काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद चर्किएको छ। उक्त पार्टीको गंगाराम चौधरी डगौरा समूहले रन्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ।
रन्जितालाई हटाएर डगौरा आफैं संसदीय दलको नेतामा चुनिएका छन्न। चौधरी यसअघि संसदीय दलको प्रमुख सचेतक थिए । प्रमुख सचेतकमा भने लालवीर चौधरीलाई चयन गरिएको छ।
आइतबार नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको सचिवालयको बैठकबाट उक्त निर्णय गरिएको बताइएको छ। गंगाराम चौधरी डगौरा, सचेतक अरुण कुमार चौधरी र सांसद लालविर चौधरी उक्त बैठकमा थिए भने रन्जिता अनुपस्थित थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।