काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। सभापति देउवाको निवास बूढानीलकण्ठमा केहीबेरअघिबाट बैठक बसिरहेको हो।
शनिबार साँझ देउवा-ओलीको बालकोट भेटपछि सत्ता समीकरण फेरिनसक्ने चर्चाबीच बोलाइएको कांग्रेसको बैठकलाई चासोका साथ हेरिएको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र भावी रणनीतिमा छलफल भइरहेको एक नेताले बताए।
पछिल्लो समय ओलीसँग देउवाको बाक्लिएको भेटले दुई ठूला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सम्भावना बढेर गएको छ। कांग्रेसले ओलीलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव र त्यसमा एमालेको ग्रीन सिग्नलले नयाँ ध्रुवीकरणको वातावरण बनेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।