• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ १९, २०८२ Mon, Jun 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सन्दर्भ भानुजयन्ती नेपाली भाषाको स्तरीकरणमा चासो
श्याम रिमाल शनिबार, असार २९, २०८१  १०:५६
1140x725

जलवायु परिवर्तनको व्यापक असर पर्नुअघिसम्म जतिबेला वर्षको तेस्रो महिना असार आउँथ्यो, अनि हामीकहाँ वर्षासँगै साहित्य, लोकसाहित्य, संस्कृतिको वर्षा हुन थाल्थ्यो। अहिले त वर्षा वैशाख, जेठमै अर्थात् असमयमै हुने गरेकाले पानी बर्सने वास्तविक महिना असारको महत्त्व पनि घट्दै गएको हो कि भन्ने भान पर्छ। संस्कृतका महाकवि कालिदासको ‘मेघदूत’ मा वर्णित महिना पनि यही असार नै हो। जुन बेला यक्षले कुबेरका दरबारमा रहेकी आफ्नी प्रियतमालाई पानी पार्ने बादलमार्फत आफ्नो प्रेमसन्देश पठाएका थिए। 

मनसुनसँगै असारको वर्षाले दिने जल, शीतलता र हरियालीपूर्ण वातावरणले कवि, गीतकार, लोकगीत सङ्गीतकर्मीका हृदयमा काव्यात्मक रस भरिई अनेकथरिका काल्पनिक–यथार्थ साहित्यिक भावना बग्न थाल्छ। वर्षभरि मर्दापर्दा चाहिने धान रोपेर मङ्सिरसम्म पर्खने नेपाली समुदाय वा जाति असार महिनालाई एउटा पर्वकै रूपमा लिन्छ, अनि मध्यअसार अथवा असार १५ लाई त दहीचिउरा खाएर धान दिवस वा रोपाइँ महोत्सवकै रूपमा मनाउँछ। विसं १८७१ मा यसै महिनाको अन्तिमतिर नेपाली जातिले भविष्यको आदिकविकै रूपमा भानुभक्त आचार्यलाई पायो र आजपर्यन्त उनका स्मृतिमा भाषासाहित्यको चर्चा गरी राष्ट्रिय एकताको प्रवर्द्धनका  लागि केही न केही योगदान  गरिरहेका छन्। 

असार २९ गते त एक संयोग मात्र न हो, तनहुँ, रम्घाका पण्डित श्रीकृष्ण आचार्य तथा उनका छोरा धनञ्जय आचार्य र बुहारी धर्मावतीका घरमा एक बालक जन्मनुपर्थ्यो, जन्मे, तर सो जन्मदिन ती बालकका हजुरबा, बाआमा तथा  परिवार र वंशजका लागि मात्र नभई अहिले विश्वभर नै जहाँ जहाँ नेपाली जाति र नेपाली भाषाको प्रचारप्रसार भएको छ, त्यहाँ त्यहाँ हर्षोल्लास र गौरवका साथ मनाइन्छ र नेपाली जातीय–राष्ट्रिय एकतामा बल दिइन्छ। आचार्य भाषिक, साहित्यिक, धार्मिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा मात्र नभएर राजनीतिक क्षेत्रमा पनि चर्चाका पात्र बनिसकेका छन् र एकाधबाहेक सर्वत्र उनको गुणगान नै गाइन्छ, कमजोरी उधिनिन्न। 

वाल्मीकिको ‘रामायण’ लाई मौलिक नेपाली भाषामा गरेको उनको अनुवाद कर्म नै नेपाल र नेपाली जातिका लागि एक युगीन, कालजयी काम हुन गयो। ‘भानुभक्तको रामायण’ खाली भाषा र साहित्यका लागि मात्र नभई हाम्रो धर्म, संस्कृति, दिनचर्या, राष्ट्रियता, जातीयता, सार्वभौमिकताका लागि अपूर्व र अनुपम कृति भइदियो। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका, बाइसे–चौबिसे राज्य आदिलाई भौगोलिक एकीकरण गरेर अस्तित्वमा जान लागेको नेपाल राज्यको पुनःस्थापना गरी नेपालीको अस्तित्व, गौरव र सानलाई जसरी पुनर्जीवित गरे, आचार्यले  भावनात्मक एकता गराइदिएर त्यसमा अझै प्राण भरे, नेपाली नेपालीभित्रको नेपाली राष्ट्रियता–नेपाली जातीयता र नेपालीपनलाई ब्युँताइदिए। तत्कालीन नेपाल सरकारले दुवै व्यक्तित्वलाई ‘राष्ट्रिय विभूति’ भनी दिएको उपाधिले न्याय पनि दिएको छ।
   
भूगोल अर्थात् माटो मात्रले कुनै जाति, समुदाय, देशका जनता एकाकार हुन सक्दैनन्, तिनका मन र मुटुमा पनि एउटै देशीय रगत बगेको हुनुपर्छ। मानिस सिमानाले एकै  देशका जनता भनिन बाध्य पारे  पनि हृदयले जोडिन सकेनन् भने आफ्नो भूगोलको अस्तित्व संरक्षण गर्न प्रेरित हुँदैनन्। जसले नेपाल राज्यको अस्तित्व जोगाइदियो, ती पहलकर्ता पृथ्वीनारायण र जसले नेपाली भाषाका माध्यमबाट नेपाल र नेपाली भन्ने भावना जगाइदियो, ती जागरणकर्ता भानुभक्तलाई मान्न, तिनप्रति श्रद्धा व्यक्त गर्न  र तिनका गुणगान गाउन किन अप्ठेरो मान्ने, किन धक लाग्ने? 

पृथ्वीनारायणले आफूहरूको भौगोलिक अस्तित्व मेटिदिएको र केन्द्रीकृत राज्य  चलाएकाले उनलाई एकाथरिले साम्राज्यवादी–विस्तारवादी तथा निरङ्कुश राजाको आरोप लगाउनेले के  चाहिँ बुझ पचाएरै नबुझे जस्तो गरिरहेका छन् भने, छेवैमा आउनै लागेको मुसलमान र अङ्ग्रेज सेनालाई पराजित नगरेको भए गोरखा राज्यको विस्तारित रूप नेपाल भन्ने राज्य यतिबेला अस्तित्वमै नरहने तथ्य करिब करिब शतप्रतिशत सत्य हो। 

आपसमा लडाइँ–झगडा गरिरहने छिमेकी राज्यहरूको कमजोरी बुझेका विदेशी विस्तारवादीले ससाना मुलुक सजिलैसित हडप गर्थे र आफ्नो राज्यमा मिलाउँथे। कथं ससाना राज्य बचेकै भए पनि अहिले नजिकैको कुनै भूमि पुग्न अनेक झमेला भोग्नुपथ्र्यो। त्यसैले आफ्नो अस्तित्वकर्ता पृथ्वीनारायणलाई सम्मान र श्रद्धा व्यक्त गर्नु  हाम्रो कर्तव्य हो। त्यस्तै जसले आफ्नो भाषा दियो, संस्कृति दियो, पहिचान दियो, तिनै भानुभक्तलाई पनि उत्तिकै नमन गर्नु हाम्रो दायित्व हो। 

‘बधूशिक्षा’ काव्यमार्फत महिलालाई होच्याउने कवि भनेर  एकथरीले उनको उछित्तो काढ्नु पनि  त्यसबेलाको राष्ट्रिय परिवेशलाई बुझ्न नसक्नु हो। सामान्य कविता लेखेर वाचन गर्ने कविलाई त हामी वाहवाही गर्छाैं भने ‘भक्तमाला’, ‘रामगीता’ ‘प्रश्नोत्तर’ जस्ता काव्य र तत्कालीन प्रशासनिक विकृति आदि उजागर गर्ने फुटकर कविता लेख्ने कविप्रति सम्मान गर्नु त सम्यक नै होला। 

‘रामायण’ भानुभक्तको मौलिक काव्य होइन, तथापि त्यसमा प्रशस्त नेपालीपन, भाषा, शैली छ जसलाई सबै जातजातिका साक्षर नेपालीले लय हालेर पढ्न सके र विश्वको प्रथम खण्डकाव्यमा रहेको विषयवस्तुको  रसास्वादन गर्न पाए। साक्षरले पढेका श्लोकलाई निरक्षर  नेपालीले पनि सुनेर कान र मनलाई आनन्दमय बनाए, धर्मसंस्कृति चिने। आचार्यभन्दा पहिले पनि नेपालीमा लेख्ने कविहरू भएकाले  उनलाई नै किन ‘आदिकवि’  मान्ने भन्ने बहस पनि नेपाली साहित्यमा छ। 

अरूले काव्यलेखनमा संस्कृत, हिन्दी, उर्दू आदि मिसमास गर्थे भने भानुभक्तले बहुशब्दहरू नेपाली नै प्रयोग गरे अर्थात् त्यसलाई नेपाली शैलीमा चलाखीपूर्ण ढाले। भारतलाई चिनाउने विश्वकवि रवीन्द्रनाथ ठाकुर जस्तै नेपाललाई विश्वभर चिनाउन सक्ने भानुभक्त आचार्य नै हुन् भन्ने तत्कालीन राणाशासकहरूलाई लागेको  पनि हुन सक्छ ।     नेपालका सबै भाषा राष्ट्रिय भाषा भएकाले अब नेपाली भाषालाई मात्र विशेष महत्त्व दिन मिल्दैन।  

नेपालमा बोलिने सबै मातृभाषा राष्ट्र भाषा हुन्। देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको कामकाजको भाषा र नेपालीहरूबिचको सम्पर्क भाषा पनि हो। तथापि संविधानले प्रदेशहरूमा भने बहुसङ्ख्यक बोल्ने एक वा एकभन्दा बढी राष्ट्रभाषा प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा निर्धारण हुन सक्ने जनाएको छ। सोहीअनुरूप बागमती प्रदेश सरकारले कानुन नै ल्याएर तामाङ र नेपाल भाषालाई कामकाजका भाषाका रूपमा निर्धारण गरी यसै साल गत वैशाख २४ गते नेवारी वा नेपाल भाषालाई भव्य उद्घाटनबिच आधिकारिक रूपमा प्रयोगमा ल्याइसकेको छ। 

यसैगरी सबै प्रदेशमा बहुसङ्ख्यकले बोल्ने भाषालाई सरकारी कामकाजका भाषाका रूपमा ल्याउन सके भाषाहरूको स्तरीकरण, प्रवद्र्धन गर्न सहयोग पुग्ने छ। यसरी नै हरेक प्रदेशमा बोलिने लोप हुन लागेका मातृभाषाहरूको संरक्षण र विकासका लागि सम्बन्धित भाषाको कोश, व्याकरण आदि निर्माण प्रक्रियालाई गति  दिनसक्नुपर्छ। सञ्चारमाध्यमहरूले पनि आफ्ना सेवामा विविधता दिनका लागि नेपाली र अङ्ग्रेजी भाषाका अतिरिक्त मातृभाषामा पनि समाचार र कार्यक्रम निर्माण गर्नुपर्छ। राज्यको स्वामित्वमा रहेका गोरखापत्र संस्थान, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनले त्यस दिशामा कदम चालिसकेका छन् र हरेक आर्थिक वर्षमा आफूले प्रवद्र्धन गर्ने मातृभाषाहरू विस्तार गर्दै लगिनुपर्छ। त्यसका लागि सङ्घीय र प्रादेशिक सरकार तथा स्थानीय तहले समन्वय गरी बजेट पनि विनियोजन गर्नुपर्छ।      

कुनै पनि भाषा मानव सभ्यताकै एक प्रमुख अङ्ग हो जसको जन्म, हुर्काइ र विकासका लागि हजार वर्ष लाग्न सक्छ। त्यसैले  हरेक भाषा  मर्न नदिन केन्द्र र  प्रदेश सरकार तथा स्थानीय तह संयुक्त रूपमा लाग्नुपर्छ। यसमा सम्बन्धित भाषामा काम गरिरहेका सङ्घसंस्थालाई समेटिनुपर्छ। नेपालका सबै भाषाले फल्नफुल्न पाउनुपर्छ, तिनको अस्तित्व जोगाउनुपर्छ र सबैको प्रवर्द्धन पनि हुनु जरुरी छ।

भानुभक्तका पूर्वज र भानुभक्तले सुरु गरेको नेपाली भाषाको प्रयोगको अवस्था अहिले एकरूपता, स्तरीकरण र मानकीकरणको विवादसम्म आइपुगेको छ। व्यक्तिपिच्छे, संस्थापिच्छे यसको प्रयोगमा अनेकता व्याप्त छ। बालबालिका र विद्यालयदेखि विश्वविद्यालयहरूमा वर्ण र वर्णविन्यास लेखनमा  आएको विभिन्नता र विविधताले सबैलाई पिरोलेको छ। भाषाविद्, वैयाकरण र प्रयोक्ताबीच यस सम्बन्धमा अहंसमेत जोडिएर आएको छ। भाषा विवादको कुरा  सङ्घीय सरकार र अदालतसम्म पुगेको अवस्था रह्यो।  

सर्वोच्च अदालतले भाषाको  प्रयोगमा सरकारी संस्थाहरूले आदेश दिएर दबाब दिने र लाद्न नमिल्ने भनी फैसला नै गर्नुपर्‍यो। अब अदालतको आदेशानुसार सरकारी सङ्घसंस्था भाषा आयोग, नेपाल प्रज्ञा –प्रतिष्ठान, त्रिविलगायत विश्वविद्यालय, साझा प्रकाशन, पाठ्यक्रम विकास केन्द्रलगायतले भाषाको स्तरीकरणका लागि भाषाविद्, वैयाकरण, सञ्चारमाध्यमलगायत प्रयोक्ता आदिको सहभागितामा छलफल, बहस, गोष्ठी, सम्मेलन आयोजना गरेर  भाषा, व्याकरण, वर्णविन्यासका सम्बन्धमा एउटा निर्णयमा पुग्नु जरुरी छ। 

यिनको जन्ममिति १८६९ भनिनेदेखि ‘भर्जन्म घाँसतिर मन दिई धन कमायो...मो भानुभक्त धनी भैकन आज यस्तो’ कवितामा प्रयुक्त ‘मो’ युवककवि मोतीराम भट्ट, जसले ‘भानुभक्तको जीवनी’ लेखी प्रकाशनमा ल्याए, को सम्म भनेर विवाद पनि भयो। ‘बधूशिक्षा’ लाई आधुनिक समालोचकले तल्लोस्तरको भनी टिप्पणी पनि गरे। छोरा रमानाथलाई काठमाडौँबाट लेखिएको चिट्ठीमा उनी निकै क्रुर देखिएका छन्। यी त तपसिलका कुरा हुन्। मूल कुरा उनको योगदानको क्षेत्र र  कमजोरीभन्दा गुण नै बढी चर्चा गरी उनले उत्तराधिकारका रूपमा छाडेको नेपाली भाषा र सबै मातृभाषा जोगाउनु हामी सबैको दायित्व हो। आफ्नोपहिचानको भाषाको विद्रुपीकरणले हाम्रो राष्ट्रियतामाथि नै आँच पुग्न सक्ने कुरामा दूरदृष्टि हुनुपर्छ।  

अर्को महत्वपूर्ण कुरा भने भानुजन्मस्थल तनहुँ, रम्घा, चुँदीबेँसीलाई नेपाली भाषा र साहित्यको  तीर्थस्थलका रूपमा विकास गरिनुपर्छ। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका पालामा ल्याइएको भाषा सङ्ग्रहालयलाई मूर्तरूप दिन योजना तथा कार्यक्रम बनाइनुपर्छ।  अझ महत्त्वपूर्ण त भानुजयन्तीलाई नेपालको राष्ट्रिय भाषा दिवसकै रूपमा मनाएर भाषा, नेपाली भाषा र सबै मातृभाषाको महत्त्वबारे व्यापक चर्चा गरिनुपर्छ।

(लेखक राससका नायब महाप्रबन्धक हुन्।)

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
राप्रपाको आन्दोलनपछि प्रशासनले घोषणा गर्‍यो थप तीन ठाउँलाई निषेधित क्षेत्र
सम्बन्धित सामग्री
अवुधावीमा मनाइयो गणतन्त्र दिवस समारोहमा राजदूत, दुबईस्थित नेपाली महावाणिज्य दूतावासका नवनियुक्त महावाणिज्यदूत, राजदूतावास तथा महावाणिज्य दूतावासका कूटनीतिक कर्मचार... शुक्रबार, जेठ १६, २०८२
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ उद्योगी व्यवसायीहरु लगानीका लागि उत्साहित छैन। राजनीतिक नेतृत्व शक्ति संघर्षमै व्यस्त छ। दैनिक दुई हजार भन्दा बढी युवाहरु रोजगारीका... बिहीबार, जेठ १, २०८२
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? विशेषगरी, स्मार्टफोन आजको पुस्तालाई समयभन्दा बढी कब्जामा लिएको छ । जहाँ हेरे पनि मानिसहरू मोबाइलमा हराएका देखिन्छन्- सोसल मिडियामा स... शुक्रबार, वैशाख ५, २०८२
ताजा समाचारसबै
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा आइतबार, जेठ १८, २०८२
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा आइतबार, जेठ १८, २०८२
राप्रपाको आन्दोलनपछि प्रशासनले घोषणा गर्‍यो थप तीन ठाउँलाई निषेधित क्षेत्र आइतबार, जेठ १८, २०८२
गाजापट्टीमा राहत लिन बसेकामाथि गाेली प्रहार, कम्तीमा ३१ को मृत्यु आइतबार, जेठ १८, २०८२
पक्राउ परेका नेता, कार्यकर्ता रिहा नगरे थप आन्दोलन घोषणा गर्ने राप्रपाको निर्णय आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रातो मच्छिन्द्रनाथको भोटो जात्रा
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आइतबार, जेठ १८, २०८२
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो)
योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलन (भिडियो) आइतबार, जेठ १८, २०८२
राजावादीको प्रदर्शन सुरु (भिडियो)
राजावादीको प्रदर्शन सुरु (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो)
सेनानीहरुको सम्मान कार्यक्रम – २०८२ (भिडियो) शुक्रबार, जेठ १६, २०८२
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
कमल थापा पक्राउ परेपछि राजेन्द्र लिङ्देनले भने- भोलिदेखि ५० ठाउँबाट निस्किन्छौं आइतबार, जेठ १८, २०८२
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ आइतबार, जेठ १८, २०८२
कमल थापा र दीपक सिंहसहित ७ जना रिहा आइतबार, जेठ १८, २०८२
कमल थापालाई भेट्न गएका दिपक सिंह प्रहरी परिसरमै पक्राउ आइतबार, जेठ १८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्