• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बंगलादेशको प्रदर्शन: एसियाको सबैभन्दा शक्तिशाली महिला शेख हसिनालाई विद्यार्थीहरुले कसरी सत्ताच्यूत गराए?

64x64
गोविन्द देवकोटा सोमबार, साउन २१, २०८१  १८:४१
1140x725

काठमाडौं– हिंस्रक प्रदर्शनका बीच बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिइन् र आफ्नी बहिनीका साथमा देशबाट बाहिरिएकी छिन्। शेख हसिना सन् २००९ देखि लगातार १५ वर्षसम्म प्रधानमन्त्री थिइन्। 

सोमबार उनको शासन सत्ता सकिएको छ। विगत १५ वर्षको शासनकालमा प्रधानमन्त्री हसिनाले बंगलादेशलाई गरिबीबाट मुक्त गराएको कैयौंको मान्यता छ।

जानकारहरुका अनुसार हसिनाको लगातार बढ्दै गएको तानाशाही प्रवृत्तिका कारण आजको परिस्थिति उत्पन्न भएको हो। तर उनको स्थिति अब कमजोर छ जति यसअघि कहिले थिएन।

यूनिभर्सिटी र कलेजका छात्रहरुको प्रदर्शन, देशभरमा व्यापक असन्तुष्टि, हत्याहिंसाका कारण भागदौडको स्थिति सिर्जना भयो। बंगलादेशको सरकारले प्रदर्शन रोक्नका लागि कोशिस गर्यो। तर मानिसहरु पछि हटेनन्। 

यसै दबाबका कारण अन्तत: शेख हसिना देश छाड्न बाध्य भइन्। अहिले उनी भारतको दिल्ली पुगेकी छिन्। भोलि उनी तेस्रो देश जानसक्ने बताइएको छ। 

पदबाट राजीनामा दिएर देश छाडेपछि प्रधानमन्त्री कार्यालयमा हजारौं प्रदर्शनकारी प्रवेश गरेका थिए। उनीहरुले त्यहाँ तोडफोड गर्दै भित्र रहेका फर्निचरसमेत उठाएका दृश्यहरु बंगलादेशका टेलिभिजनहरुमा देख्न सकिन्छ।

शान्त तर शक्तिशाली मानिएकी शेख हसिना देशको संस्थापक राष्ट्रपतिकी छोरी र कैयौंपटक आफ्नो जीवनमाथि नै आक्रमण र संकटबाट उम्किसकेकी छिन्। आफ्नो कार्यकालका क्रममा शेख हसिनाको सरकार देशको सीमा सुरक्षा बलको हिंस्रक विद्रोहबाटसमेत बचिसकेको थियो। त्यसमा ५७ सैन्य अधिकारी मारिएका थिए। 

उनी तीन विवादित आम निर्वाचनमासमेत निर्वाचित भएकी थिइन्। यी चुनावहरुबारे अन्तर्राष्ट्रिय समुदायमा आलोचना भएको थियो। मानवअधिकार उल्लंघनको आरोप र विपक्षी दलको कैयौंपटकको व्यापक प्रदर्शनको पनि सामना गरिसकेकी छिन्।

Ncell 2
Ncell 2
nimb
nimb

तर विद्यार्थी आन्दोलनमा देशभरका नागरिकहरु होमिएपछि उनको राजनीतिक जिवनमा सबैभन्दा चुनौती बन्यो। सर्वोच्च अदालतले विवादित कोटा व्यवस्था समाप्त गरेर विद्यार्थीको मुख्य मागलाई त पूरा गर्यो तर असन्तुष्टि समाप्त भएन। 

यी प्रदर्शनमा एक सयभन्दा बढी विद्यार्थीहरु मारिए। जबकी गत हप्ता सरकारविरुद्ध सुरु भएको जन–आन्दोलनको क्रममा ठूलो मात्रामा हिंसा भयो र ठूलो संख्यामा मानिसहरु मारिए। 

ओस्लो विश्वविद्यालयसँग जोडिएका डा मुबशर हुसैनका अनुसार यो अवस्था एकै दिनमा बनेको होइन। यद्दपि यो प्रेसर कुकर पड्किएजस्तै अवस्था बनेको उनको भनाइ छ। 

उनले एसियामा तानाशाही प्रवृत्तिमाथि गहिरो अध्ययन गरेका छन्। बीबीसीसँग कुरा गर्दै उनले भनेका छन्, ‘याद राख्नुहोस्, हामी यस्तो देशको कुरा गरिरहेका छौं जसको प्रेस स्वतन्त्रता सूचकांक रुसभन्दा पनि तल छ।’

Xtrem

Xtrem

उनी भन्छन्, ‘शेख हसिना र उनको पार्टीले मुक्ति संग्रामको भावनालाई अति राजनीतिकरण गर्यो। वर्षौंवर्ष नागरिकहरुलाई मताधिकारको मूल मानवअधिकारबाट वञ्चित राख्यो। र उनको सरकारको तानाशाही प्रवृत्तिले समाजको एक ठूलो वर्गलाई आक्रोशित बनायो। दुर्भाग्यवस उनी कहिले पनि समग्र देशको प्रधानमन्त्री बन्न सकिनन्। उनी आफ्नो समूहको मात्र प्रधानमन्त्री बनिरहिन्।’

उनी पछिल्लो एक सतायता भएको घटनाबाट कत्ति पनि हैरान छैनन्। बंगलादेशमा विद्यार्थीले सरकारी जागिरमा मुक्ति संग्रामका सेनानिका परिवारका लागि ३० प्रतिशत आरक्षणलाई समाप्त गर्नुपर्ने मागका साथ विरोध सुरु गरेका थिए। 

यो आरक्षण सन् १९७१मा स्वतन्त्रता संग्राम सेनानीका परिवारका लागि लागू गरिएको थियो। उच्च अदालतले यस विवादित कोटा व्यवस्थालाई यथावत राख्ने फैसला गरेपछि विद्यार्थीको आन्दोलन र प्रदर्शन तीव्र भएको थियो। 

सत्ताधारी दलका कार्यकर्ताहरुले प्रदर्शनकारीविरुद्ध आक्रमण गरेपछि यो प्रदर्शन अझै उग्र बनेको थियो। यद्दपि पछि बंगलादेशको सर्वोच्च अदालतले यो कोटा व्यवस्थालाई करिब समाप्त गरेको थियो। यता सरकारका तर्फबाट अदालतमा पेश भएका महाधिवक्ताले पनि यही संकेत गरेका थिए। यो मुद्दालाई सरकारले पनि समाधान गर्न चाहेको उनले बताएका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
गोविन्द देवकोटा
लेखकबाट थप
हिउँले ढाकिएको जोखिमपूर्ण बाटोमा काँधमाथि बिरामी र देशको दुर्दशा दर्शाउने यो तस्बिर
पुस पुन्नुवाँ : ‘रात ब्याउनू’ है साथ्यौ
नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्चको फैसलाविरुद्ध सत्तापक्ष-प्रतिपक्ष एकै ठाउँमा
सम्बन्धित सामग्री
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै असोज १४ गते प्रतिनिधिसभाको बैठकमा खत्रीले प्रेस काउन्सिललाई लक्षित गर्दै पत्रकार हुन् कि गुण्ड... बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै केन्द्रले २०८३ असोज १४ गते गरेको दैनिक अनुगमन तथा आवश्यक कारबाहीका लागि निर्देशनसम्बन्धी विवरणअनुसार गुल्मीका सरकारी कार्यालयसँगै का... बिहीबार, असोज १५, २०८३
भोटेकोसी बाढी प्रभावितलाई दिपक–हिमा दम्पत्तीको ११ लाख सहयोग विसी ग्रुप कर्णालीका अध्यक्ष युवा व्यवसायी दीपककुमार बुढाक्षेत्री र निर्देशक हिमा कुमारी उपाध्यायले बिहीबार अर्थ मन्त्रालयमा आयोजित... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
रसुवा बाढी : पुनर्निर्माणका लागि बागमतीले संघ सरकारसँग एक अर्ब रुपैयाँ माग्यो बिहीबार, असोज १५, २०८३
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग बिहीबार, असोज १५, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सतर्कता केन्द्रको अनुगमन : गुल्मीका कार्यालयमा हाजिरीदेखि पोशाकसम्म बेथिति, कतै सबै कर्मचारी समयमै बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्