• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ३०, २०८३ Tue, Sep 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सन्दर्भ भानुजयन्ती

नेपाली भाषाको स्तरीकरणमा चासो

श्याम रिमाल शनिबार, असार २९, २०८१  १०:५६
1140x725

जलवायु परिवर्तनको व्यापक असर पर्नुअघिसम्म जतिबेला वर्षको तेस्रो महिना असार आउँथ्यो, अनि हामीकहाँ वर्षासँगै साहित्य, लोकसाहित्य, संस्कृतिको वर्षा हुन थाल्थ्यो। अहिले त वर्षा वैशाख, जेठमै अर्थात् असमयमै हुने गरेकाले पानी बर्सने वास्तविक महिना असारको महत्त्व पनि घट्दै गएको हो कि भन्ने भान पर्छ। संस्कृतका महाकवि कालिदासको ‘मेघदूत’ मा वर्णित महिना पनि यही असार नै हो। जुन बेला यक्षले कुबेरका दरबारमा रहेकी आफ्नी प्रियतमालाई पानी पार्ने बादलमार्फत आफ्नो प्रेमसन्देश पठाएका थिए। 

मनसुनसँगै असारको वर्षाले दिने जल, शीतलता र हरियालीपूर्ण वातावरणले कवि, गीतकार, लोकगीत सङ्गीतकर्मीका हृदयमा काव्यात्मक रस भरिई अनेकथरिका काल्पनिक–यथार्थ साहित्यिक भावना बग्न थाल्छ। वर्षभरि मर्दापर्दा चाहिने धान रोपेर मङ्सिरसम्म पर्खने नेपाली समुदाय वा जाति असार महिनालाई एउटा पर्वकै रूपमा लिन्छ, अनि मध्यअसार अथवा असार १५ लाई त दहीचिउरा खाएर धान दिवस वा रोपाइँ महोत्सवकै रूपमा मनाउँछ। विसं १८७१ मा यसै महिनाको अन्तिमतिर नेपाली जातिले भविष्यको आदिकविकै रूपमा भानुभक्त आचार्यलाई पायो र आजपर्यन्त उनका स्मृतिमा भाषासाहित्यको चर्चा गरी राष्ट्रिय एकताको प्रवर्द्धनका  लागि केही न केही योगदान  गरिरहेका छन्। 

असार २९ गते त एक संयोग मात्र न हो, तनहुँ, रम्घाका पण्डित श्रीकृष्ण आचार्य तथा उनका छोरा धनञ्जय आचार्य र बुहारी धर्मावतीका घरमा एक बालक जन्मनुपर्थ्यो, जन्मे, तर सो जन्मदिन ती बालकका हजुरबा, बाआमा तथा  परिवार र वंशजका लागि मात्र नभई अहिले विश्वभर नै जहाँ जहाँ नेपाली जाति र नेपाली भाषाको प्रचारप्रसार भएको छ, त्यहाँ त्यहाँ हर्षोल्लास र गौरवका साथ मनाइन्छ र नेपाली जातीय–राष्ट्रिय एकतामा बल दिइन्छ। आचार्य भाषिक, साहित्यिक, धार्मिक, सांस्कृतिक, शैक्षिक क्षेत्रमा मात्र नभएर राजनीतिक क्षेत्रमा पनि चर्चाका पात्र बनिसकेका छन् र एकाधबाहेक सर्वत्र उनको गुणगान नै गाइन्छ, कमजोरी उधिनिन्न। 

वाल्मीकिको ‘रामायण’ लाई मौलिक नेपाली भाषामा गरेको उनको अनुवाद कर्म नै नेपाल र नेपाली जातिका लागि एक युगीन, कालजयी काम हुन गयो। ‘भानुभक्तको रामायण’ खाली भाषा र साहित्यका लागि मात्र नभई हाम्रो धर्म, संस्कृति, दिनचर्या, राष्ट्रियता, जातीयता, सार्वभौमिकताका लागि अपूर्व र अनुपम कृति भइदियो। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका, बाइसे–चौबिसे राज्य आदिलाई भौगोलिक एकीकरण गरेर अस्तित्वमा जान लागेको नेपाल राज्यको पुनःस्थापना गरी नेपालीको अस्तित्व, गौरव र सानलाई जसरी पुनर्जीवित गरे, आचार्यले  भावनात्मक एकता गराइदिएर त्यसमा अझै प्राण भरे, नेपाली नेपालीभित्रको नेपाली राष्ट्रियता–नेपाली जातीयता र नेपालीपनलाई ब्युँताइदिए। तत्कालीन नेपाल सरकारले दुवै व्यक्तित्वलाई ‘राष्ट्रिय विभूति’ भनी दिएको उपाधिले न्याय पनि दिएको छ।
   
भूगोल अर्थात् माटो मात्रले कुनै जाति, समुदाय, देशका जनता एकाकार हुन सक्दैनन्, तिनका मन र मुटुमा पनि एउटै देशीय रगत बगेको हुनुपर्छ। मानिस सिमानाले एकै  देशका जनता भनिन बाध्य पारे  पनि हृदयले जोडिन सकेनन् भने आफ्नो भूगोलको अस्तित्व संरक्षण गर्न प्रेरित हुँदैनन्। जसले नेपाल राज्यको अस्तित्व जोगाइदियो, ती पहलकर्ता पृथ्वीनारायण र जसले नेपाली भाषाका माध्यमबाट नेपाल र नेपाली भन्ने भावना जगाइदियो, ती जागरणकर्ता भानुभक्तलाई मान्न, तिनप्रति श्रद्धा व्यक्त गर्न  र तिनका गुणगान गाउन किन अप्ठेरो मान्ने, किन धक लाग्ने? 

पृथ्वीनारायणले आफूहरूको भौगोलिक अस्तित्व मेटिदिएको र केन्द्रीकृत राज्य  चलाएकाले उनलाई एकाथरिले साम्राज्यवादी–विस्तारवादी तथा निरङ्कुश राजाको आरोप लगाउनेले के  चाहिँ बुझ पचाएरै नबुझे जस्तो गरिरहेका छन् भने, छेवैमा आउनै लागेको मुसलमान र अङ्ग्रेज सेनालाई पराजित नगरेको भए गोरखा राज्यको विस्तारित रूप नेपाल भन्ने राज्य यतिबेला अस्तित्वमै नरहने तथ्य करिब करिब शतप्रतिशत सत्य हो। 

आपसमा लडाइँ–झगडा गरिरहने छिमेकी राज्यहरूको कमजोरी बुझेका विदेशी विस्तारवादीले ससाना मुलुक सजिलैसित हडप गर्थे र आफ्नो राज्यमा मिलाउँथे। कथं ससाना राज्य बचेकै भए पनि अहिले नजिकैको कुनै भूमि पुग्न अनेक झमेला भोग्नुपथ्र्यो। त्यसैले आफ्नो अस्तित्वकर्ता पृथ्वीनारायणलाई सम्मान र श्रद्धा व्यक्त गर्नु  हाम्रो कर्तव्य हो। त्यस्तै जसले आफ्नो भाषा दियो, संस्कृति दियो, पहिचान दियो, तिनै भानुभक्तलाई पनि उत्तिकै नमन गर्नु हाम्रो दायित्व हो। 

‘बधूशिक्षा’ काव्यमार्फत महिलालाई होच्याउने कवि भनेर  एकथरीले उनको उछित्तो काढ्नु पनि  त्यसबेलाको राष्ट्रिय परिवेशलाई बुझ्न नसक्नु हो। सामान्य कविता लेखेर वाचन गर्ने कविलाई त हामी वाहवाही गर्छाैं भने ‘भक्तमाला’, ‘रामगीता’ ‘प्रश्नोत्तर’ जस्ता काव्य र तत्कालीन प्रशासनिक विकृति आदि उजागर गर्ने फुटकर कविता लेख्ने कविप्रति सम्मान गर्नु त सम्यक नै होला। 

‘रामायण’ भानुभक्तको मौलिक काव्य होइन, तथापि त्यसमा प्रशस्त नेपालीपन, भाषा, शैली छ जसलाई सबै जातजातिका साक्षर नेपालीले लय हालेर पढ्न सके र विश्वको प्रथम खण्डकाव्यमा रहेको विषयवस्तुको  रसास्वादन गर्न पाए। साक्षरले पढेका श्लोकलाई निरक्षर  नेपालीले पनि सुनेर कान र मनलाई आनन्दमय बनाए, धर्मसंस्कृति चिने। आचार्यभन्दा पहिले पनि नेपालीमा लेख्ने कविहरू भएकाले  उनलाई नै किन ‘आदिकवि’  मान्ने भन्ने बहस पनि नेपाली साहित्यमा छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अरूले काव्यलेखनमा संस्कृत, हिन्दी, उर्दू आदि मिसमास गर्थे भने भानुभक्तले बहुशब्दहरू नेपाली नै प्रयोग गरे अर्थात् त्यसलाई नेपाली शैलीमा चलाखीपूर्ण ढाले। भारतलाई चिनाउने विश्वकवि रवीन्द्रनाथ ठाकुर जस्तै नेपाललाई विश्वभर चिनाउन सक्ने भानुभक्त आचार्य नै हुन् भन्ने तत्कालीन राणाशासकहरूलाई लागेको  पनि हुन सक्छ ।     नेपालका सबै भाषा राष्ट्रिय भाषा भएकाले अब नेपाली भाषालाई मात्र विशेष महत्त्व दिन मिल्दैन।  

नेपालमा बोलिने सबै मातृभाषा राष्ट्र भाषा हुन्। देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको कामकाजको भाषा र नेपालीहरूबिचको सम्पर्क भाषा पनि हो। तथापि संविधानले प्रदेशहरूमा भने बहुसङ्ख्यक बोल्ने एक वा एकभन्दा बढी राष्ट्रभाषा प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा निर्धारण हुन सक्ने जनाएको छ। सोहीअनुरूप बागमती प्रदेश सरकारले कानुन नै ल्याएर तामाङ र नेपाल भाषालाई कामकाजका भाषाका रूपमा निर्धारण गरी यसै साल गत वैशाख २४ गते नेवारी वा नेपाल भाषालाई भव्य उद्घाटनबिच आधिकारिक रूपमा प्रयोगमा ल्याइसकेको छ। 

यसैगरी सबै प्रदेशमा बहुसङ्ख्यकले बोल्ने भाषालाई सरकारी कामकाजका भाषाका रूपमा ल्याउन सके भाषाहरूको स्तरीकरण, प्रवद्र्धन गर्न सहयोग पुग्ने छ। यसरी नै हरेक प्रदेशमा बोलिने लोप हुन लागेका मातृभाषाहरूको संरक्षण र विकासका लागि सम्बन्धित भाषाको कोश, व्याकरण आदि निर्माण प्रक्रियालाई गति  दिनसक्नुपर्छ। सञ्चारमाध्यमहरूले पनि आफ्ना सेवामा विविधता दिनका लागि नेपाली र अङ्ग्रेजी भाषाका अतिरिक्त मातृभाषामा पनि समाचार र कार्यक्रम निर्माण गर्नुपर्छ। राज्यको स्वामित्वमा रहेका गोरखापत्र संस्थान, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनले त्यस दिशामा कदम चालिसकेका छन् र हरेक आर्थिक वर्षमा आफूले प्रवद्र्धन गर्ने मातृभाषाहरू विस्तार गर्दै लगिनुपर्छ। त्यसका लागि सङ्घीय र प्रादेशिक सरकार तथा स्थानीय तहले समन्वय गरी बजेट पनि विनियोजन गर्नुपर्छ।      

कुनै पनि भाषा मानव सभ्यताकै एक प्रमुख अङ्ग हो जसको जन्म, हुर्काइ र विकासका लागि हजार वर्ष लाग्न सक्छ। त्यसैले  हरेक भाषा  मर्न नदिन केन्द्र र  प्रदेश सरकार तथा स्थानीय तह संयुक्त रूपमा लाग्नुपर्छ। यसमा सम्बन्धित भाषामा काम गरिरहेका सङ्घसंस्थालाई समेटिनुपर्छ। नेपालका सबै भाषाले फल्नफुल्न पाउनुपर्छ, तिनको अस्तित्व जोगाउनुपर्छ र सबैको प्रवर्द्धन पनि हुनु जरुरी छ।

भानुभक्तका पूर्वज र भानुभक्तले सुरु गरेको नेपाली भाषाको प्रयोगको अवस्था अहिले एकरूपता, स्तरीकरण र मानकीकरणको विवादसम्म आइपुगेको छ। व्यक्तिपिच्छे, संस्थापिच्छे यसको प्रयोगमा अनेकता व्याप्त छ। बालबालिका र विद्यालयदेखि विश्वविद्यालयहरूमा वर्ण र वर्णविन्यास लेखनमा  आएको विभिन्नता र विविधताले सबैलाई पिरोलेको छ। भाषाविद्, वैयाकरण र प्रयोक्ताबीच यस सम्बन्धमा अहंसमेत जोडिएर आएको छ। भाषा विवादको कुरा  सङ्घीय सरकार र अदालतसम्म पुगेको अवस्था रह्यो।  

सर्वोच्च अदालतले भाषाको  प्रयोगमा सरकारी संस्थाहरूले आदेश दिएर दबाब दिने र लाद्न नमिल्ने भनी फैसला नै गर्नुपर्‍यो। अब अदालतको आदेशानुसार सरकारी सङ्घसंस्था भाषा आयोग, नेपाल प्रज्ञा –प्रतिष्ठान, त्रिविलगायत विश्वविद्यालय, साझा प्रकाशन, पाठ्यक्रम विकास केन्द्रलगायतले भाषाको स्तरीकरणका लागि भाषाविद्, वैयाकरण, सञ्चारमाध्यमलगायत प्रयोक्ता आदिको सहभागितामा छलफल, बहस, गोष्ठी, सम्मेलन आयोजना गरेर  भाषा, व्याकरण, वर्णविन्यासका सम्बन्धमा एउटा निर्णयमा पुग्नु जरुरी छ। 

यिनको जन्ममिति १८६९ भनिनेदेखि ‘भर्जन्म घाँसतिर मन दिई धन कमायो...मो भानुभक्त धनी भैकन आज यस्तो’ कवितामा प्रयुक्त ‘मो’ युवककवि मोतीराम भट्ट, जसले ‘भानुभक्तको जीवनी’ लेखी प्रकाशनमा ल्याए, को सम्म भनेर विवाद पनि भयो। ‘बधूशिक्षा’ लाई आधुनिक समालोचकले तल्लोस्तरको भनी टिप्पणी पनि गरे। छोरा रमानाथलाई काठमाडौँबाट लेखिएको चिट्ठीमा उनी निकै क्रुर देखिएका छन्। यी त तपसिलका कुरा हुन्। मूल कुरा उनको योगदानको क्षेत्र र  कमजोरीभन्दा गुण नै बढी चर्चा गरी उनले उत्तराधिकारका रूपमा छाडेको नेपाली भाषा र सबै मातृभाषा जोगाउनु हामी सबैको दायित्व हो। आफ्नोपहिचानको भाषाको विद्रुपीकरणले हाम्रो राष्ट्रियतामाथि नै आँच पुग्न सक्ने कुरामा दूरदृष्टि हुनुपर्छ।  

अर्को महत्वपूर्ण कुरा भने भानुजन्मस्थल तनहुँ, रम्घा, चुँदीबेँसीलाई नेपाली भाषा र साहित्यको  तीर्थस्थलका रूपमा विकास गरिनुपर्छ। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका पालामा ल्याइएको भाषा सङ्ग्रहालयलाई मूर्तरूप दिन योजना तथा कार्यक्रम बनाइनुपर्छ।  अझ महत्त्वपूर्ण त भानुजयन्तीलाई नेपालको राष्ट्रिय भाषा दिवसकै रूपमा मनाएर भाषा, नेपाली भाषा र सबै मातृभाषाको महत्त्वबारे व्यापक चर्चा गरिनुपर्छ।

(लेखक राससका नायब महाप्रबन्धक हुन्।)

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  १०:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लिपुलेक–कालापानी–लिम्पियाधुरा समेटिएको नक्सा नेपालको साझा राष्ट्रिय संकल्प हो : परराष्ट्रमन्त्री खनाल
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश
सम्बन्धित सामग्री
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
विपत्तिको पीडाले फिक्का बनाएको तीज तीज आउनुअघि नै बजारमा रातो सारी, हरिया चुरा–पोते र गरगहनाको चहलपहल बढ्छ । टोल–टोलमा तीजका गीत घन्किन थाल्छन् । दिदीबहिनीहरू भेटघाट ग... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
लिपुलेक–कालापानी–लिम्पियाधुरा समेटिएको नक्सा नेपालको साझा राष्ट्रिय संकल्प हो : परराष्ट्रमन्त्री खनाल मंगलबार, भदौ ३०, २०८३
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’ मंगलबार, भदौ ३०, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
झापा एसपीबाट सम्मानित विश्वकर्मा सरकारी र राजनीतिक पदको दुरुपयोगमा पक्राउ मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद चर्किएपछि प्रेस काउन्सिलको छानबिन, सुरजसिंह ठकुरीसहित तीन निकायलाई पत्र सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
गगन र शेरबहादुर दुवै पक्षको महाधिवेशन रोक्न माग गरिएका दुई रिट सर्वोच्चद्वारा दरपिठ सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्