काठमाडौं– आज असोज ६, छोराका हत्यारालाई कानुनी कारबाहीको माग गर्दै अनसन बसेका गोरखाका नन्दप्रसाद अधिकारीको मृत्यु भएको ठिक ४ वर्ष पुगेको छ।
_x000D_
_x000D_
गोरखा फुजेल स्थायी घर भएका अधिकारी र उनकी पत्नी गंगामाया अधिकारी एसएलसी पास गरेका छोरा कृष्णप्रसाद अधिकारीको हत्या कसले गरेको हो र उसलाई कानुनी दायरामा ल्याइनुपर्ने माग गर्दै अनसन बसेका थिए।
_x000D_
_x000D_
अनसनको ठिक ३ सय ३३औं दिनमा नन्दप्रसादको न्यायका लागि उठाएको स्वर एकाएक दब्यो, उनले जीवनभरी साथ दिने कसम खाएकी गंगामायाको काखमै प्राणत्याग गरे। छोराको न्यायका लागि लडेका बुवाआमामध्ये एउटा आवाज सधैंका लागि बन्द भयो। तर, आमा गंगामायाले आफ्नो प्रण भुलिनन्। उनी लगातार अनसन बसिरहिन्।
_x000D_
_x000D_
नन्दप्रसादको मृत्युपछि धेरै सरकार फेरिए। फेरिएका सरकारमा पहिले न्याय दिलाउँछौं भन्ने पनि आए। तर, विडम्बना आज पनि नन्दपसादको शव त्रिवि शिक्षण अस्पतालको ४ नम्बर फ्रिजमा अलपत्र छ।
_x000D_
_x000D_
बाबुको मृत्यु भएपनि लास नउठाउने जेठो छोरा नुरप्रसादको घोषणा र सरकारले उक्त परिवारको उचित ध्यान नदिँदा ४ वर्षदेखि उनको शव लास बेवारिसेजस्तो बनेको हो। मृत्यु भए लगत्तै सरकारले अधिकारी परिवारलाई केही रकम दिन खोजेपनि नुरप्रसादले अत्याधिक रकमको माग गरेको भन्दै सरकार पछाडि हटेको थियो। त्यस लगत्तै उनी बेपत्ता रहे।
_x000D_
_x000D_
यता गंगामाया न्याय माग्दै एक्लै लडिरहिन्। उनले विर अस्पतालमै अनसन सुरु गरेकी थिइन्। आफ्ना पति र छोरो दुवै गुमाएपछि र न्याय पनि नपाएपछि उनले पुनः अनसन सुरु गरेकी हुन्। गंगामायाको अनसन लम्बिदै गएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तमाङले मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई साक्षी राख्दै सहमति गराए।
_x000D_
_x000D_

_x000D_
_x000D_
असार २९ गते भएको सो सहमतिमा सहमतिमा घटनाका फरार अभियुक्त रुद्र आचार्यलाई नेपाल झिकाई मुद्दाको किनारा लगाउन मद्दत गर्ने उल्लेख थियो। हत्या गरिएका कृष्णप्रसादको नाममा कोष खडा गर्ने र गंगामायाको जीवन निर्वाह गर्न पनि सरकार सहमत भएको छ।
_x000D_
_x000D_
सरकारसँगको सहमतपछि सोही हत्याको आरोपमा फरार रहेका आरोपित छविलाल पौडेलले सर्वोच्चसमक्ष आत्मसमर्पण गरे।
_x000D_
_x000D_
सरकारले २०७२ असोजमा गरेको ५ बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएपछि गंगामायाले अनसन तोडेकी थिइन्। सरकारले सहमति कार्यान्वयनका लागि कोष खडा गर्ने र फरार रहेका एक अभियुक्तलाई झिकाउने भनि प्रक्रिया सुरु पन गर्र्यो। त्यही बीचमा जिल्ला अदालत चितवनले फरार रहेका एक प्रतिवादी रुद्र आचार्यबाहेक सबैलाई सफाइ दिने फैसला सुनायो।
_x000D_
_x000D_
यसरी पछिल्लो पटक विकास भएका घटनाहरुका बारेमा सबै मौन छन्। जसरी ४ नम्बर फ्रिजमा नन्दप्रसाद मौन छन्। जिल्ला अदालतको फैसला अब उच्च अदालतमा पुनरावेदन गरेमा मात्र उक्त मुद्दा ब्युँतिने छ। नत्रभने लामो समयदेखि न्यायको लागि वषौंदेखि बुवाआमाले उठाएको आवाज शून्यमा पुगेको छ। इतिहासमा मात्र सीमित भएको छ।
_x000D_
_x000D_
चितवनको जयमंगलास्थित हजुरबुवाको घर आएका बेला २०६१ जेठ २४ गते रत्ननगरको बकुल्लर चोकमा कृष्णप्रसादको गोली हानी हत्या गरिएको थियो।
_x000D_
_x000D_
मृतकका दाजु नुरप्रसादले दिएको किटानी जाहेरी अनुसार १३ जना प्रतिवादी रहेको यस मुद्दामा हालसम्म ११ जना अदालतमा पेस भइसकेका छन्। तीमध्ये सीता अधिकारी र जानुका पौडेल सादा तारेखमा र अन्य धरौटीमा रिहा भएका थिए।
_x000D_
_x000D_
म्याद तामेली भइसक्दा पनि प्रतिवादी रुद्र आचार्य र सुभद्रा अधिकारी भने अदालतमा उपस्थित भएका छैनन्। यद्यपी सुभद्रा सहित सबै १२ प्रतिवादीले भने पछिल्लो चितवन जिल्ला अदालतको फैसलासँगै सफाइ पाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।