• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

योगमाया जलसमाधि स्मृति दिवसः राष्ट्रिय विभूति बन्न नसकेकी योगमाया

सृजना अर्याल बुधबार, साउन २, २०८१  १३:०२
1140x725

काठमाडौं– आठ मार्च अर्थात् विश्व नारी दिवस नेपालमा पनि मनाउने गरिन्छ। त्यस्तै २५ नोभम्बरदेखि १० डिसेम्बरसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि यहाँ राष्ट्रियस्तरबाट मनाउने गरिएको छ। 

यी दिवसकै अवसरमा नेपालका तीन तहका सरकारका साथै सरोकारवालाहरुले भव्य समारोह नै आयोजना गर्ने गर्दछन्। यस्ता दिवसहरु मनाउने क्रममा नेपालमा पनि रोजा लक्जमबर्ग, क्लारा जेटकिन, मिरावल परिवारका पेटिया, मिनर्भालगायत महिलाको नाम लिने गरिन्छ। उनीहरुले समाज रुपान्तरणमा निर्वाह गरेको भूमिकाको चर्चा राम्रैसँग हुने गर्दछ। 

विदेशी समाज सुधारक महिलाहरुको योगदानभन्दा पनि नेपालको सामाजिक रुपान्तरणमा लागेका महिलाको बलिदान, त्यागको चर्चा भने नेपालमा कमै मात्रामा हुने गर्दछ। यसले गर्दा नेपालमा यस्ता दिवसको उपलब्धि पनि कम हुने गरेको पाइन्छ। 

हामीले मनाउने गरेका दिवसहरुको प्रभावकारिता त्यतिबेला मात्र देखिन्छ जतिबेला दिवससँग सम्बिन्धित स्वदेशका यस्ता वीर तथा योद्धाहरुको योगदानको स्मरण गर्न सकिन्छ। यसो गर्न सकिएमा समाजको परिर्वतन र रुपान्तरण पनि अर्थपूर्ण हुन जानेछ र यसबाट परिवर्तित समाजको रुपान्तरणमा पनि दिगोपना स्थापित हुन जानेछ।

नेपालको समाज रुपान्तरणको अभियानमा हामीले योगमायाको योगदानको मूल्याङ्कनलाई सही ढङ्गबाट गर्न सकेनौँ भने हाम्रा कुनै पनि अभियान तथा दिवसका कार्यक्रमहरुले सार्थकता नपाउन पनि सक्छन्। उनी निरक्षर भइकन पनि तत्कालीन समाजमा व्याप्त विभेद्, कुरीति, कुसंस्कार हटाउन खेलेको भूमिका शायदै विश्वका अन्य महिलाले निर्वाह गर्न सकेका छन् तर पनि योगमाया आज नेपालमै गुमनाम जस्तै छिन्। 

उनलाई अझै पनि यस्ता दिवसहरुमा शायदै सम्झने गरिएको छ। योगमाया यो देशको गरिमा र गौरव हुन्। त्यसैले उनी राष्ट्रिय विभूतियोग्य भए पनि आज पनि राष्ट्रिय विभूतिका रुपमा स्थापित गर्न सकेको अवस्था छैन। उनको योगदानलाई विश्वभर त के नेपाली जनजनमा समेत पु¥याउन सकिएको छैन। 

राणाशासनको चरम तानाशाहका समयमा जन्मेकी उनले नेपालमा नारी मुक्तिका लागि गरेको सङ्घर्ष, त्याग र बलिदानको चर्चा स्वदेशमा मात्र होइन संसारभरि नै पुग्नुपर्ने थियो। हामीले नै त्यो गर्न नसकेको स्पष्टै देखिन्छ। यसका कारण आज उनी बत्तीमुनिको अँध्यारोको अवस्थामा रहेकी छिन्। ‘यसै शताब्दीको सुरुमा पूर्वी नेपालमा एउटा असाधरण विद्रोह छेडिएको थियो। 

यस विद्रोहको नेतृत्व एकजना अत्यन्तै सङ्घर्षशील महिलाले गरेकी थिइन्। त्यस विद्रोहले तत्कालीन नेपालको राणाशासन र ब्राह्मणको हातमा रहेको शक्ति संरचनालाई सिधै चुनौती दियो र त्यस प्रकारको असाधारण विद्रोह र त्यसको नेतृत्व गर्ने व्यक्तिलाई नेपाली इतिहासमा कुनै स्थान नदिएर पूर्णरुपले विस्मृतिको अन्धकारमा छोडिएको छ तथा इतिहासमा स्मरणसम्म पनि गरिएको देखिएको छैन,’ समाज परिर्वतनका लागि असाधारण विद्रोह छेड्ने योगमायाको योगदानलाई छायाँमा पारिएको छ। मानवशास्त्री बारबारा निम्री अजिजले ‘शक्ति योगमाया सङ्घर्षशील नेपालीको एक परम्परा’ शीर्षकको आलेखमा योगमायालाई यसरी स्मरण गरेकी छन्। उनको योगदान र सङ्घर्षलाई अहिलेको पुस्ताले पनि थाहा पाउनेगरी कुनै काम राज्यले गरेको देखिँदैन। 

Ncell 2
Ncell 2
nimb
nimb

    को हुन् योगमाया ?
    हाम्रो सर्वोच्च हिमालले पानी पिलाउँछ
    अरुण वरुणको शान त्यहीँबाट आउँछ 
    बाह्मण भई सबै चीजको बिक्री गरेको
    मालिक भई दुःखीहरुको वृत्ति हरेको 

सामाजिक यथार्थ र समाजका विषयवस्तुलाई कविताका यी हरफबाट प्रस्तुत गर्ने व्यक्तित्व उनै योगमाया हुन्। उनको जन्म भोजपुर जिल्लाको षडानन्द नगरपालिका–१ नेपालेडाँडाको सिम्ले भन्ने ठाउँमा १९२४ असारमा भएको थियो। उनको पनि त्यो बेलाका आममहिला सरह सात वर्षमा बालविवाह भएको थियो। बालापन अनि बुहार्तन सहन उनले सकिनन् र घर बस्न नसकेपछि माइतीमा भागेर गइन् तर उनले माइतीमा समेत सहज जीवनयापन गर्ने अवस्था नदेखेपछि उनी आफूखुसी विवाह गरेर केही वर्ष भारतको आसाम फूलबारी आसपासको क्षेत्रमा बिताइन्। त्यहाँ उनलाई जीवन र जगत्का बारेमा धेरै प्रवचन सुन्ने अवसर पनि प्राप्त भयो र पुनः आफ्नै जन्मथलो फर्केर आइन्। 

नेपाल फर्केपछि उनले आफू सानो छँदा भोगेका पीडा, सामाजिक विभेदको जरो पहिल्याउने अभियान सुरु गरिन्। यससम्बन्धी केही ज्ञान उनले भारत बस्दा प्राप्त गरेकी थिइन् र त्यसैबमोजिमको अभियान उनले नेपालमा सुरु गरिन्। आसामलगायतका भारतका स्थानहरुमा रहँदा उनले विभिन्न साधुसन्तको प्रवचनबाट आफूले पनि केही गर्नुपर्छ भन्ने साहस भर्न सकेको महसुस गरेक थिइन्। महिला भएर पनि केही गर्न सक्छु भन्ने आँट, हिम्मत उनमा जागृत भएको थियो। नेपाल फर्केपछि उनले आफ्नो अन्तर्निहित क्षमतालाई विस्तारै खार्नेतर्फ उनी लाग्छिन्। योग साधनाबाट आफूलाई माझ्दै लैजाने उनको अठोट भयो र त्यसैमा लागिन्। बिस्तारै उनको साहित्यक प्रस्तुति पनि आउन थाल्यो र साहित्यका माध्यमबाट पनि नागरिकमा चेतना जागृत गर्न सकिन्छ भन्ने लाग्यो। 

उनले मुखाग्र कविताका मार्फत समाज रुपान्तरणको आवाज प्रस्फुटन गर्न थालिन्। उनले समाजको वास्तविकता कवितामार्फत पनि जनजनमा पुर्‍याउन लागिन्। उनले भोगेको तत्कालीन समाज जुन समयमा राणाशासनको दमन, कुरीति र कुसंस्कारको जालो मुलुकभर जेलिएको थियो, त्यसका विरुद्ध आवाज उठाउन लागि परिन्। उनले बाह्रमणवाद, वर्ग विभेद्, लैङ्गिक, सति प्रथा, दास प्रथा, बालविवाह, जातीय विभेदका सबै विभेदको अन्त्य, पुनर्विवाह, नारी शिक्षा, भ्रष्टाचार उन्मूलनलगायत २६ बुँदे मागसहित धर्मराज्यको स्थापनाको नारा बोकेर काठमाडौँका तत्कालीन राणा शासकसमक्ष पेस गरेकी थिइन्।
  
कवितामार्फत देशको रुपान्तरण गर्ने तथा नारी अधिकारको स्थापना गर्ने अभियानमा लागेकी उनका कविताहरु पनि लोकप्रिय हुने गरेका थिए। उनकै कविता सङ्ग्रहबाट एक कविता यस्तो थियो– 
 
    दौलतीया हुनु भयो त्यही निर्धाबाट
    आसामीले कर्जा तिर्यो तमसुक छ ठाडै
    छोरो थियो बालक बाबु मरेछ
    लोभी साहु माग्न गयो तिर्नु परेछ।

Xtrem

Xtrem

यस्तो तत्कालीन समाजको बारेमा लेख्न सक्ने कवि योगमाया कवित्वको खानी हुन्।  योगमायाले तत्कालीन समयमा राखेका विभिन्न मागमध्ये सती प्रथालाई १९७७ सालमा राणा सरकारले रोक पनि लगायो। दास प्रथालाई पनि हटाउने अभियान सरकारले चलायो। भनिन्छ, यस्ता कुप्रथा रोक्न योगमायाको योगदान सार्थक रहेको थियो। उनले सुरु गरेको अभियानबाट सरकारलाई पनि यस्ता कुरीतिहरु रोक्नका लागि सहयोग पुगेको थियो। 

माग पूरा गराउन सरकारलाई दबाब 
उनले राखेका माग पूरा गराउन पटकपटक आफ्ना अनुयायीका साथमा हिँडेरै काठमाडौँ पुगेकी थिइन् योगमाया। केही माग सरकारले पूरा गरे पनि तत्कालीन समयमा जनताले बोल्न पाउने अधिकार, सामाजिक विभेद्, पढ्ने अधिकारलगायत जनताको मौलिक अधिकारका लागि पनि त्यस समय समाजका विभिन्न क्षेत्रमा पनि केही अगुवाहरुले अभियान थालेका थिए। ती आन्दोलनको सुनवाइ हुनुपर्ने उनको माग थियो। 

सरकारले यस मागप्रति व्यवास्था गरे परिणाम नराम्रो आउने उनले धम्की पनि दिइरहन्थिन्। उनले सरकारले आफ्ना माग पूरा नगरेमा अनुयायीसहितको आफू पनि एकैपटक  आत्मदाह गर्ने योजना पनि सार्वजनिक गरिन्। १९९५ कात्तिक २६ गते भोजपुरकै उफ्रौलीटारमा विशाल यज्ञ आयोजना गरी त्यहाँको अग्निकुण्डमै आत्मदाह गर्ने तयारी उनले थोलेकी थिइन्। उनलाई सयौँ अनुयायीले साथ दिएका पनि थिए। सयौँ टिन घीउ, जौ, तिल, फलफूललगायतको व्यवस्था जुटाएको थियो। तर त्यसो हुन नदिई सरकारले त्यहाँ जुटेका अनुयायीहरुलाई पक्राउ गरेको थियो। 

उनी भने प्रहरी आउने बोध भएपछि त्यहाँबाट अन्यत्र लागेकी थिइन्। यज्ञको समापनका दिन पूर्णाहुतिका रूपमा यज्ञकुण्डमा प्रवेश गरेर अग्नि समाधि लिनुपर्छ भन्ने योगमायाको घोषणा अनुसार त्यसैबेला उनका दुई सय ४० जना अनुयायीले यज्ञकुण्डमा हामफाली प्राण त्याग्ने निर्णय गरेका थिए। तर त्यस दिन त्यो अभियान सफल हुन भने पाएन। 

सरकारले उनको माग सुनुवाई गर्नुको साटो देशद्रोही भन्दै चार शहीदलाई १९९७ सालमा हत्या गरेपछि उनी झन् बढी क्रान्तिकारी भएर सरकारको विरोधमा लागिन्। यो घटनाले झनै योगमायाको मन साहै कुडियो र उनलाई झन् बढी सरकारको विरुद्ध जाग्न मन लाग्यो। जनताले आप्नो अधिकार माग्दा ज्यानै लिनु घोर अन्याय हो भन्दै थप सामाजिक आन्दोलनका चरणहरु अगाडि बढाइन्। 

जलसमाधीमा जाने कठोर निर्णय
विसं १९९८ असार २२ गते हरिसयनी एकादशीको दिन थियो। वर्षाले अरुण नदी उर्लंदो थियो। योगमायाले सरकारलाई घुँडा टेकाउन जलसमाधि जाने निर्णय गरिन्। सो दिन उनीसहित ६७ जनाले उनीपछि पालैपालो अरुण नदीमा हाम फालेर जलसमाधि लिए। 

त्यस क्रममा एक जना बाँचे तर पछि उनले पनि पुनः जलसमाधि लिएर देह त्याग गरे। भनिन्छ, जलसमाधिका लागि अरु धेरै पनि लाइनमा थिए। तर प्रहरी प्रशासन त्यहाँ आइपुगेपछि अरुलाई तितरबितर पारेको थियो। त्यतिबेला उनको त्यो भने एक ठूलो राजनीतिक आन्दोलन नै थियो।  उनले आफ्नो जीवनमा नागरिक अधिकार, नारी मुक्ति तथा समाजमा व्याप्त कुरीति र भ्रष्टाचारका विरुद्धमा यो भन्दा अर्को विकल्प पनि उनीसँग त्यस समयमा थिएन।

झन्डै ८० वर्षअघि नै परिर्वतन र रुपान्तरणका लागि यस्तो राजनीतिक अभियान सञ्चालन गरिएको थियो। समाज रुपान्तरणका लागि भएको अप्रिय तर दुर्लभ घटना विश्वका मानव जातिले थाहा पाउनुपर्ने हक आज पनि छ। यस्तो अधिकारमा नेपाली महिला पनि कम थिएनन् र छैनन् भन्ने सन्देश पनि हामीले विश्वव्यापी रुपमा दिनुपर्दछ। समाज परिर्वतनका लागि योगमायाले छेडेको जस्तो आन्दोलन विश्वमा सायदै अरु कसैले गरेको होला।

उनको आन्दोलन महिला वर्गमा मात्र केन्द्रित थिएन। उनले समाजका सर्वपक्षीय समस्यालाई समेटेर त्यसको समाधान राज्यसँग खोजेकी थिइन्। उनको आन्दोलनले जति चर्चा पाउनुपर्ने थियो, पाउन सकेको छैन्। आखिर किन ? ऊ बेला उनी महिला भएकैले पछि परेकी थिइन् भन्नेहरुले अहिले पनि त उनको योगदानलाई समाजमा ल्याउन सक्छ। राणाशासनका समयमा नागरिक अधिकारको कुरा उठाउनु जटिल काम थियो। उनलाई आज पनि राज्यले राष्ट्रिय विभूतिका रुपमा सम्मान प्रदान गर्न नसक्नु उनीमाथिको मात्र नभएर सामाजिक जागरणकै एक अन्याय हो। योगमायालाई राष्ट्रिय विभूतिको सम्मान दिन अब ढिला गर्नु हुँदैन। (अर्याल नेपाल पत्रकार महासङ्घकी सचिव हुन्।)रासस

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १३:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही स्थानमा एकतर्फी
प्रधानमन्त्रीले संसद्मा जवाफ दिने दिन कहिले ?: सांसद राई
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस मंगलबार, असोज १३, २०८३
काठमाडौं जोड्ने प्रमुख सडक सञ्चालनमा, केही स्थानमा एकतर्फी मंगलबार, असोज १३, २०८३
प्रधानमन्त्रीले संसद्मा जवाफ दिने दिन कहिले ?: सांसद राई मंगलबार, असोज १३, २०८३
नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना मंगलबार, असोज १३, २०८३
डडेलधुरामा एक प्रहरी जवान मृत फेला मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
८१ शाखा अधिकृतको सरुवा, ८ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिए [सूचीसहित] सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्