन। बाढीपछि कमीलाललाई सहयोग गर्न विभिन्न संघसंस्था उनको गाउँ पुगे।

_x000D_ _x000D_

प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँमा नै पुगेर राहात वितरण गरे। केही रकम पनि संकलन त भएको थियो तर सुरक्षित घर बनाउन सो रकम पर्याप्त थिएन। सुरक्षित घर बनाउन प्राविधिक एवम् आर्थिक रुपमा सहयोग गर्ने सरकारी तथा गैह्रसरकारी संघसस्थाको खोजीमा छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

 

_x000D_ _x000D_

गाउँमा कमीलाल लगायत करीब एक सय परिवार छन्। उनीहरु सबैका घर कच्ची र असुरक्षित छन्। साेही दिन अाएको बाढीले दुई दर्जन घरपरिवार विस्थापित भएका थिए, सबैको घर बन्न सकेको छैन। २ कठ्ठा जग्गा मात्रै भएका कमीलाल मजदुरी गरेर जीविका चलाउँदै आएका छन्। ‘कमाइजति दैनिक हुने खानपानमा नै सकिन्छ, जुम्ल्याहा बच्चा छन्, घर बनाउन सकिएन’ दुःखमिश्रित स्वरमा कमीलालले भने। 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  ००:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह
आज इन्द्रजात्रा पर्व मनाइँदै
गाक्पोको गोलमा हारबाट जोगियो नेदरल्यान्ड्स
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह शुक्रबार, असोज ९, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै शुक्रबार, असोज ९, २०८३
गाक्पोको गोलमा हारबाट जोगियो नेदरल्यान्ड्स शुक्रबार, असोज ९, २०८३
बालेनले भने– नेपाल एक्लैले जलवायु उत्थानशीलता निर्माण गर्न सक्दैन शुक्रबार, असोज ९, २०८३
साना र गरिब देशहरूको उपस्थिति महसुस हुने संयुक्त राष्ट्रसंघ चाहिन्छ : शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्