काठमाडौं – सांसद प्रेम सुवालले अर्थमन्त्री वर्षमान पुन अर्थमन्त्री बन्न लायकै नभएको प्रतिक्रिया दिएका छन्।
उनले आइतबार संसदमा आर्थिक विधेयकमाथिको छलफलका क्रममा उनले अर्थमन्त्री पुनलाई बजेट बनाउन नआउने बन्दुक बनाउन चाहिँ आउने बताए।
‘सभामुख महोदय झण्डै ८० सीटको कांग्रेस र ८० सीटको एमालेलाई पाखा लगाएर ३२ सिटे माओवादीको नेतृत्वमा सरकार गठन हुनु के यो संगठ होर? एकदमै असंगठ हो। साथसाथै युडगाण्डामा भारतीय विदेशी सचिवसँग कबुल गरेर सरकारको समीकरण बदल्नु पनि असंगठ हो र यसकारण अर्थमन्त्री ज्यू लायककै होइन,’ उनले भने, ‘त्यसकारण म यो आफ्नो संशोधनको प्रस्ताव फीर्ता नलिने जानकारी गराउन चाहान्छु। उहाँलाई बजेट बनाउँन आउँदैन। बन्दुक बनाउनचाहिँ आउँछ। धन्यवाद।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।