• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सहकारी ठगी प्रकरणमा मुछिएका २९४ जना पक्राउ, ८५६ जना फरार

64x64
नेपाल लाइभ शुक्रबार, असार २१, २०८१  १७:५७
1140x725

काठमाडौं– सहकारी ठगी प्रकरणमा मुछिएका २९४ जना मात्रै पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै सहकारी ठगी प्रकरणमा मुछिएका ८५६ जना फरार रहेको शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा प्रहरीले बताएको समितिका सभापति सूर्य थापाले जानकार दिए।

सहकारी संवद्ध मुद्दाहरुको, उजुरीहरुको छानविन भएको विषयको, पक्राउ परेर जेल चलान भएको, पुर्पक्षका लागि थुनामा रहेको, फरार रहेको, विदेशमा फरार रहेको जस्ता केसहरुको समग्र स्थितिको जानकारी गराउन पनि भनेको थापाको भनाइ छ।

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सिआईबी र अपराध अनुसन्धान विभागका अधिकारीहरुले यस्तो बताएका हुन्।

जसअनुसार सहकारीसँग सम्बन्धित भएर, ५ हजार ३ सय वटा उजुरी अनुसन्धान गर्ने यी निकायहरुमा दर्ता रहेको प्रहरीले जानकारी दिएको थापा बताउँछन्। ‘यो क्रम जारी रहेको, ९८ वटा उजुरीमा अनुसन्धान गरेर मुद्दा दर्ता भईसकेको जम्माजम्मी ५५ हजार ४१० जना पीडितहरुले उजुरी दर्ता गरेको विषय उहाँहरुले राख्नुभएको छ,’ उनले भने, ‘अब पीडितहरुले माग दावी गरेको खासगरी प्रहरीले अनुसन्धान चलाएको र मुद्दा चलाएको विषयहरुमा बढीमा चाहीँ बढीका ठगीसँग सम्बन्धित विषय रहेको र त्यसमा ११ अर्ब ६६ करोड ४७ लाख बिगो बराबरको ठगीमा परेको भनेर सहकारीका वचतकर्ताहरुले उहाँहरुसँग भन्नुभएको कुराहरुको बारेमा चाहीँ हामीले जानकारी पाएका छौं।’

सबैभन्दा बढी काठमाडौंमा ४० वटा सहकारी र पीडितहरुको सख्या पनि ५ हजार ६४८ उजुरीहरुको विश्लेषण गर्दा ११५० जना प्रतिवादीहरु मध्ये २९४ जना पक्राउमा परेको र अनुसन्धानको दायरामा रहेको अनि ८५६ जना फरार रहेको यी निकायहरुले जानकारी गराएको थापा दिएको थापा बताउँछन्।

जसमध्ये केही व्यक्तिलाई डिफयूजन र रेडकर्नर नोटिसको प्रक्रियामा अघि बढेर रेडकर्नर नोटिस पनि जारी गरिएको लगायतका कुराहरु उनीहरुले बताएको जानकारी दिए। 

‘खासगरी जिबी राई र देवकुमार नेपालीसँग सम्बन्धित विषयमा उहाँहरुले कुरा गर्नु भएको छ। हामीले भरत महर्जन, जिबी राई, कुमार रम्तेल, देवकुमार नेपाली, सुवाष केसी र अरु विभिन्न व्यक्तिहरु, रोशनी गुरुङसहितका व्यक्तिहरुको बारेमा पनि उहाँहरुसँग सोधखोज गरेका छौं। यो सहकारी ठगीमा चाहीँ डमी ऋणीहरुको संख्या पनि देखापरेको उहाँहरुले देखाउनुभएको छ,’ उनले भने।

ऋणीहरु नै डमी सृजना गरिएको, सुप्रिम सहकारीबाट १० करोड ९९ लाख तथा अरु विभिन्न कम्पनी गोर्खा मिडिया कम्पनीमा १० करोड ९९ लाख, उसँग आवद्ध रहेको अन्य १० वटा कम्पनीमा ५२ करोड रकम प्रवाह भएको लगायतका कुराहरु पनि प्रहरीको हालसम्मको अनुसन्धानमा राखिएको जानकारी दिए।

nimb
nimb
Ncell 2
Ncell 2

‘हामीले अनुसूचि २ मा उल्लेख भएका सुप्रिम, सूर्यदर्शन, सहारा, स्वर्ण लक्ष्मी, सानो पाईलालगायतका सहकारीहरुमा भएको अनुसन्धानको पनि उहाँहरुसँग जानकारी लिएका छौं। यी सबै स्थिति हेर्दा चाहीँ सहकारी क्षेत्र नियामक निकायहरुले नियमनको काम गर्न नसकेको, दर्तादेखिनै यसका कानूनी प्रवन्ध र अभ्यासहरुको कमजोरीमा टेकेर वचत अपचलन गरिएको, दुरुपयोग गरिएकोलगायतका कुराहरु आएका छन, ’ उनले भने।

अहिले नौ वटा मध्येका प्रायजसो अनुसूचि २ का सहकारी मध्ये पहिलो सहकारीको एक जना अध्यक्ष अस्ती मात्रै पक्राउ परेको बताए।  बाँकि ८ वटा सहकारीका कार्यालयहरु कहीँ बन्द भएको, कागजातहरु कही प्रहरीले ताला लगाएर राखेको र संचालक अध्यक्षहरु फरार रहेको, बचतकर्ताहरुको बचत फिर्ताको सन्दर्भमा चाहीँ ठोस ढंगले केही पनि काम नभएको स्थितिका सन्दर्भमा पनि जानकारी गराएको उनको भनाइ छ।

‘अब यो विदेशमा मलेसियामा, बेलायतमा, भारतमा रहेका भनिएका यो वित्तीय अपराध गरेर फरार रहेका व्यक्तिहरुको बारेमा पनि हामीले गम्भिरतापूर्वक ध्यानाकर्षण गरेका छौं। यो विषयमा पनि उहाँहरुसँग छलफलको क्रममा जानकारी भएको छ। यो स्थितिमा हामीले आजको छलफललाई यसमा नीतिगत सुधार के हुनसक्छ, उहाँहरुले गृह मन्त्रालयमार्फत अनुसन्धान अघि बढाएको, प्रक्रिया अघि बढाएको भन्नुभएको छ,’ थापा भन्छन्, ‘नेपाल प्रहरीमा वित्तीय अपराध नियन्त्रण व्युरो छुट्टै चाहिन्छ, जसले यस्ता वित्तीय अपराधका सन्दर्भमा अनुसन्धानको काम गर्नसक्छ। अहिलेको सिआईबीले गरेको होस् वा अपराध अनुसन्धान विभाग अन्तर्गत प्रहरीले देशभर गरेको कुरा होस्।’

यस्तै  प्रहरीको सहकारी ठगी प्रकरणको अनुसन्धानमा संलग्न अधिकारीहरुले सहकारी नियमनको काम नेपाल प्रहरीको नभएको बताएको विशेष समितिका सभापति सूर्यबहादुर थापाले बताए।

नेपाल प्रहरीले वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी आफूहरुलाई नभएको र प्रहरीले अनुसन्धानको यो प्रक्रियाबाट सहकारी पीडितले न्याय पाउने सम्भावना नदेखिएको जानकारी गराएको अधिकारीहरुको निष्कर्ष रहेको सभापति थापाले बताउँछन्।

‘तर यसलाई भिन्न ढंगले सेटलमेन्टमा जानुपर्ने स्थिति छ। जस्तो कि बचतकर्ताको रकम हो। बचतकर्ताको बचत रकमबाट आर्जित सम्पती बंैकमा धितो राखेर संचालकहरुले ऋण लिएका छन। त्यसकारणले पनि अव बैकले त सस्तो मूल्यमा लिलामी गछ,’ उनले भने, ‘सम्पती १० करोडको हो भने २ करोड धितो राखेर संचालकहरुले ऋण लिएका छन भने त्यस्ले त्यही हाराहारीमा लिलाम गर्छ। यसकारणले पनि बचत कर्ताको रकम झन संकटमा छ भन्ने तथ्य पनि उहाँहरुले राख्नुभएको छ।’

तर आफूले गरेका अनुसन्धानका सन्दर्भमा पहिलो अनुसूचि १ का २० वटा सहकारीमध्ये १३ नम्बर पछिका सहकारीहरुमा प्राप्त जानकारीको आधारमा अनुसन्धान गरिरहेको बताएको उनको भनाई छ। ‘यो सहकारीको सन्दर्भमा २०७५ सालदेखि ठगीको जुन एकपछि अर्को एकदम सिरिजमा समस्याहरु देखाप¥यो। त्यो समस्याहरुको बारेमा पनि कुरा भएको छ,’ थापाले भने।

विशेष समितिले सो सम्बन्धमा नेपाल राष्ट्र बैंक र बैकिङ क्षेत्रसँग पनि छलफल गर्ने भएको छ। यसको समग्र स्थितिको बारेमा नेपाल राष्ट्र बैंक र बैकिङ क्षेत्रसँग पनि छलफल गर्ने निष्कर्षमा पुगिएको विशेष समितिले जनाएको छ। सभापति थापाले हाल समितिले सम्बन्धित पक्षसँग जानकारी लिने क्रम जारी राखेको, यसपछि प्रमाण संकलनको, विश्लेषणको चरणमा प्रवेश गर्ने कार्यसूचि रहेको बताए।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी
सम्बन्धित सामग्री
जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा : ऊर्जामन्त्री श्रेष्ठ कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि अब जलाश... सोमबार, जेठ ११, २०८३
सुनको मूल्य वृद्धि, प्रतितोला २ लाख ९२ हजार ८ सय पुग्यो महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सु... सोमबार, जेठ ११, २०८३
२८ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार? २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार... आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्