• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बाढीले तीन छोरी गुमाएका कमीलाल भन्छन् - जुम्ल्याहा बच्चा त भए, घर छैन, जोगाउने कसरी?

64x64
नेपाल लाइभ मंगलबार, असोज ९, २०७५  ००:५६
1140x725

नेपालगन्ज- २०७४ साउन २९ गते बाँकेको लालपुर गाउँमा बाढी पस्यो। बाढीले लालपुर गाउँका दुई दर्जन घर भत्किए। घर भत्किएर च्यापिदा कमीलालका तीनजना छोरीको ज्यान गयो। बाढीको पानीले डुबेको लालपुर गाउँ ठूलो शोकमा डुब्यो।

_x000D_ _x000D_

तीन–तीन जना छोरी एकै पटक गुमाउँदा कमीलाल सन्तानविहीन मात्रै भएनन्, उनको खुशी र भविष्यमाथि नै ठूलो वज्रपात आइपर्यो।

_x000D_ _x000D_

तीन जना छोरी, बस्ने घर र खाद्यान्न सहितका सामाग्री एकसाथ गुमाएका कमीलालले दिवंगत छोरीको काजक्रिया सम्म पनि समयमा गर्न सकेनन्। थारू समुदायमा कुल देवता राख्ने र मान्छे बस्ने घर नहुँदासम्म काजक्रिया गर्नु हुँदैन भन्ने मान्यताले कमीलाल निकै दुःखी भए। तर उनीसँग त्यस्तो पीडादायी क्षणको सामना गर्नुको कुनै विकल्प थिएन। कमीलालको पीडामा मलमपट्टी लगाएर सहयोग गर्न धेरै सहयोगी हात अगाडि बढे।

_x000D_ _x000D_

आफन्त, छिमेकी, नेपाली सेना, विभिन्न संघसंस्था र सरकारले कमीलाललाई सहयोग गरे। केही समय सहयोगको ओइरो नै लाग्यो। कसैले खाद्यान्न दिए, कसैले कपडा दिए भने कसैले नगद सहयोग गरे। नेपाली सेनाका जवानले उनको भत्किएको घरका सामान निकालिदिए। त्रिपालको सानो घर पनि बनाइदिए। केही समयपछि छिमेकीले ओत लाग्न मिल्ने गरी कच्ची घर बनाई दिए। 

_x000D_ _x000D_

घर बनेपछि कमीलालले घरमा कूलदेव स्थापना गरे। तीनजना छोरीको काजक्रिया गरे। सन्तान वियोगको पीडा विस्तारै कम हुँदै गयो। कमीलाल र उनकी श्रीमती नयाँ आशा र उत्साहका साथ जीवन अगाडि बढाउँदै गए। दाताको सहयोगकै कारण कमीलालले घरमा नै सानो पसल खोले। उनीहरुको जीवनले विस्तारै लय पक्रन थाल्यो। एकसाथ तीन छोरी गुमाएका कमीलालकी श्रीमती फुलकुमारी गर्भवती भईन्। श्रीमती गर्भवती भएपछि सन्तानविहीन हुनुको पीडा कम हँुदै गयो। दिन बित्दै गए।

_x000D_ _x000D_

_x000D_ _x000D_

फुलकुमारीलाई प्रसुति व्यथाले च्याप्यो। कमीलालले एम्बुलेन्समा राखेर फुलकुमारीलाई गाउँकै हेल्थपोष्ट पुर्याए। फुलकुमारीको पेटमा दुई सन्तान भएकाले जति सक्यो छिटो गरी भेरी अञ्चल अस्पताल पुर्याउन हेल्थपोष्टका स्वास्थ्यकर्मीले सल्लाह दिए। असोज ७ गते बिहान फुलकुमारीले अप्रेसन बिनै जुम्ल्याहा बच्चा जन्माइन्। छोरा र छोरी।

_x000D_ _x000D_

कमीलाल र फुलकुमारीको जीवनमा फेरि नयाँ आशा र उत्साह थपियो। जुम्ल्याहा बच्चा जन्मिएपछि कमीलाल र फुलकुमारी मख्ख छन्। कमीलालले खुसी व्यक्त गर्दै भने ‘भगवानले कहिले पीडा त कहिले खुशी दिँदा रहेछन्।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

मेरो पीडालाई हेरेर भगवानले मलाई एकसाथ दुई बच्चा दिनुभयो। म निक्कै खुशी छु। फुलकुमारी पनि धेरै खुशी छिन्। जुम्ल्याहा बच्चामध्ये छोरा स्वस्थ छ। छोरीको स्वास्थ्यमा केही समस्या देखिएका कारण आइसियुमा राखेको छु। नर्सले भोलिसम्म राख्नुपर्छ भनेका छन्।  

_x000D_ _x000D_

दुई दिन अस्पतालमा बसेर कमीलाल र फुल कुमारी जुम्ल्याहा बच्चा लिएर घर फर्किएका छन्। घर फर्कनासाथ उनीहरूमा जुम्ल्याहा बच्चालाई कसरी सुरक्षित रुपमा हुर्काउने भन्ने चुनौती थपिएको छ। सरकारले घर बनाउन ३ लाख ५० हजार रुपैयाँ दिने भनेर घोषणा त गरेको छ। तर एक वर्ष बितिसके पनि अहिलेसम्म उनका हातमा उक्त पैसा परेको छैन। सरकारले पैसा दिएपछि घर बनाउँला भनेर पर्खिएका कमीलाल र फुलकुमारीको परिवार अहिले पनि असुरक्षित र जोखिमपूर्ण घरमा नै बस्न विवश छन्। 

_x000D_ _x000D_

पुरानो घर अहिलेको काम चलाउ घरभन्दा बलियो थियो। तैपनि बाढीले भत्काई दियो। नयाँ घर पुरानो घरभन्दा निकै कमजोर छ। फेरि बाढी आयो भने कसरी बाचौंला। जुम्ल्याहा बच्चा कसरी जोगाउने होला भन्ने चिन्ता अझै उस्तै छ। 

_x000D_ _x000D_

राप्ती नदीको किनारामा रहेको कमीलालको गाउँ बाढीको उच्च जोखिममा छ। जोखिमबाट बचाउन सरकारले कुनै ठोस योजना ल्याएको छैन।

_x000D_ _x000D_

यस वर्ष साउन–भदौमा बाढीमा नआएका कारण हालसम्म कुनै समस्या भएको छैन। छिमेकीको सहयोगमा बनेको कमीलालको घर कच्ची मात्रै छैन, घरमा प्रयोग गरिएका खाँबा काचो सिसौका छन्। मोटोमा गाडिएका काँचो सिसौका खाँबा माटो र पानीबाट छिट्टै सड्ने भएकाले कुनै पनि बेला भत्कन सक्ने जोखिम छ। 

_x000D_ _x000D_

कमीलाल आफ्नो घरमा सिसौको सट्टा खयरका अलि बलिया खाँबा हाल्न चाहान्थे। तर, उनले खयरका खाँबा गाउँमा पाउन सकेनन्। गाउँको सामुदायिक वनबाट खयर पाउने आशा गरेपनि तत्काल सामुदायिक वनले कमीलाललाई खयरका खाँबा दिन सकेन। बाढीपछि कमीलाललाई सहयोग गर्न विभिन्न संघसंस्था उनको गाउँ पुगे।

_x000D_ _x000D_

प्रधानमन्त्री शेरबहादुर देउवाले गाउँमा नै पुगेर राहात वितरण गरे। केही रकम पनि संकलन त भएको थियो तर सुरक्षित घर बनाउन सो रकम पर्याप्त थिएन। सुरक्षित घर बनाउन प्राविधिक एवम् आर्थिक रुपमा सहयोग गर्ने सरकारी तथा गैह्रसरकारी संघसस्थाको खोजीमा छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

 

_x000D_ _x000D_

गाउँमा कमीलाल लगायत करीब एक सय परिवार छन्। उनीहरु सबैका घर कच्ची र असुरक्षित छन्। साेही दिन अाएको बाढीले दुई दर्जन घरपरिवार विस्थापित भएका थिए, सबैको घर बन्न सकेको छैन। २ कठ्ठा जग्गा मात्रै भएका कमीलाल मजदुरी गरेर जीविका चलाउँदै आएका छन्। ‘कमाइजति दैनिक हुने खानपानमा नै सकिन्छ, जुम्ल्याहा बच्चा छन्, घर बनाउन सकिएन’ दुःखमिश्रित स्वरमा कमीलालले भने। 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  ००:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस्
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्