काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता जारी छ। उनीहरुले आधा घन्टादेखि छलफल गरिरहेको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीले आइतरबार पनि भेटवार्ता गरेका थिए। सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताइएको छ।
यसैगरी राजदूत नियुक्ति विवादित बनेकाले त्यस विषयमा पनि छलफल भएको थियो। आइतबार कुरा नटुंगिएकाले फेरि सोमबार भेटवार्ता गरिरहेको सचिवालयको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।